Saturday, December 6, 2014

एघारौ महिला स्वास्थ्य स्वयमसेविका दिवस

चिलिमे,रसुवा
एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्रम सम्पन्न भयो । 

गोल्जङ, गत्लाङ, र चिलिमे गाविसका महिला स्वास्थ्य स्वयमसेविका सहभागि कार्यक्रमा ¥याली तथा सरसफाई कार्यक्रम गरिएको थियो । थाम्बुचेत स्वास्थ्यचौकी तथा गाउँ बरीपरी सरसफाई गरी स्थानीय हिमालयन बृद्धाआश्रमका बृद्धबृद्धाहरूलाई अण्डा , सावुन , नेलकटर, बितरण गरिएको थियो । कार्यक्रममा महिला स्वयमसेविकाहरूको समुहगत हाजिरीजवाफ प्रतियिोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई अण्डा, सावुन नेलकटर र भित्तेघडी पुरस्कार प्रदान गरिएको थियो । 

सुआहारा कार्यक्रमको स्वास्थ्य , पोषण र सरसफाई बारे चेतना मुलक कार्यक्रम सहित भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका रुकु क्षेत्री, गोल्जुङ स्वास्थ्य चौकीका ईन्चार्ज चन्द्रभुषण ठाकुर, स्थानीय हिमालयन ईङलिस स्कुलका शिक्षक , विद्यार्थी, स्थानीयवासीहरुको सहभागिता रहेको थियो । 

एकीकृत पोषण तथा सरसफाईलाई ध्यान दिदै पुररस्कार प्रदान गरिएको थियो सुआहारारा कार्यक्रम संयोजक मनोज मिश्रले बताए । 



Friday, November 28, 2014

रेडपाण्डाको छाला सहित अबैध सामान फेला


धुन्चे, रसुवा
रेडपाण्डाको छाला सहित अबैध सामान चोरी निकासी गर्न लागेको अवस्थामा रसुवाका एक जना पक्राउ पक्राउ परेका छन् ।  

जिल्लाको उत्तरी चीनको सिमानाकासँग जोडिएको टिमुरे गाविस–९ का ४५ वर्षिय सोनामछिरिङ घलेलाई उनकै घरमा प्रहरीले अबैध सामान लुकाएर राखेको सुचनाका आधारमा छापा मार्दा अबेध सामाग्री सहित उनलाई गिरफ्तार गरेको हो । सुराकीको आधारमा नारायण दल गण तथा लाङटाङ राष्ट्रिय निकुञ्जका गस्ती टोलीले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको छ । 

उनको घरबाट विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डाको छाला एक थान, अन्य बन्य जन्तुको छाला ३ थान , वन्यजन्तुको छाला ९ टुक्रा , वन्यजन्तुको हड्डी ६, बन्यजन्तुको खुर ३, बन्यजन्तुको सिङ ७, बन्यजन्तुको खप्पर १ रक्तचन्दन गोलिया १ र जडिबुटी ५०० ग्राम सहित पक्राउ गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । 

‘निकुञ्जको गती तथा नारायण दल गणका गणेश रायमाझीको टोलीले दिउँसो १ बजेतिर अबैध रुपमा लैजान राखिएको सामाग्रीहरु नियन्त्रणमा लिएको हो उपाध्यायले भने ।’
रसुवामा श्रृखलाबद्ध ढंगबाट अबैध रुपमा जडिबुटी तथा रेडपाण्डाको छाला तस्करी हुने गरेको अवस्थामा भेटिने गरेको छ । यस क्षेत्रबाट बिश्वमा नै दुलर्भ रेडपाण्डाको छाला तस्करी निकै बढेको छ । 


Wednesday, November 12, 2014

रसुवामा र्याली तथा भूमिसभा


जिल्ला भूमिअधिकार मञ्च रसुवाको आयोजनामा राष्ट्रिय आन्दोलन अनुरुप संबिधानमा आवास, भूमिहिन तथा साना किसानको अधिकार, खाद्य अधिकार स्पष्ट लेख्नका लागि खबरदारी गरेका छन् । 

भूमि अधिकार मञ्चको आब्हानमा आज देशभर प्रर्दशन गर्दै हदबन्दीभन्दा बढी जग्गाको क्षतिपूर्ति दिने गरी संविधान सभा अन्तर्गतका समितिहरूमा भएको भनिएको सहमतिको विरोध जनाउने कार्यक्रम अन्तर्गत रसुवामा पनि कार्यक्रम भएको हो । 

नयाँ संबिधानमा भूमिमा न्यायोचित हदबन्दी लगाई त्यसमाथिको जग्गा राज्यले सुकुम्बासी, भूमिहिन र साना किसानहरूलाई बितरण गर्न माग गर्दै कालिकास्थानमा भूमि ¥याली सम्पन्न भयो । 

केन्द्रीय आन्दोलन अन्तर्गत हदबन्दी माथिको जग्गा क्षतिपुर्ती नदिने ब्यवस्थाको लागि आवाज उठाउने, ब्यवस्थापिका संसदमाा पेश भएको केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्ने बिधेयकमा गुठी जग्गा रैतानी गर्ने ब्यवस्था खारेजी प्रस्ताव भएकोले सो नगर्न र भूमिसम्बन्धी ऐन २०२१ को छैठौं संशोधन विधेयकमा छुटेका जोताहा किसानलाई मोहियानी हक दिने ब्यवस्था गर्न सभासदसम्म सन्देश पु¥उन, सुकुम्बासी समस्या समाधान आयोगको कार्यादेश समस्या छिमोल्ने खालको बनाउन दवाव दिने उद्देश्यले भूमि ¥याली तथा कोण सभा आयोजना भएको जिल्ला भूमिअधिकार मञ्चले जनाएको छ । ¥यालीमा रसुवाका बिभिन्न गाउँबाट कुटो कोदालो जस्ता कृषि औजार , धान, कोदोका बाला सागपात, मुलालगायत तरकारी ३ सय भन्दा बढि किसानको सहभागिता रहेको थियो । 

किसानहरुले राज्यले बिगतमा किसानहरूको ‘भूमि अधिकार’ माथि खेलवाड गरेका कारण  ‘बिर्ता उन्मुलन भएको ५५ वर्ष भइसक्दा पनि किसानहरूले अधिकार नपाउनु मालपोत कर्मचारीहरूले किसानहरूलाई धोका र बिर्तावालाहरूलाई साथ दिएको पाइएकाले त्यस्ता कर्मचारीहरूलाई पनि कार्वाही गर्नुपर्ने बताउँदै अब संबिधान निर्माण प्रक्रियामा आफुहरुको मागको न्यायोचित सम्बोधन हुनपर्ने बताए । 

सुकुम्बासी र भूमिहिनलाई जग्गा र घर , संबिधानमा भूमि सुधार ग्यारेन्टी गर ,नेता, सभासद होसियार, क्षतीपुर्ति  देउला खबरदार , कति सहनु चिन्ता डर छुटेको मोही दर्ता गर , सुकुम्बासी आयोगको छैन भर , कार्यदेश पहिले संशोधन गर , भूमिअधिकारबाट बञ्चितहरू एक होऔं जस्ता नाराहरू लगाउँदै कालिकास्थान –घुम्ति बजार परिक्रमा गरी पुनः भूमिघरमा फर्केर कोणसभामा परिणत भएको थियो । सभामा जिल्ला मञ्च अध्यक्ष चित्रकुमारी न्यौपाने , संस्थापक अध्यक्ष भवानीप्रसाद न्यौपाने, नेकपा एमालेका जिल्ला कमिटी सदस्य चुडामणि पौडेल, स्थानीय कालिका महिला सहकारी संस्थाका अध्यक्ष सीता अधिकारी, महिला अधिकार मञ्चका मिठू तामाङले कार्यक्रमा सम्बोधन गर्दै  कार्यक्रममा भूमिआन्दोलनमा आफुहरूको प्रतिबद्धता रहेको बताए । 

सभामा पुरुषोत्ता पौडेल रसुवाले एक गजल बाचन गरेका थिए । सहभागि किसानहरुले पटक पटक भूमिसुधार गर्ने बाचा खाए पनि कुनै सरकारले पनि आफ्ना जयज मागहरुको सम्बोधन नगरेको बताए । रसुवामा हाकु गाविसका ३ सय ३६ परिवार गुठी समस्यामा छन् भने धैबुङ्ग, लहरेपौवा तथा भोर्ले गाविसको ७ सय १८ घर परिवारको बिर्ता समस्याका कारण आफुले जोत्दै आएको जमिनको पुर्जा माग्दै आन्दोलन गरिरहेका छन् । जिल्लाका करिव ३ सय परिवार भूमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरु रहेको मञ्चको अनुमानीत तथ्यांक छ । वर्षौदेखिको मंसिर ४ गते हुने राष्ट्रिय आन्दोलन तयारी बारे छलफल समेत भएको थियो । 

`; document.getElementById("label-slider").innerHTML = html; });

Tuesday, November 11, 2014

अर्काे आँधी 'निलोफर’ को संकेत

काठमाडौं । 'हुदहुद' नामको आँधीले निम्त्याएको क्षतिको विवरण आइनसक्दै अरब सागरमा अर्को आँधीको संकेत देखा
परेको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माका अनुसार अहिले अरब सागरमा 'ड्रि्रेसन' -आँधीअघिको मौसमी अवस्था) देखा परेको छ ।

'त्यो ड्रि्रेसन विकसित भयो भने साइक्लोन अर्थात् चक्रवात -आँधी) को रुप लिनेछ, अरब सागरमै देखा परेको मौसमी प्रणालीको असर स्वरुप आइतबारदेखि पर्ूर्वी भाग र काठमाडौंसम्मै मौसममा गडबडी देखिएको हो । यसको असर केही
दिन रहन सक्छ ।' अरब सागरबाट भुटान, सिक्किम हँुदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीको असरका साथै पश्चिम वायुको समेत प्रभावका कारण मौसममा गडबडी आ- एकाले पदयात्राका लागि उपयुक्त समय नभएकोसमेत महानिर्देशक शर्माले बताए । 'एकै पटक दर्ुइवटा प्रणाली विकसित भएकाले पदयात्रा गर्न उपयुक्त मौसम छैन,' उनले भने । उता, 'भारतीय मौसम विज्ञान विभाग'ले अरब सागरमा देखा परेको 'ड्रि्रेसन'ले सोमबार वा मंगलबारसम्ममा चक्रवात -आँधी) को रुप लिन सक्ने अनुमान गरेको छ । त्यो चक्रवात ओमान हँुदै करिब सातापछि भारतको गुजरात आइपुग्नेछ । सम्भवतः त्यस चक्रवातको नाम 'निलोफर' राखिने 'भारतीय मौसम विज्ञान विभाग' लाई हवाला दिंदै 'न्युमेरिकल वेदर प्रेडिक्सन' ले जनाएको छ ।

'निलोफर' नामको चक्रवातको नाम पाकिस्तानले तय गरेको हो । जल तथा मौसम पर्ूवानुमान महाशाखाले तीन दिनभन्दा बढीको मौसमी गतिविधि को अनुमान गर्दैन । त्यसैले सम्भावित आँधीबारे महाशाखाले अहिले नै आधिकारिक टिप्पणी गरेको छैन । तर, महाशाखाका मौसमविद् सुवास रिमालले भारतीय मौसम विज्ञान विभाग -आईएमडी) लाई हवाला दिंदै ६ र ७ दिनपछि आउने आँधीको असर मुलुकको पश्चिम र मध्यभाग हुँदै हिमाली क्षेत्रसम्मै पर्न सक्ने उल्लेख गरे ।

'बिहीबार र शुक्रबारसम्ममा सुदूर पश्चिमका विभिन्न भागमा पछिल्लो चक्रवातको असर देखा पर्न सक्छ,' पछिल्लो मौसमी गतिविधि औंल्याउँदै रिमालले आइतबार भने, 'तर, अहिले नै हामीले असरबारे बताउन सक्ने अवस्था छैन ।' उनका अनुसार चक्रवातका कारण उत्पन्न मौसमी गतिविधिबाट डँडेलधुरा, धनगढी, दिपायल हँुदै मध्यपश्चिमका विभिन्न भागमा वषर्ा हुनेछ भने उच्चभागमा हिमपात हुन सक्ने अनुमान छ । केही दिनदेखि अरब सागरमा देखिएको मौसमी प्रणालीकै कारण आइतबार पर्ूर्वी भाग हुँदै काठमाडौं र मध्यभागको मौमसमा परिवर्तन देखिएको छ । आकाशमा बादल लागेर धुम्मिएको मात्रै छैन, चिसोसमेत ल्याएको छ । अरब सागरमा देखा परेको प्रणाली भारतको महाराष्ट्र, मध्यप्रदेश, बिहार हँुदै नेपालको तर्राई भाग हुँदै प्रवेश गरेको रिमालले बताए । 'मध्यप्रदेश र बिहारमा न्यूनचापीय क्षेत्र विकास भएको र बिहारसँग तर्राई जोडिएकाले त्यसकै प्रभावस्वरुप हामीकहाँ बदली भएको हो,' उनको विश्लेषण छ । महाशाखाले केही दिन मौसममा गडबडी हुनसक्ने भएकाले र्सतर्कता अपनाउन आग्ा्रहसमेत गरेको छ ।

'मध्य, पर्ूर्वी र पश्चिम भागका विभिन्न स्थानमा वषर्ा हुन सक्छ,' मौसमविद् रिमालले भने, 'भारी नै नभए पनि धेरै भागमा
छिटफुट वषर्ा हुनेछ र चिसो बढ्नेछ ।' महाशाखाका पर्ूवप्रमुख वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले अहिले देखिएको मौसमी गतिविधि 'पोस्ट मनसुनको प्रभाव' भएको टिप्पणी गरे । पछिल्ला २० वर्षता मनसुन सकिने अवधि लम्बिएको शाक्यले बताए ।

के हो निलोफर - 

हालैको समुद्री आँधी 'हुदहुद' ओमानले राखेको नाम थियो । सन् १९५३ देखि एटलान्टिक ट्रोपिकल स्ट्रोम र नेसनल हुरि
केन सेन्टरले आँधीको नामकरण गर्न थालेका हुन् । 'द इन्डिया मेटियोरोलोजिकल डिपार्टमेन्ट'ले आठवटा देशहरु भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, श्रीलंका र थाइल्यान्डलाई चक्रवातको नाम राख्न सल्लाह दिएको थियो । त्यसअनुसार ती देशले आँधीका ६४ नाम प्रस्तुत गरेका थिए । आठैवटा देशले आठ-आठवटा नाम प्रस्तुत गरेका थिए । जतिबेला अरेबियन सागर वा बंगालको खाडीमा आँधी वा चक्रवात आउँछ, त्यही सूचीबाट नाम राखिंदै आएको छ । नाम पनि तिनै आठवटा देशको वर्ण्ाानुक्रम अनुसार पालैपालो राखिन्छ । 'हुदहुद' पछि यो इलाकामा आउने आँधीको नाम राख्ने पालो पाकिस्तान अर्थात् 'पी' को हो । उसले यस क्षेत्रमा आउने आँधीको नाम 'निलोफर' तय गरि सकेको छ । त्यसैले अब जहिले आए पनि उक्त आँधीको नाम 'निलोफर' रहनेछ । त्यसपछिका पालो आउने 'एस' अर्थात् श्रीलंकाले 'आशोबा' र 'टी' अर्थात् थाइल्यान्डले 'कोमेन' नाम प्रस्ताव गरिसकेका छन् ।

-साभारः त्रिशूलीपत्र अनलाइन)

Monday, November 10, 2014

लाङटाङमा हिम पहिरोले १२ घरमा क्षति


धुन्चे, रसुवा
पर्यटकीय क्षेत्र रसुवाको लाङटाङमा हिमपहिरोले स्थानीय १२ घरमा क्षति पुगेको छ । 

अचानक आएको हावाुहरीसँगैको हिम पहिरोले स्थानयि स्वास्थ्य संस्था र लघु जलविद्युत आयोजनामा क्षति पु¥याएको स्थानीय ख ग्याल्बो तामाङले बताए । स्थानीयवासी १ सय २५ घरले  उपभोग गर्दै आएको १५ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको तार र खम्बामा पनि क्षति पुगेकोले गाउँ अन्धकार भएको छ । गाउँमा निर्माण भएको एक गोम्बा र १२ घरमा क्षति पुगेकोले छ । 

त्यहाँ काठको समस्या हुने र नजिकै नपाउने भएकोले राहतको लागि स्थानीयले निकुञ्ज , जिल्ला विकास समिति लगायत सरोकारवालाहरूसँग आग्रह गरेका छन् । गतवर्ष पनि हावा हुरी र हिमपहिरोले स्थानीय बताउँछन् । 


विपद र न्युनिकरणबारे छलफल

धुन्चे, रसुवा
विपद जोखिम न्युनिकरण तथा पूर्व बचाउ अन्तराष्ट्रिय दिवस २०१४ का अवसरमा जिल्लामा पर्न सक्ने विपद र न्यूनिकरणबारे छलफल सम्पन्न भयो ।

जिल्ला दैवी प्रकोप उदार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईको अध्यक्षतामा भएको भेलामा जिल्लामा पर्न सक्ने पहिरो, आगलागी, हिम पहिरो, हावा हुरी, जस्ता प्राकृतिक विपद जोखिम न्यूनिकरण बारे छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले दिवसको महत्व र भेलाको औचित्य बारे जानकारी गराउँदै जिल्लाको सरमथली गाविस वडा नं ६ मा १० घर परिवारको पहिरोले जोखिममा रहेको बस्ती बचाउनु पर्ने अवस्था रहेकोले उनीहरूको स्थानान्तरण वा अन्य विकल्प खोज्न अध्ययन टोली खटाएको र यस वर्ष विभिन्न गाविसमा विपद्मा परेकाहरूलाई राहत रकम २६ हजार वितरण भएको जानकारी दिनुभयो ।

जिल्लाका सरकारी तथा गरसरकारी निकाय, पत्रकारलगायत सरोकारवालाहरूले पासाङल्हामु सडकमा सञ्चालिन यात्रुबाहक साधनहरूले छतमा यात्रु राखेर सवारी साधन चलाउन नदिने , सरमथली गाविस वडा नं ६ को १० घर बस्ती सुरक्षित स्थानमा बसोवास गराउन उपयुक्त स्थानमा स्थानान्तरण गर्न शहरी विकास मन्त्रालयमा सिफरिस साथ अनुरोध गर्ने निर्णय भएको छ । त्यसैगरी यसवर्ष यसवर्ष पासाङल्हामु सडक नियमित रुपमा सुचारु गर्न प्रयोग भएकको स्क्याभेटर चालकलाई खाना खर्च जिविस रसुवाले गराउने, जिल्लामा रहेका सरकारी  तथा गैरसरकारी निकाय र सरोकारवालाहरूले नियमितरुपमा संञ्चानलन गर्ने चेतना मूलक कार्यक्रम तालिममा विपद पूर्व तयारी तथा जोखिम न्यूनिकरण बारे चेतना मूलक कक्षा सञ्चालन गर्ने  निर्णय समेत भएको छ ।

कार्यक्रममा स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुर ,नेपाली सेनाको नारायण दल गणका गणपति लक्ष्मण थापा, , लाङटाङ राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव ृपरिक्षक प्रविण पोखरेल , जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटा, जिल्ला भु संरक्षण अधिकृत कृष्ण पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका ठाकुर पौडेल, पत्रकार , रेडक्रसकर्मीहरूले आफ्नो धारणा राख्नु भएको थियो ।

मोदी, कमिसन र नेपालको विकास

ल्यामबहादुर दर्जी

गत साउनमा भारतका प्रधान मन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए। उनको भम्रणबारे सञ्चार माध्यममा धेरै लेख, समाचार, पाठकपत्र छापिए। उनको दोस्रो भ्रमण हुने बेलासम्म पनि पहिलो भ्रमणबारे अझै विभिन्न कोणबाट विभिन्नखाले विश्लेषण आइरहेका छन्। उनले सबै नेतालाई भेटे, नेपाली संसद्मा सम्बोधन पनि गर्न भ्याए।

साथै आफूले भारतमा धर्मपुत्रको रूपमा राखेका नेपाली युवा जितबहादुरको परिवारलाई पनि भेट्न भ्याए। नेपालमा अहिले संविधान लेखनको काम तीव्रतर अघि बढिरहेको छ। यो समयमा मोदीले सबैलाई संविधान लेखनमा ध्यान दिन सुझाएका पनि छन्। उनले भारतमा नेपालको प्रशंसा गरे। नेपालबाट भारतले पनि धेरै कुरा सिक्ने सकिने बताए। जुन ज्यादै महत्वको विषय लाग्यो। भारतीय जनताले ती विचार महत्वपूर्ण मानेको समाचार पढ्न पाइयो। खुसी लाग्यो।

उनले भनेका छन्- 'ना खाउँगा, ना खाने दिउँगा।' देशको विकासमा यति शब्द कार्यान्वयन गर्न सकियो भने भारतमात्र हैन नेपालमा पनि गणतन्त्र संस्थागत हुनेछ। विभिन्न विभेद, अन्याय, अत्याचार, शोषण, हिंसा हटेर समृद्ध नेपाल बन्नेछ। उनको विकास मोडल झनै नेपालका लागि उपयोगी छ। मोदीले जसरी हामीकहाँ अहिलेसम्म एउटै प्रधान मन्त्रीले यस्तो बोलेको सुन्न पाइएको छैन। मुलुकमा गरिबी बढ्नुका मुख्य कारण जताततै कमिसन नै कमिसन खेल हो। मौलाउँदो भ्रष्टचार व्याप्त छ। यस्तो विषय कम होला भनेको, झनै मौलाउँदैै गएको विभिन्न समाचारमा दिनहुँ प्रकाशन भइरहेका छन्। 

हिजोआज नेपाली युवा मन वैदेशिक रोजगारमय भएको छ। १८ वर्ष नपुग्दैका युवायुवतीदेखि ६० कटेका बूढापाकासमेत राहादानी बनाउन लाइनबद्ध देखिन्छन्। दिनहुँ सयौं विदेश पलायन हुँदैछन्। कतार, मलेसिया, साउदी, दुबई, कोरियातिर नेपालीको ओइरो लागेको छ। यसरी विदेश पठाउनेमा बढी कमिसन र ठग प्रवृत्ति मौलाउँदो छ। हरेकलाई न्यूनतम ४० देखि ६० हजार मासिक पारिश्रमिक पाउने आशा देखाइन्छ। मेनपावर कम्पनीले यस्तो लोभमा विदेश पठाउँछ र त्यहाँ पुगेपछि १५/२० हजारमा कडा परिश्रम गर्न बाध्य बनाइन्छ। न फर्क न काम गर! दोधारमा पारिन्छ। 
देशमा जग्गा कारोबारी (दलाली) गर्नेहरूको बाहुल्यता पनि उत्तिकै छ। धान, मकै, फापर, कोदो, गहुँ फल्ने खेतबारी चिराचिरा पारेर घडेरीको नाममा प्लटिङ गरी बेचबिखन गर्ने र त्यसबाट कमिसन खानेहरूको लर्काे छ। जग्गा प्लटिङ गरेपछि त्यहाँ सडक बन्छ, पोल गाडिन्छ, बिजुलीको तार टाँगिन्छ। यस्तो ठाउँमा अप्रत्यक्ष तर लाखौंलाखको कमिसन खेल हुन्छ। जताततै कमिसनको खेल सुरु हुन्छ। एकातिर खेतीयोग्य जग्गा प्लटिङ भयो अर्कोतिर उत्पादन घट्यो। यस्तो गर्नुहुन्न भनेर न सरकार बोल्छ, न अन्य निकाय नै। राजनीतिमा त्यस्तै छ। कमिसनको खेल। देख्दै र सुन्दै आएका छौं। राजनीतिमा जनताले विश्वास गरेका, जनविश्वासीले भन्दा कमिसनको चलखेल गर्न सक्ने, रकम चलखेल गर्न सक्नेहरू माथि माथि पुगेका छन्। चुनावका बेला कमिसनको चलखेल, संवैधानिक नियुक्तिहरू हुँदा चलखेल। 
यातायात क्षेत्रमा हेर्योप त्यस्तै छ। सास्तीमात्र हैन, टिकटदेखि बासी भातमा समेत कमिसन। कलंकीबाट चलेको बस धार्केमा रोकिन्छ। होटलमा खाना खुवाइन्छ। त्यो पनि बासी। यात्री गएर टेबलमा बस्नेबित्तिकै थालभरि सबै चिज आउँछ। सबै बासी हुन्छ। खान बाध्य भइन्छ। नखाउँ अन्त गाडी रोकिन्न। यस्तो चलखेल गाडीवालादेखि होटलवालासम्ममा हुन्छ। सामान्य दालभातको डेढ सयभन्दा माथि पुगिसक्यो। दुई टुक्रा ब्रोइलर पनि चाख्ने हो भने त २५०।–। खानाको गुणस्तर हेर्दा भने ३० रूपियाँको पनि हुन्न। टिकटमा पनि कमिसन नै हुन्छ। काउन्टर रेटभन्दा दलालको रेटमा यात्रीले यात्रा बढी गरेका भेटिन्छन्। काउन्टरमा नपाइने टिकट दलालहरूसँग सजिलै बढी दाममा पाइन्छ। एउटै सिटको टिकट ५ जनालाई दिइन्छ। सामानको मनपरी भाडा। बोले आइलागिहाल्छन्। 

निजी विद्यालय उद्योग मेनपावर कम्पनी जस्तै फलदायी भएको छ। हिजो सन्तान जन्माउन रोकावट नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थियो। एउटै घरबाट ४/५ बालबालिका विद्यालय जान्थे। काठमाडांैमा भिसा खस्न नपाउँदै छोराछोरी बोर्डिङ भर्ना गर्नैपर्ने र सहरमा कोठा चाहिने पक्ष बुझिनसक्नु छ। पढाउन आएपछि घरको काम ३ गुणा सकिन्छ। बोर्डिङमा शुल्क महँगो छ। शिक्षा सस्तो हुन सकेन। सामुदायिक विद्यालयका ८,९,१० कक्षा झन् महँगो भएका हुँदै गएका छन्। उच्च मावि सञ्चालन गर्न विद्यार्थी शतप्रतिशत पास गराउन बिहान–बेलुका ट्युसन अनिवार्य बन्दैछ। प्रतिविषय मासिक ५०० भन्दा कम कतै छैन। वर्षमा एक विषय पढ्न ६ हजार खर्च हुने भयो। यसरी मुख्य तीन विषयको मात्र ट्युसन पढाउने हो भने वार्षिक अतिरिक्त १८ हजार खर्च। यीबाहेक परीक्षा शुल्क, डे्रस, स्टनेसनरी शुल्कको त कुरै नगरौं। यसरी निःशुल्क भनिएको माध्यमिक शिक्षा पढाउनमात्र पनि अब त ८० हजारभन्दा बढी लाग्ने भयो। शिक्षा निःशुल्क भनेर नारा दिइयो। अभिभावकलाई ऋण थपिएर घर न घाट बनाएको छ। 

विकासका लागि छिमेकी भारतका प्रधान मन्त्री मोदीबाट पनि धेरै सिक्ने सक्ने बाटा छन्। राम्रो कामको अनुशरण आजैबाट थाल्नु आवश्यक छ। मिनेट मिनेटमा कमिसन, पाइला पाइलामा कमिसनले देशको भविष्य अन्धकारमय हुन्छ, सुशासन कामय हुन सक्दैन। त्यसैले हरेक काम राम्रोबाट सुरु गर्नुपर्छ, नराम्रो कामलाई निरुत्साहित गरी विकास थालनी गर्न ढिला भइसक्यो। यति गर्नसकेमात्र मोदीको प्रशंसा गरेको सार्थक ठहरिनेछ।
लेखक राष्ट्रिय भुमिअधिकार मञ्चका महासचिव हुन् । 

Sunday, November 9, 2014

संरक्षण सम्बन्धी तालिम सुरु


धुन्चे, रसुवा
अनुसन्धान कार्यविधि र मस्यौदा तयारी तथा वन्यजन्तु संरक्षण तालिम सुरु भएको छ । जिल्ला प्रहरी कार्यलय रसुवाको संयोजन तथा विश्व वन्य जन्तु कोष नेपालको सहयोगमा सात दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन जिल्ला न्यायधीष राजु खतिवडाले गर्नु भयो ।

कार्यक्रममा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्य, नारायण दल गणका गणपति लक्ष्मण थापा, जिल्ला सरकारी वकिल कार्यलयका जिल्ला न्यायधिवक्ता मणिराम न्यौपाने, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्मका प्रहरी नायव उपरिक्षक जिवन केसी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै कार्यक्रमको वारेमा कार्यपत्र प्रस्तुत गर्नुर्भको थियो । जिल्ला न्यायधिष खतिवडाले न्याय सम्पादनमा भौतिक सबुद प्रमाणको महत्व र सो संकलन गर्न कानून कार्यान्वयन गर्ने निकायका अधिकारीहरूले अपनाउनुपर्ने विधिको वारेमा चर्चा गर्नु भएको थियो । तालिममा विभिन्न कार्यलयका ३१ जनाको उपस्थिती रहेको छ ।

जिल्ला न्यायधिस राजु खतिवडा, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायधिवक्ता, गणपति, प्रमुख संरक्षण अधिकृत, प्रहरी नायव उपरिक्षक लगायतले प्रशिक्षण गर्नुहुने छ । कार्यक्रममा वन्यजन्तु संरक्षण सम्वन्धी विविध ज्ञान, संरक्षणमा भएका पहलहरू हाँसिल गरिएका उपलव्धी र भविष्यमा थपिने चुनौतीको वारेमा छलफल गरिने जनाईएको छ ।

‘ब्याज अनुदानले मात्रै कृषिमा लगानी बढ्दैन’

२३ कात्तिक काठमाडौं । सरकारले कृषि क्षेत्रमा लगानी बढाउनका लागि व्याज अनुदान घोषणा गर्दै कार्यविधि नै कार्यान्वयन गरिसके पनि विज्ञहरुले भने व्याज अनुदानले मात्रै कृषि कर्जा विस्तार नहुने बताएका छन् ।
एक साताअघि नेपाल राष्ट्र बैंकले ‘युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७१’ जारी गरेको थियो ।
ब्याज अनुदानले मात्र कृषि व्यवसाय विस्तार हुन नसक्ने अर्थशास्त्री केशव आचार्यले अनलाईखबरलाई बताए ।
उनका अनुसार नेपालमा व्यवसायिक कृषि व्यवसाय विस्तारकालागि आवश्यक पूर्वाधार विकास गरिनुपर्छ । अन्यथा ब्याज आनुदान दिदैमा कृषि व्यवसाय विस्तार हुन सक्दैन ।
‘ब्याज अनुदानसँगै सिंचाइ, प्राविधिक सहयोग, बीमा, यातायात, बजारलगायत क्षेत्रमा पनि विकास तथा विस्तार गर्नुपर्छ,’ आचार्यले भने ।
यस्ता कार्यक्रम सफल बनाउनका लागि ग्यारेण्टी फण्डको व्यवस्था गर्नु पर्ने बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेल बताउँछन् । ‘यस्ता कर्जामा सरकारले न्यूनतम २० प्रतिशतको ग्यारेण्टी फण्ड र शून्य जोखिम भारको व्यवस्था गर्नुपर्छ,’ पौडेलले भने ।
ब्याज अनुदान-भुक्तानी लिने)को प्रक्रिया सरल र सहज भएको  अवस्थामा मात्र कृषि कर्जा बढ्ने उनको भनाई छ । सरकारको निर्देशन अनुसार राष्ट्र बैङ्कले ब्याज अनुदान सम्बन्धी कार्यविधि लागु गरेकाले आउँदा दिनमा कृषि कर्जा बढ्न सक्ने पौडेलको अपेक्षा छ ।
यद्यपि  ब्याज अनुदान भुक्तानी प्रक्रिया सहज नभएको अवस्थामा कृषि कर्जाको विस्तार अपेक्षित रुपमा नहुने पनि उनले बताए ।
आवश्यक पूर्वाधार निर्माण विना नै सरकारले ब्याज अनुदानको कार्यक्रम ल्याएकाले सफल हुने सम्भावना ज्यादै न्यून रहेको अर्थविदहरू बताउँछन् । यो कार्यक्रमले केही समय कृषि कर्जा बढेको देखिए पनि अन्य पूर्वाधारको अभावले दीर्घकालमा लक्ष्यित उपलब्धि हासिल गर्न कठिनाइ हुने उनीहरूको तर्क छ । सरकारको प्रत्यक्ष सहभागितामा यस्ता कार्यक्रमहरूको नियमित मूल्याङ्कन हुनुपर्ने उनीहरूको सुझाब छ ।
गत भदौ महीनाको मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको कूल लगानीको ४ दशमलव ४० प्रतिशत मात्र कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको कूल लगानी ११ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ ।
त्यसमध्ये कृषि क्षेत्रमा मात्र . ५१ अर्ब ३९ करोड रुपैयाा कर्जा प्रवाह भएको देखिन्छ । राष्ट्र बैङ्कको निर्देशन अनुसार गत असार असान्तसम्ममा वाणिज्य बैङ्कहरूले कृषि र उर्जामा गरी कुल लगानीको न्यूनतम १० प्रतिशत लगानी गर्नुपर्ने थियो ।
यस्तै, चालू आवको मौदि्रक नीतिको व्यवस्था अनुसार वाणिज्य बैङ्कहरुले २०७२ असार मसान्तसम्ममा आˆनो कुल कर्जाको २० प्रतिशत कर्जा तोकिएको उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने छ । यस अन्तर्गत कृषि र उर्जा क्षेत्रमा कम्तिमा १२ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेे निर्देशन पनि राष्ट्र बैङ्कको छ ।
त्यसैगरी २०७३ असार मसान्तसम्ममा विकास बैङ्कले १५ प्रतिशत र वित्त कम्पनीहरुले कुल कर्जाको न्युनतम १० प्रतिशत कर्जा तोकिएका उत्पादनशील क्षेत्रमा प्रवाह व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/11/204590/#sthash.6gjU8PLl.dpuf

