Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Monday, August 26, 2013

रसुवाका दलहरुलाई चुनावको चटारो

धुन्चे, रसुवा
संविधान सभाको निर्वाचन नजिकिन लाग्दा रसुवाका दलहरु तयारी लागेका छन् । देशमा निर्वाचन हुने भन्दै निर्वाचन आयोगले गरेको तयारीसँगै दलहरु पनि चुनाव तयारीमा जुटेका छन् । उनीहरुले आफ्ना बैठक र भेलामा पनि उम्मेदवारको छनौटमा जुटेका छन् । प्राप्त जानकारी अनुसार नेकपा एमालेबाट छोवाङ तेन्जिन तामाङ, माधव अर्याल, अशोक घिमिरे, जर्नादन ढकाल, कुलप्रसाद भट्ट, कर्नेल लामा उम्मेदवार बन्ने दौडमा छन् भने नेपाली काँग्रेसमा लामाकार्पु तामाङ, बालचन्द्र पौडेल, थुप्तेन लोप्साङ लामा उम्मेदवार बन्ने चर्चाको शिखरमा छन् । एनेकपा माओवादीबाट भने ईन्द्र गौतम, प्रेम तामाङ र माधब लामिछाने उम्मेदवार बन्ने प्रतिष्पर्धामा छन् । किटानी भने भएको छैन दलका नेताहरू छलफलमा जुटेकोले एक साताभित्र टुङ्गिने ती दल संबद स्रोतले जानकारी दिएको छ ।
निर्वाचन आयोगले तोकेको आर्को संबिधानसभाको निर्वाचन मिति नजिक आउँदै गर्दा साउनको पहिलो सातादेखि यहाँ राजनीतिक दलहरुको चुनावी गतिबिधि बढेको हो । आयोगले मंसिर ४ गतेको लागि निर्वाचनको मिति तोकेको छ ।
चुनावको तयारीमा लागेको एनेकपा माओवादी जिल्ला नेता जगतजङ्गले भन्नुभयो ‘गाउँ गाउँमा आफ्ना मतदाताहरुसँग भेटघाट तथा कार्यकर्ता परिचालनको काम अघि बढाएका छौ साउन अन्तमा अभियान जिल्लाभरी सक्ने कार्यक्रम छ । ’
त्यसैगरी नेपाली काँग्रेसले पनि गाउँ गाउँमा कार्यकर्ता भेटघाट कार्यक्रम मार्फत चुनावको माहोल ल्याएको छ । अभियानकै शिलशिलामा भोर्ले गाविसमा कार्यकर्ता भेटघाट तथा निर्वाचनको महत्वबारे अन्तक्र्रिया गरेको र १८ वटै गाविसमा अभियान सञ्चालन गरिने जिल्ला सभापति लामाकार्पु तामाङले बिज्ञप्तीमार्फत जानकारी दिनुभयो ।
त्यसैगरि नेकपा एमाले रसुवाले पनि निर्वाचनको लक्ष्य गरी जन संगठन सुदृृढिकरण तथा कार्यकर्ता परिचालन अभियानको नाममा चुनाव तयारी सुरु गरेको छ जिल्लाका उत्तरी क्षेत्रमा मतदाता सचेतना तथा कार्यकर्ता परिचालन कार्यक्रम भैरहेको नेकपा एमाले जिल्ला सचिव विष्णु देवकोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिल्लाभरीका १८ वटै गाविसमा अभियाव मार्फत चुनावी गतिबिधी र मतदाता सचेतना गर्ने उहाँले बताउनुभयो ।
रसुवामा रहेका अन्य दलहरुको भने निर्वाचन गतिबिधि सुरु भएको छैन निर्वाचन तयारीको लागि आफ्नो पार्टीले गतिबिधि सुरु गर्ने योजना रहेको राप्रपा नेपालका वाङगेल थोक्राले बताए । जिल्लामा विगतको परिणामले खाना मानिएका राप्रपा जनशक्ति , नेकपा एकीकृत, ताम्सालिङ राष्ट्रिय दललाई भने चुनावको चटारो लागेको देखिदैन । नेकपा माओवादीले भने यो निर्वाचन आफुहरुलाई स्विकार योग्य नभएको भन्दै बहिस्कार गर्ने जिल्ला कमिटी सदस्य बिष्णु ढकालले जानकारी दिनुभयो ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts