धुन्चे, रसुवा
विपद जोखिम न्युनिकरण तथा पूर्व बचाउ अन्तराष्ट्रिय दिवस २०१४ का अवसरमा जिल्लामा पर्न सक्ने विपद र न्यूनिकरणबारे छलफल सम्पन्न भयो ।
जिल्ला दैवी प्रकोप उदार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईको अध्यक्षतामा भएको भेलामा जिल्लामा पर्न सक्ने पहिरो, आगलागी, हिम पहिरो, हावा हुरी, जस्ता प्राकृतिक विपद जोखिम न्यूनिकरण बारे छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले दिवसको महत्व र भेलाको औचित्य बारे जानकारी गराउँदै जिल्लाको सरमथली गाविस वडा नं ६ मा १० घर परिवारको पहिरोले जोखिममा रहेको बस्ती बचाउनु पर्ने अवस्था रहेकोले उनीहरूको स्थानान्तरण वा अन्य विकल्प खोज्न अध्ययन टोली खटाएको र यस वर्ष विभिन्न गाविसमा विपद्मा परेकाहरूलाई राहत रकम २६ हजार वितरण भएको जानकारी दिनुभयो ।
जिल्लाका सरकारी तथा गरसरकारी निकाय, पत्रकारलगायत सरोकारवालाहरूले पासाङल्हामु सडकमा सञ्चालिन यात्रुबाहक साधनहरूले छतमा यात्रु राखेर सवारी साधन चलाउन नदिने , सरमथली गाविस वडा नं ६ को १० घर बस्ती सुरक्षित स्थानमा बसोवास गराउन उपयुक्त स्थानमा स्थानान्तरण गर्न शहरी विकास मन्त्रालयमा सिफरिस साथ अनुरोध गर्ने निर्णय भएको छ । त्यसैगरी यसवर्ष यसवर्ष पासाङल्हामु सडक नियमित रुपमा सुचारु गर्न प्रयोग भएकको स्क्याभेटर चालकलाई खाना खर्च जिविस रसुवाले गराउने, जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकाय र सरोकारवालाहरूले नियमितरुपमा संञ्चानलन गर्ने चेतना मूलक कार्यक्रम तालिममा विपद पूर्व तयारी तथा जोखिम न्यूनिकरण बारे चेतना मूलक कक्षा सञ्चालन गर्ने निर्णय समेत भएको छ ।
कार्यक्रममा स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुर ,नेपाली सेनाको नारायण दल गणका गणपति लक्ष्मण थापा, , लाङटाङ राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव ृपरिक्षक प्रविण पोखरेल , जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटा, जिल्ला भु संरक्षण अधिकृत कृष्ण पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका ठाकुर पौडेल, पत्रकार , रेडक्रसकर्मीहरूले आफ्नो धारणा राख्नु भएको थियो ।