Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Thursday, August 22, 2013

गोसाँइकुण्ड मेला सकियो, लगभग सात हजार तीर्थालुको आगमन

धुन्चे, रसुवा, भदौ, ६ गते । रसुवाको उत्तरी क्षेत्रमा पर्ने धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको बेलामा लाग्ने मेला सकिएको छ । साउन शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा यसवर्ष सात हजारको हाराहारीमा तीर्थालु भक्तजनहरू आएका मेला व्यवस्थापन समितिका संयोजक सञ्जीव डिएमले बताए । गतवर्ष दश हजारको हाराहारीमा यहाँ दर्शन गर्न आउने तीर्थालुको संख्यामा यसवर्ष करीव तीन हजार तीर्थालुको संख्यामा घटी भएको संयोजक डिएमले बताए ।
वि.सं २०६३ मा विश्व सम्पदा सूचिमा समेत सूचिकृत भएको गोसाइँकुण्ड जैविक विविधता तथा ऐतिहाँसिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । पौराणिक ग्रन्थानुसार सत्ययुगमा देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको हलाहल नामको कालकूट विष पृथ्वीको रक्षार्थ शिवले निल्दा घाँटीमा अड्केको र उक्त विषको डाहा मार्न भारत तथा नेपालका विभिनन मार्ग हुँदै यस ठाउँमा आई रिसाएर त्रिशूलले खोप्दा तीनधारा भएको पानीको मूल निस्की त्यही पानी पिएर डाहा शान्त पारेका किंवदन्ती पाईन्छ । सोही त्रिशूलधाराबाट निस्केको पानी जम्न गई गोसाइँकुण्ड तालको उत्पत्ति भएको पनि विभिन्न धार्मिक कथन छ ।
IMG_7892
सोही पौराणिक तथा धार्मिक ग्रन्थमा उल्लेख भएका किंवदन्तीलाई विश्वास गरी यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकको आवागमन हुने गर्दछ । विशेष गरी साउन शुक्ल पक्षमा पर्ने जनैपूर्णिमा र जेठमा पर्ने गंगा दशाहरामा धार्मिक हिशावले यहाँ मेला लाग्ने गर्दछ भने पर्यटकीय हिशावले वर्षैभरि स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन् । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको गोसाइँकुण्ड स्नान गर्नाले जीवनभरको पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास रहेकोले वर्षेनी भक्तजनहरूको आउने गरेका छन् ।
IMG_1282
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यो कुण्ड समुद्री सतहबाट ४३८५ मी. उचाईमा अवस्थित यस कुण्डको लम्बाई ६०० मीटर र चौडाई ३७० मीटर तथा गहिराई १८ दशमलव ३ मीटर रहेको छ भने यसका वरपर १०८ कुण्ड रहेको पनि बताईएको छ । रसुवाको बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै यहाँ आईपुग्ने मार्ग एउटा हो भने हेलम्बु वा सुन्दरीजलबाट कुटुमसाङ, ठाडेपाटी, घोप्टे, फेदी हुँदै आउने मार्ग अर्को हो । रसुवाको सरमथली, यार्सा, चरीचोक थालीङडाँडा हुँदै पनि तीर्थालुहरूको आवागमन हुने गरेको पाईन्छ ।
sibir (1)
यसवर्ष मेलालाई व्यवस्थित गर्न तथा स्वास्थ्योपचारमा सेवा पु¥याउन जिल्ला स्वास्थय कार्यालय रसुवा, नेपाली सेना तथा हिमालय उद्धार संघले कुण्ड तथा मार्गमा स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो । तयसैगरि मेलाको सम्पूर्ण व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाल स्काउट , नेपाल रेडक्रस सोसाइटी , गोसाँइकुण्ड मेला व्यवस्थापन समितिलगायत विभिन्न संघसंस्थाले स्वयम् सेवकको भूमिका निर्वाह गरेका थिए ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts