१० कार्तिक । धुन्चे, रसुवा
धान भित्रयाउन खेतबाट धान, पराल आउँदै गरेको एक मिनिट्रक शनिबार साँझ दुर्घटनाहुँदा लहरेपौवा गाविसको पैरेबेशी नजिकै खाल्टेमा पल्टिदा ११ जना घाईते भएका छन् ।
हिजोसाँझ खेतबाट बिटा लगाएर फर्कने क्रममा पैरेबेशी नजिकै खाल्टेमा बा.अ.अ. १३६० नं को मिनि ट्रक पल्टिदा त्यहाँ सवार सवै घाईते भएका हुन् । लहरेपौवा गाविस ३ बनुवाका एकै परिवारका ११ जना घाईते भएको र आज बिहान स्टार अस्पताल सानेपामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेहरूको राजधानीको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाईते १८ वर्षिय सुदिप आचार्यको मृत्यु भएको हो । दिनभरी खेतमा धान बिटा लगाएर परिवारका सवै मिनिट्रकमा घर तर्फ फर्कन लाग्दा दुर्घटना ग्रस्त भएको हो ।
घटनास्थल जिल्ला सदरमुकाम धुन्चेदेखि ४० किमी दक्षिणमा पर्दछ । घाईते हुनेहरूमा ईश्वर आचार्य, हरिप्रसाद आचार्य, विकास आचार्य, संगीता आचार्य, सन्तोष आचार्य, मोदनाथ आचार्य, जनक आचार्य, खिलनाथ आचार्य, रैला आचार्य र ठूलोगाउँका चालक सुवास तामाङ रहेका छन् । घाइतेहरू मध्ये ३ जनाको त्रिबि शिक्षण, ७ जनाको बिएन बि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । नयाँ अस्थाई नम्बरमात्र लिएको मिनिट्रक पल्टेर ३० मीटर तल त्रिशूली बगरमा पुगेको थियो । दुर्घटनाको करण नखुलेको प्रहरीले जनाएको छ ।
रसुवा डिजिटल खबर . Powered by Blogger.
Sunday, October 27, 2013
Wednesday, October 23, 2013
बैद्य समूहले एमाओवादीको पोष्टर जलायो
कालिकास्थान, रसुवा ।
कार्तिक ६ । चुनावी प्रचारप्रसारको लागि लहरेपौवाको बनुँवास्थित नीलनाथ आचार्यको घरमा राखेको एमाओवादी रसुवाको प्रचार पम्प्लेट बैद्य समूहले आज विहान जलाएको छ ।
एकीकृत माओवादीका कार्यकर्ता लक्ष्मी न्यौपानेलाई समेत पेट्रोल छर्केर घाईते बनाएको बुझिएको छ ।
एमाओवादीका चुनाव प्रचार विभाग सदस्य सोमबहादुर तामाङले फेसबुकमार्फत् दिएको जानकारी अनुसार पोस्टर जलाएर ध्रुब खड्काको नेतृत्वमा आएको टोली भागेको र गम्भीर घाईते भएकी आचार्यलाई उपचारार्थ त्रिशूली हस्पिटल ल्याईएको छ । उक्त खबरलाई कृष्णसेन अनलाईनले पनि प्रकाशन गरेको छ । यस्तो छ फेसबुक र अनलाइन समाचार
एमाओवादीका चुनाव प्रचार विभाग सदस्य सोमबहादुर तामाङले फेसबुकमार्फत् दिएको जानकारी अनुसार पोस्टर जलाएर ध्रुब खड्काको नेतृत्वमा आएको टोली भागेको र गम्भीर घाईते भएकी आचार्यलाई उपचारार्थ त्रिशूली हस्पिटल ल्याईएको छ । उक्त खबरलाई कृष्णसेन अनलाईनले पनि प्रकाशन गरेको छ । यस्तो छ फेसबुक र अनलाइन समाचार
Tuesday, October 22, 2013
रसुवामा २३,५२४ मतदाता, सबैभन्दा बढी भोर्लेमा र सबैभन्दा कम टिमुरेमा
धुन्चे, रसुवा, कार्तिक ५ गते ।
रसुवा जिल्लामा २३ हजार ५ सय २४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी सुभाकर पौडेलले रेडियो रसुवाको मतदाता शिक्षा कार्यक्रम दिनुभएको जानकारी अनुसार सबैभन्दा बढी मतदाता भोर्लेमा र सबैभन्दा कम मतदाता टिमुरेमा रहेका छन् । भोर्लेबाट ३ हजार २ सय ७४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने टिमुरेबाट २ सय ६० जनाले नाम दर्ता गराएका छन् ।
