धुन्चे, रसुवा
तीन वर्ष अघि लाङटाङ पदयात्राका क्रममा हराएका एक अमेरिकी पर्यटक २३ वर्षीया आब्री क्यारोलिन स्याकोको खोजी गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा क्रममा हत्यामा संलग्न रहेको आशंकामा लाङटाङबाट चार जनालाई प्रहरीले आज गिरफ्तार गरेको छ ।
उनको राहदानी नं ४६५७२०७२० हो भने नेपालपर्यटन बोर्डबाट जारी टिम्सकार्ड नं १०३३९२ हो । हराएको १५ दिनपछि नेपालका पर्यटन बोर्ड, टान, लगायत संघ संस्थाहरू , प्रहरी, अमेरिकी दूतावासले खोजीकार्य जारी राखेपनि हालसम्म कुनै तथ्य भेर्टिको थिएन । अमेरिकको कोलोराडो स्थित ग्रीली निवासी स्याको २०१०को २२ अप्रिलदेखि लाङटाङ क्षत्रमा हराएर बेपत्ता थिईन् । लामो समयदेखि अनुशन्धानमा रहेको ब्युरोले सो घटनामा संलग्न भएको आशंकामा केही सयय अघि भोर्ले गाविस –१ का जगत तामाङ पक्राउ परेका थिए । उनले दिएको बयानको आधारमा अरु पनि पक्राउ परेका हुन् । राजधानी स्थित महानगरीय प्रहरी परिषर हनुमान ढोकामा रहेका जगतले दिएको सूचनाको आधारमा गत बिहिबार भोर्ले गाविस –१ का पेम्बा तामाङ, लाङटाङ गाविस–८ का लोप्चन तामाङ, सरमथली गाविस –९ घर भई हाल लाङटाङमा होटल ब्यावसाय गर्ने च्याङवा तामाङ र अर्का एकजना पनि पक्राउ परेको जानकारी आए पनि प्रहरीले पुष्टि गरेको छैन् । युवाहरूले हत्या गरी खोलामा कागजात र लाश फालेको प्रहरी अनुशन्धान ब्युरोमा बयान दिएको स्थानीयले बताए । जगतले दिएको बयानका आधारमा लोप्चले आफुले योजना बनाएको स्वीकार गरेका छन् । पेम्बालाई ब्युरो टोलीले हत्या भएको स्थानमा लगेर पहिचान गरेका थिए । उनको साथमा भएको क्यामेरा भने जगतले लिएको बताईएको छ । हत्या भएको स्याको कपडा भने लोप्चनको घरमा भेटिएको प्रहरीले जनाएको छ । भारतहुँदै उनी पहिलो पल्ट लाङटाङ आएकी थिईन् । उनी घोडा तबेलासम्म पुेगेको भन्ने स्थानीयको भनाई छ । उनको २९ अप्रिल २०१० मा काठमाडौं फकैने तालिका थियो । उनीनफर्के पछि जिउँदो वा मृत अवस्था थाहा पाउन उनका ५६ वर्षीय बाबु पावेलले खोजीकार्यथालेका थिए । उनले छोरीसँग २० अप्रिलमा धुन्चेबाट अनलाईन कुराकानी भएको थियो । हेलिकोप्टरमार्फत गोसाँईकुण्ड र लाङटाङ क्षेत्रमा खोजी गरेका थिए ।
लाङटाङ पदयात्रा क्षेत्रको रिभरसाईड भन्दा माथिको जंगलमा लगेर हत्या गरी खोलामा फलेको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनाबारे अनुशन्धान टोलीमा जिल्लाका प्रहरीहरू पनि संलग्न रहे पनि घटनाको बिस्तृत जानकारी जिल्लाले दिन नमिल्ने र केन्द्रीय अनुशन्धान ब्युरोले पत्रकार सम्मेलनमार्फत जानकारी दिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा अमेरिकी दम्पत्ती पाउल साक्को र कोनी साक्कोले तीन वर्ष अघि हराएकी आफ्नी छोरी स्याकोको अवस्था पत्ता लगाउनेलाई नगद पुरस्कार तोकेका थिए । छोरीको अवस्था पत्ता लगाई दिनेलाई उनका परिवारले बर्षेनी पत्रकार सम्मेलनमार्फत २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्दै आएका थिए । उनको खाजी कार्यकै क्रममा ब्युरोले हत्यागरी लाङटाङ पद मार्गको रिभर साईटमाफालिएको आशंका गरेको जनाएको छ । केही ब्यक्ति प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरे पनि अनुसन्धान पछि मात्र जानकारी दिन मिल्ने प्रहरी नावय उपरिक्षक अनुराग द्धिबेदीले बताए ।
स्थानीयले भने स्थानीयले भने पक्ताउ परेको जनाए । घटनामा पछि पर्यटकहरू आउने क्रम रोकिने चिन्ता बढेको छ । स्याको रसुवाको लाङटाङ भ्रमणका लागि स्याफ्रुबाट लाङटाङ तर्फ जाने क्रममा ०६७ बैशाख ७ गते हराएकी थिईन् । घटनामा संलग्न रहेको आरोपमा भोर्ले गाविस १ जगत तामाङ, लाङटाङ गाविस ८ लाक्पा तामाङ सरमथली गाविस ९ का च्याङवा तामाङ पक्राउ परेको स्थानीयले जानकारी दिए । उनीहरूलाई पक्राउ परेको भोलिपल्ट नै ब्युरोले अनुशन्धानका लागि काठमाण्डौं लगेको छ ।
जल्ला प्रहरी कार्यालयले भने अनुशन्धानको क्रममा रहेको र तत्काल केही सूचना दिन नमिल्ने जनाएको छ ।
यसअघि पनि पर्यटक हराएका थिए । एक वर्ष अघि मृत भेटिएकी २३ बर्षिया बेल्जिीयम नागरीक डेभी म्याभ्युको घटना अझै रहस्यमय छ । जिल्ला प्रहरीले हत्याको आशंक गरेपनि घटनाको न अपराधी पक्राउ भएको छ न कुनै तथ्य बाहिर आउन सकेको छ ।
मृतक म्याभ्यु ०६९ जेठ १७ गते लाङटाङ घुम्न आएकी थिईन । उनी लाङटाङ राष्ट्रिय निकुञ्जको ईन्ट्री पोष्टमा आफ्नो विवरण लेखाएर गोसाँईकुण्ड तर्फ लागेकी थिईन् । जिल्ला सदरमुकाम नजिकै स्याफ्रु गाविस– ६ मा पर्ने गोसाँईकुण्ड पर्यटकीय मार्गको देउराली भन्दा तल खन्ती भन्ने जंगलमा हराएको १५ दिनपछि भेटिएको मृत अवस्थामा भेटिएको थियो ।