Tuesday, July 9, 2013

बेकरी उत्पादन स्वरोजगार तालिम

धुन्चे, रसुवा
जिल्लाको चिलिमे गाविसमा निर्माणाधिन १४.८ मेगावट क्षमताको सान्जेन (माथिल्लो) तथा ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाले स्थानीयवासीलाई पन्ध्र दिने बेकरी उत्पादन स्वरोजगार तालिम प्रदान गरेको छ । 
आयोजनाले व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना प्रभावित चिलिमे गाविसको थाम्बुचेत, चिलिमे, तातोपानी, गोङ्गाङ, पाजुङ गाउँलगायतका स्थाई बासीलाई सीप विकास तथा स्वरोजगारी अभिबृद्धि गर्ने उद्देश्यकासाथ मिति २०७०÷०३÷०४ देखि २०७०÷०३÷१८ सम्म पन्ध्र दिने बेकरी उत्पादन स्वरोजगार तालिम दिएको हो । 
घरेलु तथा साना उद्योग विकास समिति धुन्चे, रसुवाको समन्वयमा ३० जना प्रशिक्षार्थी सहभागी उक्त स्वरोजगार तालिम कार्यक्रमबाट आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेको रसुवा जिल्लाको माथिल्लो भेकका जनताहरूले बेकरी जन्य दुनोट, केक, बन, कुकिजलगायतका सामाग्रीहरूको उत्पादनमा दक्षता हासिल गरेको घरेलु तथा साना उद्योग विकास समिति धुन्चे, रसुवाकी वरिष्ट उद्योग अधिकृत कल्पना शर्मा अधिकारीले बताउनु भयो । 
ब्याल्क फरेष्ट बर्थ डे केक काटी प्रमाणपत्र वितरण गर्दै समापन गरिएको तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थी सीतादेवी तमाङ भन्छिन, जलविद्युत आयोजनाद्वारा सन्चालन गरिने यस्ता तालिम कार्यक्रमबाट स्थानीय बासिन्दाको सीप विकास तथा दैनिक आय आर्जनमा उल्लेख्य बृद्धि भई आयोजनाप्रति स्थानीय बासिन्दाको सद्भाव एवम् अपनत्वको भावना विकास गर्नमा उल्लेख्य टेवा पुग्ने सहभागिहरुले बताए । 
स्वदेशी जनशक्ति तथा स्थानीय पुँजीबाट निर्माण गरिन लागेको सान्जेन (माथिल्लो) तथा सान्जेन जलविद्युत आयोजनाहरूले दीगो विकासको अवधारणा अनुरुप आयोजनाहरूको कार्यान्वयनबाट प्रभावित क्षेत्रको भौतिक, जैविक, सामाजिक तथा आर्थिक अवस्था एवं त्यसका अवयवहरूमा पर्ने नकारात्मक प्रभावहरूको न्यूनिकरण तथा सकारात्मक प्रभावहरूको अभिबृद्धि गर्न तालिम दिएको कार्यक्रमका संयोजक तथा आयोजनाका वातावरणविद् उमेश पाठकले बताउनु भयो । 

तलिममा सहभागी प्रशिक्षार्थीहरू प्रमाणपत्रको लिएर तस्वीर खिचाउदै 

No comments: