कालिकास्थान , रसुवा
जिल्ला विकास समिति रसुवाबाट सम्पादित योजनाहरु स्थलगत अनुगमन गरी समाजिक परीक्षण सुरु गरिएको छ ।
जिविस रसुवा र स्वास नेपाल बीच संझौता गरी जिविसबाट गत आव ०७००७१ मा सम्पन्न योजनाहरुको सामाजिक परिक्षण गर्ने जिल्ला स्थानीय सामाजिक संस्था स्वास नेपालले पाएको हो । जिल्ला भरीका ९४ वटा योजनाहरुको सामाजिक परीक्षण गर्नका लागि सामाजिक परीक्षकहरु परिचालन गरिएको र कार्तिक महिनाभरीमा सम्पन्न हुने स्वास नेपालका अध्यक्ष कमल आचार्यले बताए ।
No comments:
Post a Comment