धुन्चे, रसुवा
गोसाईकुण्ड क्षेत्र विकास समितिको अक्षय कोषमा ३ लाख रुपैयाँ रकम थपिएको छ ।
युवा सन्त विष्णु प्रपन्नाचार्यद्धारा आयोजित एक कार्यक्रममा सन्तले क्षेत्र विकास समितिको अक्षय कोषमा ५१ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेपछि ग्रीन सिटी अस्पतालबाट ५५ हजार , पासाङल्हामु यातायात सेवा समितिबाट २१ हजार लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाबाट ६५ हजार , जिल्ला विकास समितिबाट ५१ हजार , रसुवाका स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेले ५ हजार १ सय ११ , तुप्चे निवासी टोलनाथ अधिकारीले ५ हजार , काठमाण्डौं झोर निवासी श्रीकृष्ण विडारीले ५ हजार र धैबुङ्ग गाविस १ निवासी नबराज न्यौपानेले २ हजार एक कार्यक्रमका बीच भएको क्षेत्र विकास समितिको अक्षय कोषका लागि प्रदान गरे ।
युवा सन्त विष्णु प्रपन्नाचार्यले जिल्लामा क्रियाशिल पत्रकार, सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज तथा मेला ब्यवस्थापनमा सहयोग गर्नेहरूलाई दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
यस अधि क्षेत्र विकास समितिको अक्षय कोषमा ३ लाख ५० हजार रुपैयाँ संकलन भएको समितिका अध्यक्ष संजीव डिएम्ले बताए ।
त्यसैबीच गोसाँईकुण्ड आएका तीर्थ यात्रीले कुण्डमा चढाएको भेटीबाट १ लाख १७ हजार ७ सय रुपैयाँ संकलन भएको छ । गत वर्षको मेलामा १ लाख २७ हजार रुपैयाँ भेटी संकलनभएको समितिका कोषाध्यक्ष सुन्दरलाल श्रेष्ठले बताए ।
मेला सकिए पछि संकलित भेटी सदरमुकाम ल्याएर जिल्ला प्रहरी कार्यालयमा परिषरमा गनेर रकम क्षेत्र विकास समितिको खातामा संकलन गरिएको जनाएको छ । वर्षेनी कुण्ड तथा शिब मन्दिरमा भक्तजनले चढाएको भेटी समितिको काषमा राख्ने गरिएको छ ।