Wednesday, November 5, 2014

सन् २०१७ सम्ममा चार विद्युत् आयोजना


धुन्चे, रसुवा
काठमाडौँ, चिलिमे  जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ ।

अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा बसेको १८ औँ साधर णसभाले सो निर्णय गरेको हो । कम्पनीको अब चुक्ता पूँजी करिब
दुई अर्ब ७३ करोड र सञ्चिती रकम करिब रु तीन अर्ब ६७ करोड छ ।

कम्पनीको नाफा आव २०६९ ÷०७० मा रु ९६ करोड ५० हजार र आव २०७० ÷०७१ मा करिब रु ९४ करोड भएको थियो ।  कम्पनीले आव २०६९ ÷०७० मा विद्युत बिक्रीबापत रु ९६ करोड ८५ लाख र आव २०७० ÷०७१ मा रु ९८ करोड ५० लाख
कमाएको थियो । रसुवागढी १११, मध्ये भोटेकोसी १०२, सान्जेन ४२ र माथिल्लो सान्जेन १५ मेगावाट गरी २७० मेगावाट क्षमताको जलविद्युत्  आयोजना सन् २०१७ सम्ममा निर्माण गर्ने कम्पनीको लक्ष रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

कम्पनीले सन् २०२० सम्ममा निजी क्षेत्रका लगानीकर्ता, नेपाल विद्युत् प्राधिकरण र विभिन्न कम्पनीसँगको सहकार्यमा विद्यु्त्को उत्पादन क्षमता ५०० मेगावाट पु¥याउने लक्ष राखेको छ । 

No comments: