धुन्चे, रसुवा, २४ असार । लाङटाङ राष्ट्रिय निकुञ्जले आ.व. २०६९÷७० मा तीन करोड उनान्साठी लाख बाह्र हजार नौसय अन्ठानब्बे रूपैंयाँ राजस्व संकलन गरेको छ । गत जेठसम्मको रेकर्डमा उक्त राजस्व रकम संलन गरिएको एक समीक्षा कार्यक्रमबीच बताइएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार यस आवमा सबैभन्दा बढी राजस्व पर्यटन शुल्कबाट दुई करोड चौरानब्बे लाख, सैंतीस हजार छ सय रूपैंयाँ संकलन भएको छ ।
त्यसैगरि वन पैदावार शुल्कबाट एकतीस लाख दश हजार छ सय अठतीस, मूल्य अभिबृद्धि करमार्फत चार लाख एकचालीस हजार दुईसय चौवीस, होटल रोयल्टीमार्फत छब्बीस लाख अठसठी हजार आठ सय सोह्र, बेरुजु दाखिलामार्फत सैंतीस हजार आठ सय पाँच, दण्ड जरीवानाबाट एक लाख एकचालीस हजार सात सय पचहत्तर, हेलिकोप्टर अवतरणबाट चौवन्न हजार, टेण्डर फारम बिक्रीबाट तेह्र हजार दुई सय र विविध शीर्षकबाट सात हजार नौसय दश रूपंैयाँ संकलन भएको जनाइएको छ ।