नाम दर्ता गराएका मतदाता संख्याको आधारमा लहरेपौवा दोस्रो धेरै मतदाता भएको गाविस हो भने धैबुङ तेस्रोमा पर्दछ । सरमथली, यार्सा र डाँडागाऊ गाविस क्रमशः चौथो, पाँचौ र छैठोमा पर्दछन् भने सदरमुकाम धुन्चे नवौं स्थानमा पर्दछ । रसुवा जिल्लाभरिको गाविस तथा मतदान केन्द्र अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको संख्यालाई तलको तालिकामा हेरौं ।
| फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको संख्या (स्रोत : जिल्ला निर्वाचन कार्यालय, रसुवा ) | |||||
| क्र सं | गाविस | मतदान केन्द्र | वडाहरू | मतदाता | गाविसभरिको मतदाता संख्या |
| १ | भोर्ले | गोसाईकुण्ड मावि | २,३ | ९३६ | ३२७४ |
| २ | दुप्चेश्वरी निमावि | १,४ | ९९६ | ||
| ३ | बागेश्वरी मावि | ७ | ६३९ | ||
| ४ | सेतीदेवी उमावि | ६,८,९ | ७०३ | ||
| ५ | लहरेपौवा | गाविस भवन | १,२,३,९ | १५९७ | ३०२३ |
| ६ | मालिकादेवी प्रावि | ४,५,६ | ८७४ | ||
| ७ | ढुङ्गे निमावि | ७,८ | ५५२ | ||
| ८ | धैबुङ | सुन्धारा उमावि | १,२,३,४ | ११६८ | २८९८ |
| ९ | कालिका हिमालय उमावि | ५,६,७ | ९२७ | ||
| १० | नीलकण्ठ उमावि | ८,९ | ८०३ | ||
| ११ | सरमथली | निर्कुभूमे उमावि | १,२,३,४ | ७६६ | २१३५ |
| १२ | दुप्चेश्वरी प्रावि | ५,६ | ६२३ | ||
| १३ | गौतमबुद्द मावि | ७,८,९ | ७४६ | ||
| १४ | यार्सा | नवजीवन प्रावि | १,२,३ | ६४९ | २०९६ |
| १५ | सिमवन्दी प्रावि | ४,५,६ | ५६७ | ||
| १६ | आरूखर्क प्रावि | ७,८,९ | ८८० | ||
| १७ | डाँडागाऊ | डाँडागाऊ उमावि | १,२,३,४,५ | ६२६ | १२५४ |
| १८ | गणेश प्रावि, सिरूचेत | ६,७,८,९ | ६२८ | ||
| १९ | स्याफ्रु | नेरामावि, ठूलोस्याफ्रु | २,३,७,८ | ४७९ | १२५३ |
| २० | गाविस भवन | १,४,५,६९ | ७७४ | ||
| २१ | हाकु | गोसाइकुण्ड प्रावि सानोहाकु | १,२,३,४,५,६,७ | ७७० | १०९९ |
| २२ | कालिका प्रावि, गोगने | ८,९ | ३२९ | ||
| २३ | राम्चे | पलेप प्रावि | १,२,५,६ | ३१७ | ९८० |
| २४ | सेतीभूमे मावि | ३,४,७,८,९ | ६६३ | ||
| २५ | धुन्चे | रसुवा उमावि | १,२,३,४,५,६,७,८,९ | ९६३ | ९६३ |
| २६ | ठूलोगाऊ | भूमेदेवी मावि | १,२,३,४,५,६,७,८,९ | ९१६ | ९१६ |
| २७ | गतलाङ | नेरामावि, गतलाङ | १,२,३,४,५,६,९ | ६४३ | ८५७ |
| २८ | ग्रे प्रावि | ७,८ | २१४ | ||
| २९ | चिलिमे | स्वास्थ्य चौकी भवन, थाम्बुचेत | १,२,३,४ | २८८ | ७२० |
| ३० | पाजुङ प्रावि | ५,६,७,८,९ | ४३२ | ||
| ३१ | थुमन | गाविस भवन | १,२,३,४,५,६,७,८,९ | ५८७ | ५८७ |
| ३२ | गोल्जुङ | पार्वतीकुण्ड उमावि | १,२,३,४,५,६,७,८,९ | ४९१ | ४९१ |
| ३३ | बृद्धिम | नेराप्रावि, खाम्जीङ | १,२,३,४,५,६,७,८,९ | ३८६ | ३८६ |
| ३४ | लाङटाङ | नेराप्रावि | १,२,३,४,५,६,७,८,९ | ३३२ | ३३२ |
| ३५ | टिमुरे | नेरानिमावि, टिमुरे | १,२,३,४,५,६,७,८,९ | २६० | २६० |
Subscribe to:
Comments (Atom)
Facebook SDK
- https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0
Featured post
यो साईटमा पहुँच कति जना ?
Search This Blog
Blog Archive
Offers
{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग
Made with Love by
Link List
Pages
Pages
Categories
Contact form
रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar
No Thumbnail
About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.
Labels
Default Thumbnail
Categories
- Feature (2)
- Newsletter (1)
- Notice (1)
- असार १५ (1)
- आर्थिक (25)
- उर्जा (1)
- कृषि (12)
- गैरसरकारी गतिविधि (10)
- पर्यटन (7)
- प्रकाशकिय (1)
- फिचर (36)
- बाल अधिकार (4)
- ब्लग (1)
- भिडियो (1)
- राजनीति (5)
- लेख रचना (6)
- वातावरण (9)
- विविध (20)
- शान्ति अभ्यास (2)
- शिक्षा (2)
- सन्चार (1)
- सफलताका कथा (3)
- सम्पादकीय (2)
- संरक्षण (5)
- संविधान सभा ०७० (2)
- साताको तस्वीर (3)
- साहित्य (2)
- स्वास्थ्य (11)
Main Tags
Feature
(2)
Newsletter
(1)
Notice
(1)
असार १५
(1)
आर्थिक
(25)
उर्जा
(1)
कृषि
(12)
गैरसरकारी गतिविधि
(10)
पर्यटन
(7)
प्रकाशकिय
(1)
फिचर
(36)
बाल अधिकार
(4)
ब्लग
(1)
भिडियो
(1)
राजनीति
(5)
लेख रचना
(6)
वातावरण
(9)
विविध
(20)
शान्ति अभ्यास
(2)
शिक्षा
(2)
सन्चार
(1)
सफलताका कथा
(3)
सम्पादकीय
(2)
संरक्षण
(5)
संविधान सभा ०७०
(2)
साताको तस्वीर
(3)
साहित्य
(2)
स्वास्थ्य
(11)
Lazy Scrolls / More Text
Follow Us
Related Post / Show Texts
Follow Us
-
चिलिमे,रसुवा एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्...
-
जिल्ला भूमिअधिकार मञ्च रसुवाको आयोजनामा राष्ट्रिय आन्दोलन अनुरुप संबिधानमा आवास, भूमिहिन तथा साना किसानको अधिकार, खाद्य अधिकार स्पष्ट ले...
Main Menu
समाचार
Get this widget
Category
Latest
Link List
Featured Section
-
यार्सा, रसुवा । यहाँका स्थानीयलाई स्वास्थ्योपचारमा सुविधा पुर्याउन एक स्थानीय समाजसेवीले स्वास्थ्य संस्थालाई जग्गादान गरेका छन् । यार...
-
आज बिहान रसुवागढी नाकामा सीमा प्रहरी चौकी, टिमुरेले १ टन रक्तचन्दन बरामद गरेको छ । प्रहरीले खानतलासी गर्दा ना.३ ख. ७१५८ नम्बरको कन्टेनरक...
-
धुन्चे, रसुवा रक्तचन्दन तस्करीको अभियोग लागेको सात जनालाई लाङटाङ राष्ट्रिय निकुञ्जले बिगो जरिवाना रकम लिएर तारेखमा रिहा गरेको छ । निकु...
-
धुन्चे, रसुवा । रक्तचन्दन तस्करी गरेको भन्दै केही दिन अघि पक्राउ परेका एमाओवादी रसुवाका नेता समीरसहित अन्य पक्राउ परेका व्यक्तिहरू धरौटीम...
-
गाईको दाम्लो , भैंसीको दाम्लो किलाको किलै छ , किलाको किलै छ अलैंची दाना बाडौंला भन्थें हात मेरो हिलै छ ।हात मेरो हिलै छ ........
Popular Posts
-
चिलिमे,रसुवा एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्...
-
जिल्ला भूमिअधिकार मञ्च रसुवाको आयोजनामा राष्ट्रिय आन्दोलन अनुरुप संबिधानमा आवास, भूमिहिन तथा साना किसानको अधिकार, खाद्य अधिकार स्पष्ट ले...


