Wednesday, July 31, 2013

शहिद स्मृतिमा अपाङ्ग भएका बालबालिकालाई सहयोग

धुन्चे, रसुवा
शहिद मनोज झपेन्द्र स्मृतिको अवसरमा नेपाल निजामती कर्मचारी संगठनले अपाङ्गता भएका बालबालिकाहरूलाई सहयोग प्रदान गरेका छन् ।
संगठनले शहिद मनोज जोशी र झपेन्द्र कार्कीको संझनामा धुन्चे स्थित बाल मन्दिरमा सञ्चालित अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत सधन शिक्षा सदनमा ग्यास चुलो, कापी कलम तथा बिस्कुट प्रदान गरेको थियो । संगठनको कार्यालयमा भएको एक कार्यक्रममा अध्यक्ष रमेश बस्नेत, केन्द्रीय प्रतिनिधी होमशंकर बास्तोला, स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य कैसाङढिण्डुप तामाङ, सल्लाहकार कमिटी संयोजक नारायणप्रसाद पौडेलले  राष्ट्र सेवक कर्मचारीले नागरिकहरूको सेवा गरी राज्यलाई स्थायी सरकारको प्रत्याभूति दिने गरी सेवा प्रबाह गर्न  सकेमात्र शहिदहरू प्रतिको सच्चा श्रद्धा हुने बताउनुभयो । उहाँहरूले शहिदहरूको बलिदानको कदर गर्दै उहाँहरूको बाटोमा लाग्नु पर्ने बताउनुभयो ।
बाल मन्दिरमा सामाग्री हस्तान्तरण गर्दै सल्लाहकार पौडेलले संगठन मार्फत त्यहाँ अध्ययनरत बालबालिकाहरूलाई सहयोग स्वरुप बार्षिक ६ हजार रुपैयाँका दरले तीनवर्षसम्म १८ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै यस वर्षको ६ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । कार्यक्रममा एउटा खुट्टा गुमाएकी भीमा रानामगरले रोचक नृत्य प्रस्तुत गरेकी थिईन् ।

Monday, July 29, 2013

एनेकपा माओवादीको जिल्ला ब्यापी अभियान

धुन्चे, रसुवा
एकीकृत नेकपा माओवादीले पार्टी सुद्धृढिकरण तथा आगामी निर्वाचन परिचालनका लागि जनसम्पर्क अभियान थालनी भएको छ । 
पार्टी केन्द्रीय सदस्य तथा सो अभियानका संयोजक केशवराज नेपालले सोमबार साँझ पत्रकार भेटघाटमा दिनु भएको जानकारी अनुसार जिल्लाका सवै गाविसमा अभियान कार्यक्रम साउन १५देखि सुरु गरी महिना भरिमा गर्ने कार्यक्रम तय भएको छ । पहिचान सहितको संघीयता संघीयता सहितको संबिधान भन्ने नाराका साथ कार्यक्रम गाउँ तहमा सञ्चालन हुने कार्यक्रममा जानकारी दिइएको थियो । बिगत संबिधान सभाको जटिलताहरु , संबिधान जारी हुन नसक्नाका कारणहरुको समिक्षा गरी आगामी निर्वाचनको महत्व, राजनीतिक उपलब्धिको रक्षा गरी जनताका हक स्थापित गराउन जसरी पनि संबिधान सभाको निर्वाचनमार्फत संबिधान जारी गर्ने अभियानमा बाधा पु¥याए अभियान पछि आन्दोलनबाटै समाप्त पार्ने जानकारी दिनुभयो । 
पार्टीले कार्यक्रम २४० वटै निर्वाचन क्षेत्रमा एकै साथ गर्न लागेको र आजैबाट यो कार्यक्रम औपचारिक रुपमा सुरु भएको हो । 
एकीकृत नेकपा माओवादी जिल्ला कमिटी तथा राज्य समितिको बैठकबाट तय भएको कार्यक्रम अनुसार १५ गते धुन्चे र हाकुमा , गोल्जुङ, गत्लाङ र चिलिमेमा १७ गते, स्याफ्रु, थुमन, टिमुरे, बृद्धिम र लाङटाङका कार्यक्रम १८ गते,  धैबुङ्ग र राम्चेको कार्यक्रम २० गते, भोर्लेमा २१ गते, यार्सा र सरमथलीमा २३ गते , लहरेपौवामा २५ गते र डाडाँगाउँ ठूलोगाउँमा २७ गते कार्यक्रम तय भएको जानकारी दिइएको थियो । 
आगामी निर्वाचनका लागि जगतजंगको संयोककत्वमा ४५१ सदस्य रहेको निर्वाचन परिचालन मूल कमिटी गठन भएको र प्रचार प्रसार, आर्थिक परिचालन, युवा परिचालन तथा सुरक्षा,पार्टी प्रबेषका लागि बार्ता कमिटी समेत गठन भएको तथा उम्मेदवार छनौटका लागि नाम संकलन पनि गर्ने पत्रकार सम्मेलनमा नेपालले जानकारी दिनुभयो ।  

Sunday, July 28, 2013

रसुवामा एमाओवादी अभियान सुरु

साउन १३ धुन्चे रसुवा । एीकृत नेकपा (माओवादी) आफ्नो देशव्यापी निर्वाचन अभियान चलाउने निति अनुरुप आजबाट रसुवामा पनि अभियानको सुरुवात गरेको छ । अभियानको सुरुवात एमाओवादी केन्द्रिय सदस्य एवं अभियान संयोजक केसवराज नेपाललाई सदरमुकाम धुन्चेमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले खादा माला तथा टिका लगाएर स्वागत गरेका छन् ।
 
निर्वाचन केन्द्रित एक महिने अभियानको सुरुवात जिल्ला सदरमुकामबाट गरेका हुन् । अभियानको क्रममा जिल्लाका १८ ओटै गाविसमा गएर शहिद तथा बेपत्ता परिवार , घाइते , पार्टी समर्थक , नेताकार्यकर्ता लगाययत अन्य पार्टीका नेता कार्यकर्तासँग पनि भेटघाट गर्ने जिल्ला नेता इन्द्र गौतम जगतजंगले बताउनु भयो । 

अभियानका क्रममा एमाओवादीले आफ्नो पार्टी संगठन सुदृढीकरणका साथै आफ्नो आन्तरिक र बाह्य अवस्थाको बारेमा पनि पत्ता लगाउने छ । आगमी निर्वाचनमा को नेतालाई उठाउने वा कसलाई टिकट दिने भनेर पनि जनस्तर सम्म अन्तरक्रिया सञचालन गर्ने एमाओवादी रसुवाले जनाएको छ । एमाओवादी रसुवामा पहिला झै विजय हुने भन्दै फेरी पनि आफुले जित्ने एक नेताले दावी गनु भएको छ ।

Friday, July 26, 2013

बृद्धिम र टिमुरेलाई खुल्ला दिशामुक्त बनाउने तीव्र तयारीमा

धुन्चे, साउन ११ । सन् २०१५ सम्ममा रसुवालाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत बृद्धिम गाविसलाई खुल्ला दिशामुक्त बनाउन अभियान तीव्र पारिएको छ । जिल्ला विकास समिति, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले बृद्धिम गाविसलाई यही साउन ३१ गते खुल्ला दिशशाशमुक्त गाविस घोषणा गर्ने तयारी गरिरहेको छ ।

बृद्धिम गाविसलाई रसुवाकै पहिलो खुल्ला दिशामुक्त गाविस बनाउनको लागि आवश्यक पूर्व तयारी भईरहेको बताईएको छ । बृद्धिम गाविसमा १ सय ९३ घरधूरीमध्ये ५२ घरधूरीमा अभियान पूर्व नै शौचालय निर्माण भएको र अभियानका क्रममा ४८ घरधूरीमा शौचालय बनिसकेको स्थानीय विकास अधिकारी तथा जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक ज्ञानराज पाण्डेले बताउनु भयो । बाँकी रहेका ५७ घरधूरी शौचालय निर्माण प्रकृयामा रहेका पनि पाण्डेले जानकारी दिनुभयो ।

बृद्धिम गाविसमा अभियान सञ्चालन पूर्व तथा सञ्चालनको अवधिमा शशौचालय निर्माण गर्ने तथा निर्माणका प्रकृयामा रहेका घरधूरी वडा अनुसार यसप्रकार रहेको छ ।
वडा  
जम्मा घरधूरी
अभियान पूर्व शौचालय बनेका घरधूरी
हाल निर्माण भईरहेका घरधूरी
प्रक्रियामा रहेका घरधूरी
42
5
12
25
2
10
7
3

3
20
13
7

4
19
8
5

5
14
5
5
4
6
20
7
4
9
7
48
4
4
10
8
11
3
4
4
9
9
0
4
5
जम्मा
193
52
48
57


त्यसैगरि टिमुरे गाविसलाई पनि छिट्टै खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने तयारी रहेको पनि बताईएको छ । टिमुरेमा रहेका १ सय २४ घरधूरी मध्ये ७० घरधूरीमा अभियान पूर्व नै शौचालय बनिसकेको पाईएको छ भने अभियानका क्रममा ५ घरधूरीमा शौचालय निर्माण गरिसकिएको छ । दश घरधूरीमा निर्माण प्रकृया अघि बढाईएको छ भने ४० घरमा बन्न बाँकी रहेको बताईएको छ ।

