एकातिर
रसुवालाई दुर्गम मात्र भनिरहन पाए विभिन्न
बाहानामा यसको प्रतिफल प्राप्त गरिरहन पाईन्छ भन्ने वर्ग त अर्कोतिर यहाँ प्रवल सम्भावना
छ मात्र इमान्दार प्रयासको खाँचो महसुश गर्ने वर्गबीच प्रवल सम्भावनाका विषयवस्तुलाई
विद्युतीय तरङ्गमार्फत जहाँको त्यही र संसारभर पुर्याउने
अभ्यास "रसुवा डिजिटल खबर" हो ।
सबैको
नजरमा पर्यटकीय तेस्रो गन्तव्य, प्राकृतिक स्रोत तथा साधनले
पूर्ण तथा पछिल्लो समयमा जलविद्युत विकासको सम्भावनाले प्राथमिकता पाएको रसुवामा हाम्रो
"रसुवा डिजिटल खबर"ले यसका सम्भावना
वा प्रतिफललाई मात्र प्रस्तुत गर्दैन । यसले यी सम्भावनाको संरक्षण, दीगो व्यवस्थापन तथा प्रतिफल उपभोगका लागि आवश्यक पर्ने कृयाकासाथ चुनौतिलाई
पनि नियाल्नेछ । यस "रसुवा डिजिटल खबर" रसुवा खबर साप्ताहिक तथा रेडियो रसुवाको संयुक्त पहलमा आरम्भ गरिएको छ ।
रसुवाका
विविध सिकाई तथा सम्भावनालाई आफ्नो अनुभव राख्न चाहने जो कोहीले पनि यो अभियानको सदस्यता
लिएर आफैं प्रकाशन गर्न पाउने व्यवस्थासहित हामी अगाडि बढ्ने यो हाम्रो
"सहभागितात्मक प्रयास" रही रहनेछ । सकेसम्म
व्यक्तिगत ब्लग वा सामाजिक ब्लगमा ब्लगिङ गर्ने ब्लगर वा पत्राकारलाई आफ्नो सिर्जना
यसमा प्रस्तुत गर्न पनि हामी अनुरोध गर्दछौं । तपाईसँग रसुवाको इतिहाँसमा भएका कुरा,
वर्तमानको सम्भावना तथा भावी विषयलाई लेखेर सिधै ब्लगमा प्रकाशन गर्न
वा नसके हामीलाई पठाउन समेत अनुरोध गर्दछौं ।
रसुवाबाट
प्रकाशन हुने पत्रिका तथा रेडियो प्रसारणका सामग्री तथा रसुवाका विषयमा छापिएका विभिन्न अरु पत्रिकाका
प्रकाशित सामग्रीहरू यसका मुख्य प्रकाशन हुनेछन् । त्यसरी प्रकाशन गर्दा होस् वा आफ्ना
विषयवस्तु प्रकाशन गर्दा स्रोतलाई भने हाइपरलिङ्क मार्फत प्रष्ट बनाइनेछ । प्रकाशित
सामग्रीको विषयमा कुनै विवाद आएमा त्यसको जिम्मेवार लेख प्रकाशक आफैं हुनेछ ।
डिजिटल
पत्रकारिताका लागि ब्लगबाट पनि धेरै गर्न सकिनेछ भन्ने तथ्य नमूना पनि हो यो
"रसुवा डिजिटल खबर ।" अनलाईनमार्फ आफ्ना
सूचना अरुमार्फ पुर्याउनको लागि डोमेन रजिस्टर, हस्टिङ तथा डिजाईन र व्यवस्थापनको सबैभन्दा विकल्प ब्लग वा ब्लगिङ हो भन्ने
विषय अनलाईन उपभोक्तालाई जानकारी दिने लक्ष्य पनि हो ।