Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Monday, June 10, 2013

प्रकाशकीय


एकातिर रसुवालाई दुर्गम  मात्र भनिरहन पाए विभिन्न बाहानामा यसको प्रतिफल प्राप्त गरिरहन पाईन्छ भन्ने वर्ग त अर्कोतिर यहाँ प्रवल सम्भावना छ मात्र इमान्दार प्रयासको खाँचो महसुश गर्ने वर्गबीच प्रवल सम्भावनाका विषयवस्तुलाई विद्युतीय तरङ्गमार्फत जहाँको त्यही र संसारभर पुर्याउने अभ्यास "रसुवा डिजिटल खबर" हो ।

सबैको नजरमा पर्यटकीय तेस्रो गन्तव्य, प्राकृतिक स्रोत तथा साधनले पूर्ण तथा पछिल्लो समयमा जलविद्युत विकासको सम्भावनाले प्राथमिकता पाएको रसुवामा हाम्रो "रसुवा डिजिटल खबर"ले यसका सम्भावना वा प्रतिफललाई मात्र प्रस्तुत गर्दैन । यसले यी सम्भावनाको संरक्षण, दीगो व्यवस्थापन तथा प्रतिफल उपभोगका लागि आवश्यक पर्ने कृयाकासाथ चुनौतिलाई पनि नियाल्नेछ । यस "रसुवा डिजिटल खबर" रसुवा खबर साप्ताहिक तथा रेडियो रसुवाको संयुक्त पहलमा आरम्भ गरिएको छ ।

रसुवाका विविध सिकाई तथा सम्भावनालाई आफ्नो अनुभव राख्न चाहने जो कोहीले पनि यो अभियानको सदस्यता लिएर आफैं प्रकाशन गर्न पाउने व्यवस्थासहित हामी अगाडि बढ्ने यो हाम्रो "सहभागितात्मक प्रयास" रही रहनेछ । सकेसम्म व्यक्तिगत ब्लग वा सामाजिक ब्लगमा ब्लगिङ गर्ने ब्लगर वा पत्राकारलाई आफ्नो सिर्जना यसमा प्रस्तुत गर्न पनि हामी अनुरोध गर्दछौं । तपाईसँग रसुवाको इतिहाँसमा भएका कुरा, वर्तमानको सम्भावना तथा भावी विषयलाई लेखेर सिधै ब्लगमा प्रकाशन गर्न वा नसके हामीलाई पठाउन समेत अनुरोध गर्दछौं ।

रसुवाबाट प्रकाशन हुने पत्रिका  तथा रेडियो प्रसारणका सामग्री तथा रसुवाका विषयमा छापिएका विभिन्न अरु पत्रिकाका प्रकाशित सामग्रीहरू यसका मुख्य प्रकाशन हुनेछन् । त्यसरी प्रकाशन गर्दा होस् वा आफ्ना विषयवस्तु प्रकाशन गर्दा स्रोतलाई भने हाइपरलिङ्क मार्फत प्रष्ट बनाइनेछ । प्रकाशित सामग्रीको विषयमा कुनै विवाद आएमा त्यसको जिम्मेवार लेख प्रकाशक आफैं हुनेछ ।

डिजिटल पत्रकारिताका लागि ब्लगबाट पनि धेरै गर्न सकिनेछ भन्ने तथ्य नमूना पनि हो यो "रसुवा डिजिटल खबर ।" अनलाईनमार्फ आफ्ना सूचना अरुमार्फ पुर्याउनको लागि डोमेन रजिस्टर, हस्टिङ तथा डिजाईन र व्यवस्थापनको सबैभन्दा विकल्प ब्लग वा ब्लगिङ हो भन्ने विषय अनलाईन उपभोक्तालाई जानकारी दिने लक्ष्य पनि हो ।



2 comments:

Phurpa said...

बधाइ र शुभकामना ।

रसुवालाई माया गर्ने धेरैमध्ये प्रेमप्रसाद पौडेल भाइ पनि एक हुन् । उनी रसुवाका लागि केही गरौं भनेर बिगत केही वर्षदेखि लागि परेका छन् । रसुवा खबर पत्रिका साप्ताहिकमा झुल्किएका उनी पत्रिकाले निरन्तरता दिन नसक्दा केही समय हराएकाझैं देखिन्थे । तर, कुरो त्यस्तो होइन रहेछ । उनले समय सापेक्ष अनलाइन पत्रिका शुरु गरिसकेका रहेछन् । यही हो साहस, विश्वास र कर्म । रसुवा जिल्लामा बौद्धिक क्षेत्रमा काम गर्न धेरै कठीन छ । त्यसमा पहिलो त आर्थिक कठीनाइ पर्छ । अरु पनि छन् । तर आर्थिक पक्ष सबल नहुँदा बौद्धिक क्षेत्रका युवाहरु चुपचाप तर मनभित्र छट्पिटमा सँधै रहँदै आएका छन् । यो काम फेरि शुरु भएको पाएँ । बधाइ दिन चाहन्छु । अब अनलाइन पत्रिकाले रसुवाबासीको मन जित्दै जानेछ । निरन्तरता पाइरहनको लागि शुभकामना ।
फुर्पा तामाङ, अधिवक्ता
ठूलोभार्खु, रसुवा ।


Bishwash Nepali said...

Good Starting Prem jee, this is best for Rasuwa's information.

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts