धुन्चे, रसुवा
एकीकृत नेकपा माओवादीले पार्टी सुद्धृढिकरण तथा आगामी निर्वाचन परिचालनका लागि जनसम्पर्क अभियान थालनी भएको छ ।
पार्टी केन्द्रीय सदस्य तथा सो अभियानका संयोजक केशवराज नेपालले सोमबार साँझ पत्रकार भेटघाटमा दिनु भएको जानकारी अनुसार जिल्लाका सवै गाविसमा अभियान कार्यक्रम साउन १५देखि सुरु गरी महिना भरिमा गर्ने कार्यक्रम तय भएको छ । पहिचान सहितको संघीयता संघीयता सहितको संबिधान भन्ने नाराका साथ कार्यक्रम गाउँ तहमा सञ्चालन हुने कार्यक्रममा जानकारी दिइएको थियो । बिगत संबिधान सभाको जटिलताहरु , संबिधान जारी हुन नसक्नाका कारणहरुको समिक्षा गरी आगामी निर्वाचनको महत्व, राजनीतिक उपलब्धिको रक्षा गरी जनताका हक स्थापित गराउन जसरी पनि संबिधान सभाको निर्वाचनमार्फत संबिधान जारी गर्ने अभियानमा बाधा पु¥याए अभियान पछि आन्दोलनबाटै समाप्त पार्ने जानकारी दिनुभयो ।
पार्टीले कार्यक्रम २४० वटै निर्वाचन क्षेत्रमा एकै साथ गर्न लागेको र आजैबाट यो कार्यक्रम औपचारिक रुपमा सुरु भएको हो ।
एकीकृत नेकपा माओवादी जिल्ला कमिटी तथा राज्य समितिको बैठकबाट तय भएको कार्यक्रम अनुसार १५ गते धुन्चे र हाकुमा , गोल्जुङ, गत्लाङ र चिलिमेमा १७ गते, स्याफ्रु, थुमन, टिमुरे, बृद्धिम र लाङटाङका कार्यक्रम १८ गते, धैबुङ्ग र राम्चेको कार्यक्रम २० गते, भोर्लेमा २१ गते, यार्सा र सरमथलीमा २३ गते , लहरेपौवामा २५ गते र डाडाँगाउँ ठूलोगाउँमा २७ गते कार्यक्रम तय भएको जानकारी दिइएको थियो ।
आगामी निर्वाचनका लागि जगतजंगको संयोककत्वमा ४५१ सदस्य रहेको निर्वाचन परिचालन मूल कमिटी गठन भएको र प्रचार प्रसार, आर्थिक परिचालन, युवा परिचालन तथा सुरक्षा,पार्टी प्रबेषका लागि बार्ता कमिटी समेत गठन भएको तथा उम्मेदवार छनौटका लागि नाम संकलन पनि गर्ने पत्रकार सम्मेलनमा नेपालले जानकारी दिनुभयो ।