४१ प्रतिशत नेपाली बालबालिका पुड्का ११ प्रतिशतमा गम्भिर कुपोषण, २९ प्रतिशतको तौल पुगेन

२३ कात्तिक, काठमाडौं । पछिल्लो समय नेपालीहरुले बिश्वकै होचा मानिसको बिश्व रेकर्डमा आफ्नो नाम दर्ज गर्दै आएका छन् । बिश्वकै होचा मानिसको प्रतिस्पर्धामा नेपालीहरुको नाम आउँदा नेपालको प्रचार भएपनि यो राम्रो सूचक भने हैन् ।

 यदि नेपालले कुपोषणको यो अवस्थामा सुधार ल्याउन सकेन भने आगामी बर्षहरुमा पनि नेपालीले होचा पुड्काको सूचीमा स्थान बनाइरहने देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कुपोषणका कारण नेपालका ४१ प्रतिशत बालबालिका पुड्का छन् । मन्त्रालयले गरेको एक अध्ययनले पाँच वर्ष मुनिका ४१ प्रतिशत बालबालिका पुड्का रहेको देखाएको हो । कुपोषणका कारण पुड्का रहेका यी बालबालिका युवा अवस्थामा समेत उमेर अनुसार पुड्का नै रहने र तिनीहरुको मानसिक विकासमा समेत पुर्ण हुँदैनन् । मन्त्रालयको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको प्रतिवेदनले नेपालमा पोषिलो खानाको अभावमा देशका झन्डै आधा बालबालिका पुड्कोपनको समस्यावाट पिडित रहेको देखाएको हो । जसका कारण सन् २०१५ सम्ममा कुपोषण पिडीत बालबालिकाको संख्या ३० प्रतिशतभन्दा कममा झार्ने नेपालको लक्ष्य हाँसिल गर्न समेत कठिनाई हुने भएको छ । पुरा नहुने भो लक्ष्य, एक बर्षमै ११ प्रतिशतको सुधार जरुरी स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य महाशाखाका पोषण शाखाका गिरीराज सुवेदीले सहश्राब्दि विकास लक्ष्य पुरा गर्न अबको एक वर्षभित्रमा ११ प्रतिशत भन्दा बढी बालबालिकाको पोषणमा सुधार ल्याउनु पर्ने बताए । ‘पछिल्लो पाँच वर्षको अवधिमा जम्मा ८ प्रतिशत मात्र बालबालिकाको पोषणमा सुधार ल्याउन सकिएको थियो,’ उनले भने, ‘त्यो हिसाबमा हेर्दा अबको एक वर्षभित्र नेपालले लक्ष्य पुरा गर्ने सम्भावना निकै कम देखिएको छ ।’ उमेरअनुसार शरीरको उचित विकास नभएका बालबालिकाको मस्तिष्कको विकासमा पनि अवरोध पुग्ने भएकाले तुरुन्त बालबालिको विकासमा लाग्न आवश्यक रहेको बताए । ‘पोषण अभावमा बालबालिकाको मस्तिष्क र शारीरीक विकासमा अवरोध हुनु भनेको देशको विकासलाई पनि प्रत्यक्ष असर गर्नु हो’ उनले भने ‘त्यसकारण बालबालिकाको पोषणस्तर सुधार गर्न विशेष कार्यक्रमको शुरुवात गर्नुपर्दछ ।’ 
मन्त्रालयको प्रतिवेदनले पुड्कोपन मात्र होइन नेपालका ११ प्रतिशत बालबालिकामा गम्भिर खालको कुपोषणको समस्या रहेको र २९ प्रतिशत बालबालिकाको उमेर अनुसारको तौल नभएको देखाएको छ । सहस्राब्दी बिकाश लक्ष्यअनुसार यो प्रतिशत क्रमशः ५ र २७ मा सिमित हुनुपर्ने थियो । उमेर अनुसारको तौलमा केही राम्रो अवस्था रहेपनि गम्भिर खालको कुपोषणको समस्या ठुलो भएकाले लक्ष्य पुरा गर्न कठिन रहेको मन्त्रालयका कर्मचारीले बताएका छन् । सुनौला हजार दिनको अपेक्षा बालबालिकाको ९० प्रतिशत मस्तिष्कको विकास जन्मेको दुइ बर्षभित्रमा हने भएकाले यहि समयमा बालबालिकालाई राम्रो पोषणको व्यवस्था गर्ने कार्यक्रम निर्माणमा सरकार लागेको सुबेदीले जानकारी दिए । उनका अनुसार अघिल्लो महिना आमिर खान र युनिसेफका नेपाल सद्भावना दुत पारस खड्काले सुरु गरेको ‘सुनौला हजार दिन कार्यक्रम’ दुई वर्षभित्रका बालबालिकाको पोषणमा सुधारका लागि नै हो । बच्चा गर्भमा रहेदेखी दुई वर्ष पुगिन्जेलसम्म पोषणको अभाव हुन नदिन सुरु गरीएको सुनौला हजार दिन कार्यक्रम यो वर्ष नेपालका १५ जिल्लामा सञ्चालन गरीएको सुवेदीले जनाए । 

विस्तारै यो कार्यक्रम विस्तार गरी ७५ जिल्लामा नै पुर्याइने छ । यो कार्यक्रममा आमा र बच्चालाई पोषणको कमी हुन नदिन आमा गर्भवती भएको दिनदेखी बच्चा दुई वर्षको हुनेसमयसम्म पोषणयुक्त खानेकुरा र स्याहार सुसारमा विशेष ध्यान दिइने छ । कुपोषण भए के हुन्छ ? मन्त्रालयको प्रतिवदनले बालबालिकालाई कुपोषण भएमा शारीरिक, मानसिक विकासमा गम्भीर असर पर्छ । आइरन, आयोडिन, भिटामिन ए, जिंकजस्ता सूक्ष्म पोषण तत्व नपुगेमा बालबालिकालाई विभिन्न संक्रामक रोग लाग्छ । लगातार रोग लागेमा खाना खाँदैन, कमजोर हुन्छ र शरीर बढ्दैन र बालबालिका पुड्का हुनुका साथै कमजोर हुन्छ । यसका साथै गर्भावस्थामा आमालाई आयोडिन नपुगेमा शिशुको उचित शारीरिक विकास हुँदैन, सुस्त मनस्थितिको हुन्छ । हाडको विकास पर्याप्त हुँदैन र पुड्कोपन सुरु हुन्छ । चिकित्सकहरुका अनुसार गर्भवती आमालाई जन्डिस, मधुमेह, उच्चरक्तचाप, एचआईभी भएमा पनि बच्चाको शारीरिक, बौद्धिक विकासमा असर पर्छ । त्यसकारण आमा गर्भवती भएको अवस्थादेखि नै विशेष ख्याल गनुपर्नेमा चिकित्सकहरुको जोड रहेको छ । यसका साथै बालबालिकाको पोषणमा सुधार ल्याउन बच्चा जन्मेदेखि नै आमाको दुध खुवाउनु पर्नेमा पनि चिकित्सकहरुको जोड दिएका छन् ।

Saturday, November 8, 2014

करदाता शिक्षा बारे छलफल

धुन्चे,रसुवा
रसुवाका व्यवसायीहरूलाई प्यान र भ्याट प्रणालीको वारेमा जानकारी दिन एक दिने करदाता शिक्षा तथा अन्तरक्रिया धुन्चेमा सम्पन्न भएको छ ।

करदाता सेवा कार्यलय वालाजु र रसुवा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा सदरमुकाममा विभिन्न व्यवसायमा संलग्न व्यवसायी, सञ्चारकर्मी सरोकारवाला र अन्य क्षेत्रको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूलाई  करदाता सेवा कार्यलय बालाजुका प्रमुख नारायण भण्डारीले भ्याट लेखा प्रणाली र सरकारले यसै वर्ष जारी गरेको कर नीति तथा परिमार्जन भएका विषयमा जानकारी गराएका थिए । अन्तरक्रियामा व्यवसायीहरूले करका विभिन्न समस्याको वारेमा जिज्ञासा प्रस्तुत गरेका थिए । सहभागीहरूको जिज्ञासाको करदाता सेवा कार्यलय वालाजुका प्रमुख नारायण भण्डारीले सहभागीको जिज्ञासाको जवाफ दिदै करको जनचेतना ग्रामिण भेगमा समेत लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सरकारी कार्यलयका कर्मचारीहरुले होटलमा खाली विल माग्ने गरेको गुनासो स्थानीय ब्यापारीहरुले बताए । जिल्लामै कर तिर्ने ब्यवस्थ ागर्न र कर परामर्शबारे गाउँ तहमा घुम्ती शिविर सञ्चालन गर्नुपर्ने सहभागिहरुले माग गरेका थिए । 

अस्पताल विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण

धुन्चे, रसुवा

रसुवा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष भवानीप्रसाद न्यौपानेले एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नु भएको छ । 

रसुवा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष भवानीप्रसाद न्यौपानेको अध्यक्षमा पहिलो बैठक समेत बसेको छ । बैठकले अस्पताल सुधार तथा आवश्यक कामको अनुगमन गरी आवश्यक योजना बनाउने विषयमा छलफल भएको थियो । 

कार्यक्रमका वीच स्वागत गरिएको छ । आफ्नो पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले आफु शासकको रूपमा नभई सेवकको रूपमा आएको हुदाँ आफ्नो कार्यकाल अवधिभर स्वास्थ्य सेवा र अस्पताल विकासमा लाग्ने वताउँनुभयो । एक व्यक्तिले मात्र केही गर्न नसक्ने भन्दै सवैले आ–आफ्नो सवैले क्षेत्रबाट सहयोग गर्न पर्ने अध्यक्ष न्यौपाने बतायनुभयो । 

कार्यक्रममा अपतकालिन सेवाकालागि एम्बुलेन्स तथा शव वाहनको आवश्यकता रहेको छलफल भएको थियो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी उद्धब भट्टराई, नेपाल रेडक्रस सोसाईटीका सभापति बाबुलाल तामाङ, गाविस सचिव टिकम शाही, जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत भीमकान्त पौडेल, रसुवा उद्योग बाणिज्य संघका अध्यक्ष कैसाङनुर्पु तामाङ , जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ट जनस्वास्थ्य अधिकृत कृष्ण मिजार, जिल्ला स्वास्थ्य कार्यालयका नारायण पौडेलले आफ्नो धारणाा ब्यक्त गर्नु भएको थियो । 

ब्यापारीहरूको सहयोगमा सडक सुधार


धुन्चे रसुवा
वर्षेनी पहिरोले अवरुद्ध पार्ने पासाङल्हामु मार्गको त्रिशूली धुन्चे सडक सुधार गरिएको छ । 
२५ वर्ष अघिदेखि ठाउँ ठाउँमा पहिरोले वर्षातको समयमा अबरुद्ध हुने सडक यसर्ष भने प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद भट्टराईको समन्वयमा रसुवागढी जलविद्युत आयोजना, जिविस, ट्रक कन्टेनर ब्यावसायीहरूको सहयोगमा वर्षातको समयमा पनि अबरोध भएन । 

सडक सुधार तथा संरक्षण गर्ने मुख्य जिम्मेबार सडक बिभागले यस क्षेत्रको अवरुद्ध सडकलाई बेवास्ता गर्दै आएको थियो । वर्षेनी मर्मतका लागि आउने रकम कार्यालय नुवाकोटमै सडक बिभागले हिनामिना गर्ने गरेको आरोप लागिरहेको बेला सडक खुलाउन तथा सुधारको काम स्थानीय तहमा निजी तथा सरकारीसँगको समन्वयमा भएको छ । 

सवै क्षेत्रको समन्वय र सहयोगमा जिल्लाका सडक लगायतका समस्या हल गर्न प्रयत्न गर्नुपर्ने प्रमुजिल्ला अधिकारी उद्धबप्रसाद भट्टराईले बताउनुभयो । 

एक दुईदिन आएर वर्षातका बेला पहिरो जाने ठाउँमा हेरेर जाने सडक बिभागलाई बास्ता नै नगरी यस वर्ष हिउँद लाग्नासाथ रसुवा ट्रक तथा कन्टेनर ब्यवसायीहरूले मुलखर्क क्षेत्रमा रहेको भिरालो बाटोमा स्क्याभेटर र ब्रेकर लगाएर चट्टान फुटाएर सम्याउँदै सडक सुधार भईरहेको छ । 

सडक बिभागले आफ्नो लगानी नगरेपनि हामीले सडक सुचारु गराउनका लागि बिभिन्न क्षेत्रसँग समन्वय गरेर सडक राम्रो परेका छौं ७ लाख रुपैयाँ लागेको र सामाजिक काममा निकै ध्यानदिने प्रमुख जिल्ला अधिकारीको महत्वपुर्ण सहयोग र समन्न्य रहेको पासाङल्हामु मिनि ट्रक तथा टङक कन्टेनर ब्या नुपूग्याम्जो तामाङले बताए । वर्षौदेखिको रोग नै बनेको मुलखर्क सडक सुधार गरी आगामी दिनमा सहज यात्राका लागि मद्दत पुग्ने तामाङले बताए । 

तातोपानी मेला सुरु, कुण्डमा नुहाउनेको घुँईचो

हेमनाथ खतिवडा
धुन्चे, रसुवा

स्वास्थ्य तथा पर्यटकीय दृष्टिले निकै ख्याती कमाएको रसुवा जिल्लाको उत्तरी क्षेत्र चिलिमे गाविसमा पर्ने तातोपानीमा नुहाँउन आउने आन्तरिक तथा विदेशी पर्यटकहरूको भीड लागेको छ ।

समुन्द्री सतहदेखि २ हजार ६ सय ७ किमी उचाईमा रहेको तातोपानी रसुवा जिल्ला सदरमुकाम धुन्चेबाट पाँच कोष उत्तरमा पर्छ । अत्यन्त रमणीय धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान ओगटेको, प्राकृतिक रूपमा उत्पन्न तातोपानी चिलिमे गाविस–५ मा पर्दछ । यहाँबाट साङजेन् पाल्दोरपीक जस्ता रमणीय हिमश्रृङ्खला देख्न सकिन्छ । स्याफ्रुबेंसी बजारबाट नागबेली परेको सडक सुन्दर तामाङ बस्ती थाम्बुचेत गाउँबाट तीन घण्टा पैदल मार्गमा यात्रा पछि तातोपानी कुण्ड पुग्न सकिन्छ ।

नेपालकै सबैभन्दा महत्वपूर्ण तातोपानीको मुहानको रूपमा रहेको यहाँको तातोपानीमा स्नान् गर्नाले स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिन्छ । तातोपानीको पोखरी (कुण्ड) मा ३ दिनसम्म डुबुल्की मारेर नियमित नुहाउँदा छालामा घाउ खटिरा आउने , पेटका रोगहरू निको हुने तथा हाड जोर्नी दुख्ने समस्या हटेर जाने जन विश्वास रहेको छ । तातोपानीमा नुहाँउदै गर्दा भेटिएका तनहुँ दमौलीका हरिप्रसाद आचार्य आफ्नो ग्याष्ट्रिकको समस्या निको हुनेमा विश्वस्त थिए । त्यस्तै गरी ७५ वर्षका वयोबृद्ध नुवाकोट शिखरबेसका मुक्तिनाथ आचार्य स्वास्थ्य लाभका लागि तातोपानीको कुण्डमा नुहाउदै आफ्नो बाथरोग निको पार्नका लागि तल्लीन थिए । गत वर्षबाट कम हुँदै गएको उनको समस्या पूर्ण रूपमा निको पार्न पुनः आएको आचार्य बताउँछन । धार्मिक , पर्यटकीय र स्वास्थ्यका हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान ओगटेको तातोपानीको विकासका लागि सबैले लाग्नु पर्ने स्थानीय बासिन्दा बताउँछन् । बाटोघाटोको राम्रो सुविधा पुग्न सकेको छैन । यहाँका विकासका लागि सुविधा सम्पन्न पर्यटकीय गन्तव्य स्थलको निर्माण गरिनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । यहाँको तातोपानी अन्यत्रको भन्दा भिन्न र लाभदायक स्वास्थ्योपचार,  मनोरञ्जन तथा पर्यटकीय रूपमा परीचित छ ।

                    हरेक वर्ष ठूलो संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरू लामो समयसम्म यहाँ बसेर नियमित स्नान गरी बिभिन्न रोग निको पारेर फर्कन्छन् । तातोपानी कुण्ड नजिक होटल व्यवसाय गर्दै आएकी नाङकाङ शेर्पाका अनुसार धार्मिक दृष्टिले समेत देश बिदेशमा चिनिएको तातोपानीमा वर्षेनी हजारौ मानिसहरू नुहाउँछन् । कार्तिक, मंसिर , पुस र चैत महिनामा यहाँ नुहाउनेहरूको निकै भीड लाग्दछ । यहाँ सौख तथा मनोरञ्जनका लागि आउने पर्यटकहरू पनि उत्तिकै भेटिन्छन् । मनोरञ्जनका लागि आउने पर्यटक पनि बराबर भेटिने गरेको स्थानीय युवा बामेन तामाङ बताउँछन् ।

                तातोपानीलाई राष्ट्रिय तीर्थस्थल बनाउन लागि गुरु योजना बनाउनु पर्ने स्थानीय बुद्धिजिबीहरू बताउँछन् । यहाँको हिमाली मनोरम दृश्यावलोकन गर्न बाह्रै महिना विदेशी पर्यटक आउने भएपनि पैदलयात्रा कठिनाई पूर्ण हुने हुनाले थाम्बुचेतदेखि तातोपानीसम्म करिब ६ किमी मोटरबाटो निर्माणका लागि स्थानीय बासिन्दाहरूले जोड दिएका छन् । सडक बन्न सकेमा यहाँका बासिन्दाको जीवनस्तर छिट्टै उकासिने हुनाले पर्यटकका लागि समेत् सेवा पुग्ने गरी सडक बन्नु पर्ने जिविसका लेखापाल गणेश रेग्मी बताउँछन । चिलिमे गाविसको तातोपानीमा नुहाँउन आउनेहरूको संख्या लगातार बढे पनि बाटोको अभावले तातोपानीसम्म गन्तव्य अझ सरल बन्न सकेको छैन ।
                 रसुवाको यस तातोपानीको कुण्डमा पुरुष तथा महिलालाई स्नान गर्नका लागि छुट्टा छुट्टै पोखरी, ७ वटा धाराहरू छन्  । बाटोघाटो तथा यातायातको असुविधाले गर्दा यहाँ आउने पर्यटकहरू थकाईले निरास हुन्छन् । यहाँ सडक बन्न सके अझ बढि चर्चामा आउने र तातोपानीको विकासमा टेवा पुग्ने कुरामा तातोपानी क्षेत्र संरक्षण समितिका अध्यक्ष रामबहादुर तामाङ पनि विश्वस्त हुनुहुन्छ । उनी भन्छन् ‘यहाँको प्रचार प्रसार गरी पर्यटक भित्र्याउन सञ्चार क्षेत्रले सहयोग गर्नु प¥यो ।’
                    थाम्बुचेतदेखि तातोपानी सडक निर्माण हुन सकेमा विपन्न तामाङ बस्तीमा रहेका तामाङ समुदायको विकास हुने हुनाले दैनिक जीवन यापनमा सहज हुने ,तातोपानीसम्म सडक निर्माण हुन सके आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा बृद्धि हुने आपेक्षा गरिएको छ । पर्याप्त फष्टाउन नसकेको  हुनाले सवारी गन्तव्य वनाउन जिबिस र चिलिमे जलबिद्युत आयोजनासँग ४ बर्ष अगाडिदेखि अनुरोध गरे पनि दुबै संस्थाहरूले गाउँलेहरूको माग पूरा गराउने तत्परता हालसम्म देखाएका छैनन् । यहाँ व्यवस्थित गन्तव्य बन्न सके सिङ्गो जिल्लाको पर्यटन प्रबद्र्धनमा मद्दत पुग्नेछ साथसाथै पर्यटन वर्ष २०११ मा यसको प्रचार प्रसार गरी व्यवस्थित गर्न सबैको ध्यान जानु पर्ने बासिन्दाको माग छ ।

Friday, November 7, 2014

चिलिमेको लालिपपमा रमाउँदै रसुवाली कमरेडहरू

माधव लामिछाने

लामो समयसम्म पर्यटकीय स्थल लाङटाङ र धार्मिक स्थलहरू गोसाइकुण्ड र उत्तरगयाले थेगिरहेको रसुवाको पहिचान पछिल्लो समय चिलिमे जलविद्युत कम्पनीले धानिरहेको छ । चाहे चिलिमेको १०% शेयर रसुवाली जनताले पाउने प्रकृयाले होस् वा पछिल्लो समय प्रवन्धक कुलमान घिसिङको पुनर्वहालीको नाममा भएका कृयाकलापहरूले होस् राष्ट्रिय सञ्चार माध्यममा रसुवाले केही न केही स्थान पाउँदै आएको छ । चिलिमेको शेयर रसुवाली जनताले पाउनुले नेपालमा निजी क्षेत्रबाट जलविद्युत विकासको लागि एउटा नयाँ नजिरको व्यवस्था गरिदियो र सोही नजिर बमोजिम त्यसभन्दा पछाडि बनेका नयाँ बन्ने जलविद्युत आयोजनाहरूले स्थानीय जनताहरूलाई शेयर छुट्टयाउनै पर्ने बाध्यता सिर्जना भयो र सार्वजनिक निजी साझेदारीको नयाँ नमुना चिलिमे जलविद्युत परियोजना बन्यो । निर्माणाधीन रसुवागढी जलविद्युत परियोजना, माथिल्लो र तल्लो स्याङजेन जलविद्युतले रसुवालीलाई थप सशक्तीकरण गर्दैछन् ।

लागत मूल्यभन्दा निकै उच्च मूल्यमा विद्युत खरिद सम्झौता भएको चिलिमे जलविद्युत परियोजनाजस्तो अत्याधिक नाफामुखी परियोजनाको शेयर जिल्लावासीले पाउनुले तीन वर्षमा रसुवाको आर्थिक जगतमा रामै्र हलचल ल्यायो । आफ्नो शेयर बेचेर धेरै रसुवाली काठमाडौका घरधनीदेखि स्थानीय बजारका जग्गाधनीसम्म, मोटरबाइक धनीदेखि मोटर धनीसम्म बने, उपभोग संस्कृति बढ्यो, शिक्षा र जनस्वास्थ्यको क्षेत्रमा आमुल परिवर्तन आयो । चिलिमे परियोजनाकै तथ्याङ्कलाई विश्वास गर्ने हो भने ९५% रसुवालीसँग चिलिमेको शेयर छ, अन्य आधारहरूलाई हेर्ने हो भने करिब १५% रसुवालीले आफ्नो निम्नस्तरको आर्थिक अवस्थाको कारण प्रतिव्यक्ति रू १३०० जम्मा गर्न नसक्दा बैङ्कहरूले दिएको ८०% ऋण सुविधा र २०% आफ्नो मिलाएर न्यूनतम २० कित्ता शेयरको लागि आवेदन गर्न सकेनन् । चिलिमे परियोजना लगानी गर्न सक्नेको लागि दुहुनो गाई बन्यो, लगानी गर्न नसक्ने गरिव, निमुखा र दलितहरूको लागि कागलाई बेल । कसैले कसैलाई प्रश्न गरेन चिलिमे यहाँका बुज्रुकहरूको मात्र हो या निमुखाहरूको पनि ? भोलि बन्दै गरेका स्याङजेन,माथिल्लो साङजेन, रसुवागढी र अपर त्रिशूलीहरू यहाँका धनीहरूको नाममा नामसारी गर्ने कि गरिवहरूको पनि बनाउने ? त्रिशूली नदी प्रकृतिले धनाढ्यहरूको लागि दिएको उपहार हो या गरिवहरूको पनि सम्पत्ति ? आयकर ऐन २०५८ ले निजी क्षेत्रले जलविद्युत विकासबाट गरेको आम्दानीमा विसं २०८० सम्मको लागि १००% आयकर छुटको व्यवस्था गरेको छ , पुनर्वितरणकारी न्यायको सिद्धान्तअनुसार सरकारलाई करसमेत नतिरी गरेको आम्दानी गरिव वर्गसम्म पुग्ने व्यवस्था गरिनु पर्छ कि पर्दैन ?

नवौँ आवधिक योजना लगायत त्यस पछिका आवधिक योजनाहरू देशबाट गरिवी निवारणकै वरिपरि घुमेका छन् । दशौँ आवधिक योजनाको एकमात्र लक्ष्य गरिवी निवारण थियो तैपनि राष्ट्रिय योजना आयोग भन्छ “नेपालमा २३.८% मानिस निरपेक्ष गरिवीको रेखामुनि छन्” । अक्सफोर्ड विश्वविद्यालयको सर्वेक्षणले भन्छ “नेपालमा ६०%भन्दा बढी सापेक्ष गरिवहरू छन्” । किन हुन सकेन त नेपालमा गरिवी निवारण ? किन पु¥याइएन चिलिमेजस्ता अत्यधिक नाफामुखी परियोजनाहरूलाई गरिवहरूसम्म ? समस्या कहाँ छ ?

समस्या नीति निर्माणबाट सुरू हुन्छ, वीपी सम्झने तर समाजवाद बिर्सने नीति, माक्र्स र माओ सम्झने तर अन्तिम लक्ष्य साम्यवादमा पुग्ने कुरा बिर्सने, चीनको उग्र पुँजीवादलाई साम्यवाद देख्ने तर युरोप र अमेरिकाको आधारभूत समाजवादलाई पुँजीवाद देख्ने राजनीतिक वक्रोक्ति नीतिमा समस्या छ । किन चिलिमेजस्ता अत्यधिक नाफामुखी परियोजनालाई गरिव केन्द्रित नगरेर कर्मचारीकरण गरियो ? चिलिमे जलविद्युत परियोजनामा ५१ % शेयर नेपाल विद्युत प्राधिकरणको, २५ % चिलिमे र प्राधिकरणका कर्मचारीको १० % रसुवाली जनताको र १४ % अन्य सर्वसाधारणको शेयर छ । करिव ६४००० रसुवालीको १० % शेयर हुनु तर करिव १०००० को संख्यामा रहेका प्राधिकरण कर्मचारीको शेयर २५ % हुनुले अत्यधिक नाफामुखी परियोजनालाई कर्मचारीकरण गरिएको स्पष्ट छ । रसुवाको प्राकृतिक सम्पदाको वास्तविक मालिक रसुवाली जनता हुन कि प्राधिकरणका कर्मचारी ? रसुवाली जनताको भन्दा बढी शेयर प्राधिकरणका कर्मचारीको हुनु हुन्छ या हुँदैन ? ९९% अन्य लगानीकर्ताबाट १०० % लगानी उठाएर १ % शेयर रसुवाली गरिवहरूको लागि आरक्षण गर्न सकेको भए रसुवा पहिलो गरिवी उन्मूलित जिल्ला बन्न सक्थ्यो । गरिवहरूको लागि राजनीति गर्नेहरूले गरिवहरूको लागि विकास परियोजनाहरूका आरक्षणको नीति किन ल्याउन सकेनन् ?


प्रबन्धक कुलमान घिसिङको बहिर्गमनलाई लिएर रसुवामा ठूलो आन्दोलन भयो, जिल्ला बन्द गरियो, निर्माणाधीन परियोजनाहरू अवरूद्ध गरियो, कार्यालयहरूमा तालाबन्दी गरियो, व्यक्तिगत र सार्वजनिक सवारी साधनहरूको तोडफोड गरियो र हल्ला मच्चाइयो कुलमान नभए चिलिमे डुब्छ । निर्वाचनमा “चिलिमेको शेयर रसुवालीलाई दिलाउने मैँ हँु” भन्दै भोट माग्नेहरू भन्दै थिए, “मैँले होइन रसुवालीलाई शेयर दिलाइदिने कुलमान हुन, रसुवाको विकास गराइदिने पनि कुलमान, रसुवालीलाई रोजगार दिने पनि कुलमान, चिलिमेलाई नाफा गराउने पनि कुलमान र त्यतिमात्र होइन चिलिमेको शेयरको भाउ बढाउने पनि कुलमान नै हुन्” । अशिक्षित रसुवालीले नपत्याउने कुरापनि भएन, २÷४ रसुवाली चिलिमेमा जागिरे छन् भन्ने सुनेकै हो, रूपैयाँ  ३२३ रूपैयाँ ७० पैसामा किनेको शेयरको भाउ रू २८०० पुगेको पनि देखेकै हो, के थाहा तिनलाई शेयर मार्केटको नियन्त्रण कुलमानले होइन अर्थशास्त्रको माग र पूर्तिको नियम, राष्ट्रिय राजनीतिक उत्साह, अन्तर्राष्ट्रिय शेयर बजार, देशको वित्त नीति र सबैभन्दा बढी त नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिले गर्छ भनेर । आन्दोलनको इज्जत पनि त्यति नै गयो कि कुलमान घिसिङले पटक पटक भन्नुप¥यो “मैँले आन्दोलन गराउन पैसा बाँडेको छैन” ।

पछिल्लो चिलिमे आन्दोलनले केही नयाँ कुरा देखायो । १) जिल्ला बन्द गर्न १० जनाभन्दा बढी मानिस चाँहिदैन । एउटा व्यक्तिले राज्य संरचनालाई नै राम्रो टक्कर दिन सक्छ । कुलमानको आगमन र बहिर्गमन प्राधिकरणको नियमित प्र्रक्रिया थियो । भत्ता पाउने र इज्जत दिने पदमा सँधै एउटै व्यक्ति बसिरहनु पर्दछ भन्नु कतिको जायज थियो ? काम गरेर देखाउने अवसर अरू कर्मचारीले पनि पाउनु पर्दछ कि पर्दैन ? 
२) चिलिमे र यसका भगिनी परियोजनाहरूको कति जनालाई रोजगार दिन सक्ने क्षमता छ र यसमा कति जना रसुवाली कार्यरत छन भन्ने विषयमा कुनै औपचारिक तथ्याङ्क बाहिर आएको देखिदैन । १÷२जना पहुँचवाल नेताको भनसुन र कुलमानको निगाहमा नेताका १÷२ जना भाइ भतिजा र कार्यकर्ताले जागिर पाउँदैमा चिलिमेले रसुवालीलाई रोजगारी दिएको छ भन्न मिल्दैन । कुलमानले गरेको १÷२ जना नेताको मुखबुजो लगाउने र १५ जना बाहिरबाट आफ्ना मानिस घुसाउने रणनीतिलाई नबुझी कुलमानको लागि आन्दोलन गर्नु भनेको पिसाबको न्यानोमा रमाउनुभन्दा बढी केही थिएन । अब प्रश्न यो छ कि पिसाबको न्यानोमा रमाउने कि रसुवालीको लागि अवसर सिर्जना गर्ने ? अवसर नै सिर्जना गर्ने हो भने चिलिमे र यसको भगिनी परियोजनाहरूमा रोजगारहरूको विवरण मागौँ, रसुवामा उपलब्ध जनशक्तिलाई छक्याएर त्यहाँको कर्मचारीतन्त्रले कति बाहिरिया भित्र्याएछ तथ्य निकालौं र अब आवश्यक जनशक्ति रसुवाबाट नै पूर्ति गर्न समिति बनाउन दवाव दिआँै । आफ्नो अधिकार र कर्तव्यमा रमाआँै, भनसुन होइन न्यायिक प्रणाली सिकाआँै ।

३) जलविद्युत विकास नीति (१९९२) ले २% शेयर स्थानीयका लागि आरक्षण गरेकोमा तामाकोशी परियोजनाले १०% छुट्टयाएपछि बाध्यात्मक परिस्थितिमा चिलिमेले पनि स्थानीयलाई १०% नै छुट्टयाउनु परेको थियो । कर्मचारीलाई २५% राखी १०% स्थानीयलाई दिनुले प्राकृतिक सम्पदा कसको भन्ने प्रश्न उठाएको छ । सानिमामाई हाइड्रोपावरले आफ्नो २०% शेयर स्थानीयलाई छुट्टयाएको परिप्रेक्ष्यमा अब चिलिमेका भगिनी परियोजनाको शेयरमा स्थानीयको हिस्सा बढाउन आन्दोलन गर्ने कि कुलमानले रसुवालीलाई शेयर दिलाएको भनी आन्दोलन गर्ने ? रसुवाली गरिवहरूलाई १% शेयर आरक्षण गर भन्ने कि नभन्ने ? प्रतिव्यक्ति रसुवालीले पाउने शेयरभन्दा अन्य कर्मचारीको शेयर बढी हुनुहुन्न किनकी यी प्राकृतिक सम्पदाका वास्तविक मालिक हामी हौँ भन्ने कि नभन्ने ? चिलिमे हाम्रो बनाउने कि अपमानजनक शेयर पायाँै भनेर रमाउने ? यथास्थितिमा रमाउने कि गरिवी निवारणको लागि नेपाललाई एउटा नयाँ मोडेल दिने ?

४) संविधानसभा निर्वाचनमा समेत मौलाउन नभ्याएकोे जातीयताको वास्ना घिसिङ प्रकरणमा राम्रै गनायो । चिलिमे आसपासका बस्तीहरू बुद्धिमान तामाङको प्रभाव क्षेत्र रहनुले पनि ज्वाइ घिसिङलाई राम्रै ऊर्जा दियो । 
अब आफ्नो जात खोज्नतिर लाग्ने कि सन् २०१५मा सम्पन्न हुनुपर्ने स्याङजेन र २०१६ मा सम्पन्न हुनुपर्ने रसुवागढी समयमै सम्पन्न हुनेगरी काम भैरहेको छ वा छैन पत्ता लगाउनतिर लाग्ने ? प्रोजेक्टमा ताला लगाउने कि समयमै कार्य सम्पन्न गर्न सहकार्य, सहयोग र दबाब दिने ? ल भन्नुस न नेताज्यूहरू अब रसुवालीलाई चाहिएको के हो, १०% शेयर र तपाइँका आसेपासेको जागिरको ललिपप कि हाम्रो सम्पदामा आप्mनो अग्राधिकार ?

लेखक शिक्षण पेशामा आवद्ध छन् । 

Thursday, November 6, 2014

कुडकी बरामद दुई पक्राउ


धुन्चे, रसुवा
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध रुपमा कुट्की निकासी गर्न लागेको अवस्थामा २ जना पक्राउ परेका छन् ।

निकञ्जको सिन्धुपाल्चोक जिल्ला स्थित टेम्पाथान क्षेत्रमा घरमा लुकाउर बिक्रीका लागि लैजान लागेको अवस्थामा  ९ बोरा करिव ३ सय किलो कुडकी राखिरहेको घरका एक जना ल्यस घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका हुन् ।
सो क्षेत्रबाट बेबारिसे अवस्थामा चार थान भरुवा बन्दुक सहित भेटिएको निकुञ्ज मुख्यालय धुन्चेले जनाएको छ ।

Wednesday, November 5, 2014

रसुवा जिल्लाको शैक्षिक गुणस्तर वृद्धिकालागि पेशागत संगठनहरुको भूमिका

(रामहरि पन्त



“ विरुवा उमार्ने योजनाकोलागि ६ महिनाको, रुख रोप्ने योजनाकोलागि २० वर्षीय तथा शैक्षिक योजनाकालागि १०० वर्षीय कार्य योजना तयार पार्नु पर्छ ।”

माथिको भनाईले शैक्षिक योजना निमार्ण र त्यसको कार्यान्वन पक्षको संवेदनशिलतालाई सटिक तरिकावाट बुझ्न सकिन्छ । कारण आजको शिक्षा नितिको असर समाजमा १००औं वर्ष पछिसम्म पनि रहि रहन्छ । वर्तमानको समय सापेक्ष शिक्षा नितिले उत्पादन गर्ने जनशक्ति भविश्यको समाज परिवर्तनका वाधक हुन सक्छन् अन्यथा यसले केबल बेरोजगार जमातको मात्र निमार्ण गर्ने खतरा रहन्छ ।

कुनैपनि देशको विकासको अवस्था मापन गर्ने सुचकांकहरु मध्ये शैक्षिक मापन महत्वपूर्ण मापन मानिन्छ । साक्षरता दर वढि भएका देशहरुको भौतिक, प्राविधिक, साँस्कृतिक, वातावरण्ीाय जस्ता पक्षहरुमा विकास भएको पाइन्छ । अतः विकसित देशहरुले देशको कुल बजेटको महत्वपूर्ण हिस्सा शिक्षामा लगानी गर्ने गर्दछन् ।

नेपालको परिवेशमा हेर्ने हो भने शिक्षाको योजनावद्ध विकासको थालनी भएको धेरै दशक भएको छैन । वि.संं २०११ को शैक्षिक योेजनालाई शिक्षा विकासको योजनावद्ध सुरुआतको रुपमा लिइन्छ । त्यस पछिका वर्षहरुमा वि.संं.२०१८, २०२८, २०३८, २०४९, २०५५, २०५८ हुदै आजसम्म आइपुग्दा विभिन्न शैक्षिक योजना र परियोजनाहरु सञ्चालन भइ सकेका छन् । तर पनि लगानीको तुलनामा अपेक्षित रुपमा शैक्षिक गुणस्तरमा सुधार आउन सकेको छैन ।

योजना निमार्ण गर्ने तर कार्यान्वयन पक्षमा यथेष्ठ ध्यान नदिने, विभिन्न अभिसन्धि र महासन्धिमा हस्ताक्षर गर्ने तर पालना नगर्ने नेपाल सरकारको विगत देखिकै नियति रहेको पाइन्छ । सवैको लागि शिक्षा अभियान अन्तरगत सन् १९९० मा  थाइल्याण्डको जोमिन्तानमा भएको सम्मेलन होस् या सन् २००० मा सेनेगलको डाकारमा भएको अन्तराष्ट्रिय सम्मेलनद्धारा पारित सन् २०१५ सम्म सवैको लागि शिक्षा सुलभ र अनिवार्य वनाउने लक्ष्य होस् सैद्धान्तिक रुपमा नेपाल सहमत भएपनि कार्यान्वयनको पक्ष हेर्दा लक्ष्य पूरा हुने लक्षण देखिदैन । सन् २०१५ आउन ४ वर्ष भन्दा पनि कम अवधि रहदा अझै जनसंख्याको ठूलो हिस्सा शिक्षावाट वन्चित रहेको अवस्था हामी सामु विद्यमान छ । भौगोलिक, जातिय, वर्गिय, लैगिंक आादिको आधारमा पछि पारिएका जनता शिक्षाको पहुँचवाट अझै टाढै रहनु, उपयुक्त शैक्षिक वातावरणको निमार्णमा समय सापेक्ष परिमार्जन गर्न नसकिनु जस्ता कारणहरुले ती लक्षित वर्गलाई शिक्षाको मूल धारमा ल्याउन सकिरहेको छैन ।

नेपालको ७५ जिल्लाहरु मध्ये रसुवा जिल्ला पनि भौगोलिक विषमता, भाषिक,साँस्कृतिक, जातिय विविधता भएको जिल्ला हो । समुन्द्र सतहवाट ६०० मिटरको बेशीदेखि ७२३४ मिटर अग्लो लाङटाङ हिमाल यसै जिल्लामा पर्दछ ।

नेपाल सरकारद्धारा वर्गिकृत १८ ओटा दुर्गम जिल्लाहरु मध्ये रसुवा पनि पर्दछ । विकासका पुर्वाधारको वर्तमान अवस्था तथा उपलब्ध  हेर्दा स्रोत र साधनको आधारमा भन्ने हो भने अन्य दुर्गम जिल्लाहरुको तुलनामा त्यति दुर्गम जस्तो लाग्दैन । अर्को तर्फ सुन्दर प्राकृतिक तथा ऐतिहासिक पक्षहरुले यस जिल्लाको विकासको प्रचुर सम्भावना रहेको तथ्यलाई पुष्टि गर्दछ । राजधानीवाट एक दिनको यात्रामा पुगिने, नेपालकै ठूले हिमनदी लाङटाङ हिमनदी, ऐतिहासिक महत्वको रसुवा गढी, लाङटाङ हिमाल धार्मिक महत्व बोकेको गोसाइकुण्ड तथा मनोरम नदीनाला तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र आसपासका मनोरम वनजंगलले सोभायमान यस जिल्लामा जल विद्युतको पनि त्यति नै प्रचुर सम्भावना रहेको यथार्थ निर्माण भई उत्पादन कार्य गरि रहेको चिलिमे जल विद्युत कम्पनी र निमार्णको चरणमा रहेका माथिल्लो चिलिमे, साङजेन, रसुवागढी, मैलुङ खोला जस्ता जल विद्युत आयोजनाहरुले पुष्टि गर्दछ ।

