Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Saturday, November 8, 2014

तातोपानी मेला सुरु, कुण्डमा नुहाउनेको घुँईचो

हेमनाथ खतिवडा
धुन्चे, रसुवा

स्वास्थ्य तथा पर्यटकीय दृष्टिले निकै ख्याती कमाएको रसुवा जिल्लाको उत्तरी क्षेत्र चिलिमे गाविसमा पर्ने तातोपानीमा नुहाँउन आउने आन्तरिक तथा विदेशी पर्यटकहरूको भीड लागेको छ ।

समुन्द्री सतहदेखि २ हजार ६ सय ७ किमी उचाईमा रहेको तातोपानी रसुवा जिल्ला सदरमुकाम धुन्चेबाट पाँच कोष उत्तरमा पर्छ । अत्यन्त रमणीय धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान ओगटेको, प्राकृतिक रूपमा उत्पन्न तातोपानी चिलिमे गाविस–५ मा पर्दछ । यहाँबाट साङजेन् पाल्दोरपीक जस्ता रमणीय हिमश्रृङ्खला देख्न सकिन्छ । स्याफ्रुबेंसी बजारबाट नागबेली परेको सडक सुन्दर तामाङ बस्ती थाम्बुचेत गाउँबाट तीन घण्टा पैदल मार्गमा यात्रा पछि तातोपानी कुण्ड पुग्न सकिन्छ ।

नेपालकै सबैभन्दा महत्वपूर्ण तातोपानीको मुहानको रूपमा रहेको यहाँको तातोपानीमा स्नान् गर्नाले स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिन्छ । तातोपानीको पोखरी (कुण्ड) मा ३ दिनसम्म डुबुल्की मारेर नियमित नुहाउँदा छालामा घाउ खटिरा आउने , पेटका रोगहरू निको हुने तथा हाड जोर्नी दुख्ने समस्या हटेर जाने जन विश्वास रहेको छ । तातोपानीमा नुहाँउदै गर्दा भेटिएका तनहुँ दमौलीका हरिप्रसाद आचार्य आफ्नो ग्याष्ट्रिकको समस्या निको हुनेमा विश्वस्त थिए । त्यस्तै गरी ७५ वर्षका वयोबृद्ध नुवाकोट शिखरबेसका मुक्तिनाथ आचार्य स्वास्थ्य लाभका लागि तातोपानीको कुण्डमा नुहाउदै आफ्नो बाथरोग निको पार्नका लागि तल्लीन थिए । गत वर्षबाट कम हुँदै गएको उनको समस्या पूर्ण रूपमा निको पार्न पुनः आएको आचार्य बताउँछन । धार्मिक , पर्यटकीय र स्वास्थ्यका हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान ओगटेको तातोपानीको विकासका लागि सबैले लाग्नु पर्ने स्थानीय बासिन्दा बताउँछन् । बाटोघाटोको राम्रो सुविधा पुग्न सकेको छैन । यहाँका विकासका लागि सुविधा सम्पन्न पर्यटकीय गन्तव्य स्थलको निर्माण गरिनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । यहाँको तातोपानी अन्यत्रको भन्दा भिन्न र लाभदायक स्वास्थ्योपचार,  मनोरञ्जन तथा पर्यटकीय रूपमा परीचित छ ।

                    हरेक वर्ष ठूलो संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरू लामो समयसम्म यहाँ बसेर नियमित स्नान गरी बिभिन्न रोग निको पारेर फर्कन्छन् । तातोपानी कुण्ड नजिक होटल व्यवसाय गर्दै आएकी नाङकाङ शेर्पाका अनुसार धार्मिक दृष्टिले समेत देश बिदेशमा चिनिएको तातोपानीमा वर्षेनी हजारौ मानिसहरू नुहाउँछन् । कार्तिक, मंसिर , पुस र चैत महिनामा यहाँ नुहाउनेहरूको निकै भीड लाग्दछ । यहाँ सौख तथा मनोरञ्जनका लागि आउने पर्यटकहरू पनि उत्तिकै भेटिन्छन् । मनोरञ्जनका लागि आउने पर्यटक पनि बराबर भेटिने गरेको स्थानीय युवा बामेन तामाङ बताउँछन् ।

                तातोपानीलाई राष्ट्रिय तीर्थस्थल बनाउन लागि गुरु योजना बनाउनु पर्ने स्थानीय बुद्धिजिबीहरू बताउँछन् । यहाँको हिमाली मनोरम दृश्यावलोकन गर्न बाह्रै महिना विदेशी पर्यटक आउने भएपनि पैदलयात्रा कठिनाई पूर्ण हुने हुनाले थाम्बुचेतदेखि तातोपानीसम्म करिब ६ किमी मोटरबाटो निर्माणका लागि स्थानीय बासिन्दाहरूले जोड दिएका छन् । सडक बन्न सकेमा यहाँका बासिन्दाको जीवनस्तर छिट्टै उकासिने हुनाले पर्यटकका लागि समेत् सेवा पुग्ने गरी सडक बन्नु पर्ने जिविसका लेखापाल गणेश रेग्मी बताउँछन । चिलिमे गाविसको तातोपानीमा नुहाँउन आउनेहरूको संख्या लगातार बढे पनि बाटोको अभावले तातोपानीसम्म गन्तव्य अझ सरल बन्न सकेको छैन ।
                 रसुवाको यस तातोपानीको कुण्डमा पुरुष तथा महिलालाई स्नान गर्नका लागि छुट्टा छुट्टै पोखरी, ७ वटा धाराहरू छन्  । बाटोघाटो तथा यातायातको असुविधाले गर्दा यहाँ आउने पर्यटकहरू थकाईले निरास हुन्छन् । यहाँ सडक बन्न सके अझ बढि चर्चामा आउने र तातोपानीको विकासमा टेवा पुग्ने कुरामा तातोपानी क्षेत्र संरक्षण समितिका अध्यक्ष रामबहादुर तामाङ पनि विश्वस्त हुनुहुन्छ । उनी भन्छन् ‘यहाँको प्रचार प्रसार गरी पर्यटक भित्र्याउन सञ्चार क्षेत्रले सहयोग गर्नु प¥यो ।’
                    थाम्बुचेतदेखि तातोपानी सडक निर्माण हुन सकेमा विपन्न तामाङ बस्तीमा रहेका तामाङ समुदायको विकास हुने हुनाले दैनिक जीवन यापनमा सहज हुने ,तातोपानीसम्म सडक निर्माण हुन सके आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा बृद्धि हुने आपेक्षा गरिएको छ । पर्याप्त फष्टाउन नसकेको  हुनाले सवारी गन्तव्य वनाउन जिबिस र चिलिमे जलबिद्युत आयोजनासँग ४ बर्ष अगाडिदेखि अनुरोध गरे पनि दुबै संस्थाहरूले गाउँलेहरूको माग पूरा गराउने तत्परता हालसम्म देखाएका छैनन् । यहाँ व्यवस्थित गन्तव्य बन्न सके सिङ्गो जिल्लाको पर्यटन प्रबद्र्धनमा मद्दत पुग्नेछ साथसाथै पर्यटन वर्ष २०११ मा यसको प्रचार प्रसार गरी व्यवस्थित गर्न सबैको ध्यान जानु पर्ने बासिन्दाको माग छ ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts