१० कार्तिक । धुन्चे, रसुवा
धान भित्रयाउन खेतबाट धान, पराल आउँदै गरेको एक मिनिट्रक शनिबार साँझ दुर्घटनाहुँदा लहरेपौवा गाविसको पैरेबेशी नजिकै खाल्टेमा पल्टिदा ११ जना घाईते भएका छन् ।
हिजोसाँझ खेतबाट बिटा लगाएर फर्कने क्रममा पैरेबेशी नजिकै खाल्टेमा बा.अ.अ. १३६० नं को मिनि ट्रक पल्टिदा त्यहाँ सवार सवै घाईते भएका हुन् । लहरेपौवा गाविस ३ बनुवाका एकै परिवारका ११ जना घाईते भएको र आज बिहान स्टार अस्पताल सानेपामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेहरूको राजधानीको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाईते १८ वर्षिय सुदिप आचार्यको मृत्यु भएको हो । दिनभरी खेतमा धान बिटा लगाएर परिवारका सवै मिनिट्रकमा घर तर्फ फर्कन लाग्दा दुर्घटना ग्रस्त भएको हो ।
घटनास्थल जिल्ला सदरमुकाम धुन्चेदेखि ४० किमी दक्षिणमा पर्दछ । घाईते हुनेहरूमा ईश्वर आचार्य, हरिप्रसाद आचार्य, विकास आचार्य, संगीता आचार्य, सन्तोष आचार्य, मोदनाथ आचार्य, जनक आचार्य, खिलनाथ आचार्य, रैला आचार्य र ठूलोगाउँका चालक सुवास तामाङ रहेका छन् । घाइतेहरू मध्ये ३ जनाको त्रिबि शिक्षण, ७ जनाको बिएन बि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । नयाँ अस्थाई नम्बरमात्र लिएको मिनिट्रक पल्टेर ३० मीटर तल त्रिशूली बगरमा पुगेको थियो । दुर्घटनाको करण नखुलेको प्रहरीले जनाएको छ ।
Sunday, October 27, 2013
Wednesday, October 23, 2013
बैद्य समूहले एमाओवादीको पोष्टर जलायो
कालिकास्थान, रसुवा ।
कार्तिक ६ । चुनावी प्रचारप्रसारको लागि लहरेपौवाको बनुँवास्थित नीलनाथ आचार्यको घरमा राखेको एमाओवादी रसुवाको प्रचार पम्प्लेट बैद्य समूहले आज विहान जलाएको छ ।
एकीकृत माओवादीका कार्यकर्ता लक्ष्मी न्यौपानेलाई समेत पेट्रोल छर्केर घाईते बनाएको बुझिएको छ ।
एमाओवादीका चुनाव प्रचार विभाग सदस्य सोमबहादुर तामाङले फेसबुकमार्फत् दिएको जानकारी अनुसार पोस्टर जलाएर ध्रुब खड्काको नेतृत्वमा आएको टोली भागेको र गम्भीर घाईते भएकी आचार्यलाई उपचारार्थ त्रिशूली हस्पिटल ल्याईएको छ । उक्त खबरलाई कृष्णसेन अनलाईनले पनि प्रकाशन गरेको छ । यस्तो छ फेसबुक र अनलाइन समाचार
एमाओवादीका चुनाव प्रचार विभाग सदस्य सोमबहादुर तामाङले फेसबुकमार्फत् दिएको जानकारी अनुसार पोस्टर जलाएर ध्रुब खड्काको नेतृत्वमा आएको टोली भागेको र गम्भीर घाईते भएकी आचार्यलाई उपचारार्थ त्रिशूली हस्पिटल ल्याईएको छ । उक्त खबरलाई कृष्णसेन अनलाईनले पनि प्रकाशन गरेको छ । यस्तो छ फेसबुक र अनलाइन समाचार
Tuesday, October 22, 2013
रसुवामा २३,५२४ मतदाता, सबैभन्दा बढी भोर्लेमा र सबैभन्दा कम टिमुरेमा
धुन्चे, रसुवा, कार्तिक ५ गते ।
रसुवा जिल्लामा २३ हजार ५ सय २४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी सुभाकर पौडेलले रेडियो रसुवाको मतदाता शिक्षा कार्यक्रम दिनुभएको जानकारी अनुसार सबैभन्दा बढी मतदाता भोर्लेमा र सबैभन्दा कम मतदाता टिमुरेमा रहेका छन् । भोर्लेबाट ३ हजार २ सय ७४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने टिमुरेबाट २ सय ६० जनाले नाम दर्ता गराएका छन् ।
नाम दर्ता गराएका मतदाता संख्याको आधारमा लहरेपौवा दोस्रो धेरै मतदाता भएको गाविस हो भने धैबुङ तेस्रोमा पर्दछ । सरमथली, यार्सा र डाँडागाऊ गाविस क्रमशः चौथो, पाँचौ र छैठोमा पर्दछन् भने सदरमुकाम धुन्चे नवौं स्थानमा पर्दछ । रसुवा जिल्लाभरिको गाविस तथा मतदान केन्द्र अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको संख्यालाई तलको तालिकामा हेरौं ।
| फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको संख्या (स्रोत : जिल्ला निर्वाचन कार्यालय, रसुवा ) | |||||
| क्र सं | गाविस | मतदान केन्द्र | वडाहरू | मतदाता | गाविसभरिको मतदाता संख्या |
| १ | भोर्ले | गोसाईकुण्ड मावि | २,३ | ९३६ | ३२७४ |
| २ | दुप्चेश्वरी निमावि | १,४ | ९९६ | ||
| ३ | बागेश्वरी मावि | ७ | ६३९ | ||
| ४ | सेतीदेवी उमावि | ६,८,९ | ७०३ | ||
| ५ | लहरेपौवा | गाविस भवन | १,२,३,९ | १५९७ | ३०२३ |
| ६ | मालिकादेवी प्रावि | ४,५,६ | ८७४ | ||
| ७ | ढुङ्गे निमावि | ७,८ | ५५२ | ||
| ८ | धैबुङ | सुन्धारा उमावि | १,२,३,४ | ११६८ | २८९८ |
| ९ | कालिका हिमालय उमावि | ५,६,७ | ९२७ | ||
| १० | नीलकण्ठ उमावि | ८,९ | ८०३ | ||
| ११ | सरमथली | निर्कुभूमे उमावि | १,२,३,४ | ७६६ | २१३५ |
| १२ | दुप्चेश्वरी प्रावि | ५,६ | ६२३ | ||
| १३ | गौतमबुद्द मावि | ७,८,९ | ७४६ | ||
| १४ | यार्सा | नवजीवन प्रावि | १,२,३ | ६४९ | २०९६ |
| १५ | सिमवन्दी प्रावि | ४,५,६ | ५६७ | ||
| १६ | आरूखर्क प्रावि | ७,८,९ | ८८० | ||
| १७ | डाँडागाऊ | डाँडागाऊ उमावि | १,२,३,४,५ | ६२६ | १२५४ |
| १८ | गणेश प्रावि, सिरूचेत | ६,७,८,९ | ६२८ | ||
| १९ | स्याफ्रु | नेरामावि, ठूलोस्याफ्रु | २,३,७,८ | ४७९ | १२५३ |
| २० | गाविस भवन | १,४,५,६९ | ७७४ | ||
| २१ | हाकु | गोसाइकुण्ड प्रावि सानोहाकु | १,२,३,४,५,६,७ | ७७० | १०९९ |
| २२ | कालिका प्रावि, गोगने | ८,९ | ३२९ | ||
| २३ | राम्चे | पलेप प्रावि | १,२,५,६ | ३१७ | ९८० |
| २४ | सेतीभूमे मावि | ३,४,७,८,९ | ६६३ | ||
| २५ | धुन्चे | रसुवा उमावि | १,२,३,४,५,६,७,८,९ | ९६३ | ९६३ |
| २६ | ठूलोगाऊ | भूमेदेवी मावि | १,२,३,४,५,६,७,८,९ | ९१६ | ९१६ |
| २७ | गतलाङ | नेरामावि, गतलाङ | १,२,३,४,५,६,९ | ६४३ | ८५७ |
| २८ | ग्रे प्रावि | ७,८ | २१४ | ||
| २९ | चिलिमे | स्वास्थ्य चौकी भवन, थाम्बुचेत | १,२,३,४ | २८८ | ७२० |
| ३० | पाजुङ प्रावि | ५,६,७,८,९ | ४३२ | ||
| ३१ | थुमन | गाविस भवन | १,२,३,४,५,६,७,८,९ | ५८७ | ५८७ |
| ३२ | गोल्जुङ | पार्वतीकुण्ड उमावि | १,२,३,४,५,६,७,८,९ | ४९१ | ४९१ |
| ३३ | बृद्धिम | नेराप्रावि, खाम्जीङ | १,२,३,४,५,६,७,८,९ | ३८६ | ३८६ |
| ३४ | लाङटाङ | नेराप्रावि | १,२,३,४,५,६,७,८,९ | ३३२ | ३३२ |
| ३५ | टिमुरे | नेरानिमावि, टिमुरे | १,२,३,४,५,६,७,८,९ | २६० | २६० |
Subscribe to:
Comments (Atom)
Featured post
-
चिलिमे,रसुवा एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्...
-
राकेस लामा ब्यापार केन्द्रहरूमा बाल श्रम शोषण हुन नहुने तथा रसुवामा बालगृह सञ्चालन हुनु पर्ने बिभिन्न सरोकारवालाहरूले बताएका छन...
-
धुन्चे, रसुवा / नेपाल विद्युतकर्मी साहित्यिक समाजद्वारा प्रकाशित ज्योति साहित्यिक त्रैमासिक पत्रिकाको एक कार्यक्रमका धुन्चेमाबीच लोकार्प...