 यहाँ रसुवा जिल्लाको विकासको अवस्था र सम्भावनाको चर्चा  विकास निमार्ण कार्यको प्रत्यक्ष वा अप्रत्यक्ष असर शैक्षिक पक्षमा पनि पर्ने भएकोले गर्ने प्रयास गरिएको हो । कारण विकासका पूर्वाधारहरुको व्यापकतासंगै जनताको आय आर्जनमा वृद्धि हुने, शैक्षिक प्रतिष्ठानहरुको स्थापना र सुधारमा विकास आयोजनाहरुको सहयोग प्राप्त भई गुणस्तरमा वृद्धि हुने गर्दछ । रसुवा जिल्लामा संख्याको हिसावले विद्यालयको स्थापना तथा लगानीको हिसावले उल्लेख्य रुपमा भएको पाइन्छ । कुल १८ गा.वि.स.रहेको यस जिल्लामा सामुदायिक र संस्थागतका सवै तहमा कुल ११३ विद्यालयहरु हुनु, १० ओटा विद्यालहरुमा उच्च मा.वि.तहका कक्षाहरु सञ्चालन गरिनु जिल्लामै स्नातक तहको अध्यापन गर्न क्याम्पसको स्थापना हुनु, प्राविधिक रुपमा आकर्षको विषय वनेको विज्ञान विषयको अध्यापन उच्च मा.वि.तहमा जिल्लामै अध्ययन गर्ने अवसर प्राप्त हुनुलाई सकारात्मक मान्न सकिन्छ । यति हँुदा हुँदै पनि रसुवा जिल्लाको शैक्षिक अवस्थामा जुन रुपमा सुधार हुनु पर्ने हो त्यति भएको पाइदैन । कुल जनसंख्याको करिव ६५ प्रतिशत मात्र साक्षर हुनु,त्यसमा पनि महिला साक्षरता न्युन हुनु जस्ता तथ्यहरुले यसको पुष्टि गर्दछ ।

आजको युग २१औं शताब्धिको विज्ञान प्रविधिको युग हो । देशको बदलिदो परिवेश तथा समय सापेक्ष जीवन स्तरमा सुधार गर्ने  एकमात्र विकल्प शिक्षामा सुधार हो । शैक्षिक सुधार भन्ने कुरा कुनै एक पक्षको मात्र सहभागिता तथा कृयाशिलताले पूरा हुन सक्दैन । सरोकारवाला सवै पक्षहरुको इमान्दार र अर्थपूर्ण सहभागिता भयो भने शिक्षा क्षेत्रमा द्रुततर विकास गर्न असम्भव हुदैन । शिक्षा क्षेत्रका सरोकारवालाहरु अन्तरगत राज्य,शिक्षक तथा विद्यार्थी, अभिभावक, शिक्षासंग सम्वन्धित विभिन्न समितिहरु, सरकारी तथा गैह् सरकारी संघसंगठनहरु तथा शिक्षकका पेशागत संगठनहरु पनि पर्दछन् । यस लेखमा अन्य पक्षहरुको भूमिका भन्दापनि शिक्षकका पेशागत संगठनहरुले रसुवा जिल्लाको शैक्षिक गुणस्तर वृद्धिमा खेल्नु पर्ने भूमिकालाई उल्लेख गर्ने प्रयास गरिएको छ ।

नेपालमा आधुनिक शिक्षा प्रणालीको सरुआतसंगै विद्यालयहरुको स्थापनामा पनि वृद्धि हुने क्रममा शिक्षकहरुको संख्यामा पनि स्वभाविक रुपमा वृद्धि हुदै जाँदा शिक्षकहरुले पेशागत सुरक्षा र वृत्ती विकासका साथै शैक्षिक गुणस्तरमा समय सापेक्ष सुधारको अभियानमा सक्रिय हुदै संगठनको आवश्यकता महशुस गरी वि.सं.२०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना गरे । संगठनको उद्धेश्य अनुरुप कठिन परिस्थितिमा पनि पेशागत अधिकार प्राप्ती र शिक्षाको गुणस्तर वृद्धिको अभियानमा अग्रणी भूमिका खेल्दै आएको तथ्यलाई प्रमाणित गर्न इतिहाँस साक्षि छ । इतिहाँसवाट पाठ सिक्दै आजको परिवेशमा शिक्षकका पेशागत संघ संगठनहरुले पेशागत आन्दोलनका साथमा शैक्षिक गुणस्तरमा सुधार गर्ने अभियानलाईपनि त्यति नै मात्रामा अगाडी वढाउन इमान्दारीकासाथ प्रतिज्ञा गर्नु पर्ने बेला आएको छ । जसले गर्दा विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारीत पक्षहरुको पेशागत संघ संगठनहरु प्रति सकारात्मक दृष्टिकोण रहोस् । यस्तो सकारात्मक सहानुभूती व्यावहारिक रुपमा नै गरिने कृयाशिलताले मात्र प्राप्त गर्न सकिन्छ । अतः रसुवा जिल्लाको शैक्षिक गुणस्तर सुधारमा एक पटक हामी सवैले गम्भिर भएर सोच्ने र समस्या पहिचान गरी समाधानकोलागि इमान्दार भएर लाग्ने बेला आएको छ ।

रसुवा जिल्लाको शैक्षिक विकासमा देखा परेका समस्या र चूनौतीहरुको पहिचान गर्दा निम्न पक्षहरु रहेको पाउन सकिन्छ ।

्य पहँुच तथा सहभागिता

ट्ट  लैंगिक सहभागितामा असमानता छ । शिक्षाका महिला सहभागिता पुरुषको तुलनामा न्यून हुनु ।

ट्ट  विद्यालय जाने उमेर पुगेका जनजाती र दलित समुदायका कतिपय बालबालिकाहरु अझै विद्यालय बाहिर नै छन्

ट्ट  अनौपचारिक शिक्षाको प्रभावकारीता प्रायः शुन्य देखिन्छ

्य विद्यालय बाहिर रहेका बालबालिका

ट्ट  अझैपनि प्राथमिक उमेर समुहका झण्डै ९ प्रतिशत बालबालिका विद्यालय बाहिर नै छन् ।

ट्ट  बाल विकास कक्षामा भर्ना गर्ने उमेर समुह ३,४ वर्षका बालबालिकाको करिव २४ प्रतिशत विद्यालय बाहिर रहेको पाइन्छ ।

ट्ट  विशेष गरी प्राथमिक तह  पार गरेपछि विद्यालय छाड्ने समस्या रहेको पाइन्छ ।

्य विद्यालय कार्य सञ्चालन प्रकृया र अनुगमन

ट्ट  कक्षाको अनुपातमा शिक्षक संख्या कम हुनु

ट्ट  शिक्षण सिकाई कृयाकलाप अपेक्षकृत बाल केन्द्रित हुन नसक्नु

ट्ट  कक्षाकोठामा हुनु पर्ने न्युनतम भौतिक सुबिधाको पनि अभाव हुनु

ट्ट  विभिन्न समुहहरुवाट हुने बन्द हड्तालको असर विद्यालयमा पनि पर्नु

ट्ट  अनुगमन, निरिक्षण प्रभावकारी नहुनु

यसरी शैक्षिक प्रकृयाका विभिन्न पक्षहरुमा अझैपनि हामी सामु चूनौतीहरु रहेका छन् । ती चुनौतीहरुको समाधान सरोकारवालाहरुको इमान्दार प्रयासले मात्र सम्भव हुन्छ । जसलाई पन्छाउदै रसुवा जिल्लाको शैक्षिक  विकासमा सुधार गर्ने प्रयासमा शिक्षकहरुको भूमिका एक प्रमुख पक्ष हुने कुरालाई नकार्न सकिदैन । तय गरेका शैक्षिक उद्धेश्य प्राप्तीकालागि उपलब्ध सिमित स्रोत र साधनको सदुपयोग गर्दै कक्षाकोठामा प्रयोग गर्ने प्रमुख जिम्मेवारी शिक्षकको हो । वर्तमान परिवेशमा शिक्षकहरु कुनै न कुनै पेशागत संगठनमा आवद्ध रहेका हुन्छन् । स्वभाविक रुपमा आफु आवद्ध भएको संस्थाले तय गरेका योजना र कार्यक्रमलाई सफल पार्न सो संस्थाका सदस्यहरु सहज रुपमा कृयाशिल हुने हुदा शिक्षकका पेशागत संगठनहरुले आफ्नो योजनामा शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने निम्न पक्षहरुलाई पनि समावेश गरी कार्यान्वयन गरियो भने त्यसले रसुवा शैक्षिक गुणस्तर वृद्धिमा टेवा प्रदान गर्न सक्दछ ।

ट्ट  कम्तिमापनि वार्षिक शैक्षिक योजना निमार्ण गरी प्रयोगकोलागि उत्साहित गर्ने ।

ट्ट  विद्यालयमा उपलब्ध स्रोत र साधन संकलन, निमार्ण र प्रयोग गरी प्रभावकारी शिक्षण गर्ने वातावरण सिर्जना गर्न प्रोत्साहित गर्ने ।

 कक्षाकोठाको समयलाई वढिभन्दा वढि सदुपयोग गर्न ।

 विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी र भरपर्दो वनाउन ।

ट्ट  विद्यालयका शैक्षिक गतिविधिमा राजनैतिक दलहरुको अनावश्यक हस्तक्षेपलाई न्यूनिकरण गर्न ।

ट्ट  शिक्षकको पेशागत दक्षताका विभिन्न सवालहरुमा निश्चित मापदण्डको आधारमा विश्वसनिय छनौट प्रकृयाको अवलम्वन गर्न ।

माथी उल्लेख गरिएका पक्ष लगायत अन्य कतिपय सवालहरुलाई कार्यान्वयन पक्षमा लागु गर्दा शैक्षिक गुणस्तरका निम्ति सहायकसिद्ध हुन सक्दछन् । कतिपय सवालहरु समय सापेक्ष रुपमा चूनौतीपूर्ण पनि हुन सक्दछन् भने कतिपय शिक्षक आफैमा इमान्दारीता र भावनात्मक रुपमा आत्मसाथ गर्ने पक्ष पर्दछन् । शिक्षामा आजको मुख्य चूनौतीहरु मध्ये अनावश्यक राजनैतिक हस्तक्षेप पनि रहेको पाइन्छ । यसमा धेरथोर सवै राजनैतिक दलहरुले जिम्मेवारी बोध गर्दै शिक्षा क्षेत्रलाई अस्वस्थ राजनिति गर्ने थलोको रुपमा नभै भविश्यको लागि उत्पादनशील नागरीक निमार्ण गर्ने पवित्र स्थलको रुपमा आत्मसाथ गरौं ।