सो अभियानका लागि जिल्ला विकास समिति, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तथा सुआहारा कार्यक्रमले सहजीकरण गरिरहेका छन् । प्रत्येक घरधूरीमा शौचालय निर्माण तथा प्रयोगका लागि जनचेतना विस्तार गर्ने तथा उनीहरूको वर्गीकरण गरी शौचालय निर्माणका लागि आर्थिक वा भौतिक सहयोग गर्ने पनि जानकारी दिइएको छ ।

अति विपन्न परिवार जो ब वर्गमा पर्छन् उनीहरूलाई प्यान, पाईप, जस्तापाता, सिमेन्ट र रड ख वर्गका गरिवलाई प्यान, पाईप र सिमेन्ट  तथा ग वर्गका गरिव परिवारका लागि प्यान र पाईप उपलब्ध गराउने पनि बताईएको छ ।

रसुवाका १८ रै गाविसलाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त घोषणाको तयारीका लागि आम नागरिक, सरकारी तथा गैरसरकारी संघसंस्थालगायत जिल्लास्थित विभिन्न जलविद्युत कम्पनीहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन पनि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुरोध गरेको छ ।

Thursday, July 25, 2013

रक्तचन्दन तस्कर धरौटी तिरेर तारेखमा रिहा

धुन्चे, रसुवा
रक्तचन्दन तस्करीको अभियोग लागेको सात जनालाई लाङटाङ राष्ट्रिय निकुञ्जले बिगो जरिवाना रकम लिएर तारेखमा रिहा गरेको छ ।

निकुञ्जले सरकारी वकिलले दिएको राय सुझाबलाई आधार बनाएर रक्तचन्दन तस्करीमा मुख्य संलग्न देखिएका रसुवा धैबुङ गाविस –७ कालिकास्थानका एनेकपा माओवादी पूर्व जिल्ला सेक्रेटरी माधब लामिछाने, काठमाण्डौ तिनकुनेका रुद्रनारायण तिमिल्सेना, गाडी चालक रामेछाप ठोसे १ का छत्रबहादुर तामाङ, सिन्धुपाल्चोक तातोपानी ८ का लाले तामाङ, र रसुवा धुन्चे गाविस –१ ठाडेका बिरेन्द्रसि तामाङलार्ई जनही ८ लाख ७२ हजार ६ सय २६ रुपैयाँ तिरेर धरौटीमा छुटेका छन् ।

त्यस्तै रक्तचन्दन तस्करीमा मतियार भएर काम गर्ने ३ जना मध्ये तस्करीमा सहयोग गर्ने सिन्धुपाल्चोक घोरथली ९ का पुर्णबहादुर खड्कालाई ४ लाख ३६ हजार रुपयाँ र काठमाण्डौ कोटेश्वरका दिपेश रिमाल र नुवाकोट गेर्खुका राजकुमार प्याकुरेललाई जनही २ लाख १८ हजार १ सय ५६ रुपयाँ बिगो जरिवाना तिरेर छाड्ने फैसला गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बुद्धिराज पाठकले जानकारी दिनुभयो ।

‘अभियुक्तहरुको मुद्दा फैसला भएको छैन धरौटीमा बिगो जरिमाना तिरेर तारेखमा रिहा भएका हुन् , उनले भने । ’
रक्तचन्दन सहित उनीहरूलाई गत असार १५ गते ४ जनालाई ना ३ ख ७१५८ नम्बरको कन्टेनरको फ्ल्यास बटम भित्र लुकाएर राखिएको अबस्थामा रंगे हात र लामिछाने सहित चार जनालाई स्याफ्रुबेशीबाट नेपाली सेना र सीमास्थलमा रहेको  प्रहरी निरीक्षक शैलेन्द्र रेग्मीको नेतृत्वमा रहेको प्रहरीले टोलीले संयुक्त रुपमा पक्राउ गरेको थियो ।

पासाङल्हामु मार्ग अन्र्तगत रसुवाको राम्चे र मूलखर्कको पहिरो खुलेको समयमा रक्तचन्दनको गाडी पास गरेका थिए । उक्त रक्तचन्दन रसुवागढी सीमा पास गर्नेका लागि कन्टेनरमा लगिएको मैदा, चाउचाउ,चिउरा, खुर्सानीको भन्सार बुझाएर छुट्न  लाग्दा समातिएको थियो ।

साईटिस सन्धिद्धारा दुर्लभ वनस्पतिमा सुचिकृत पक्षधर राष्ट्र भएकाले रक्तचन्दन ओसार पसार प्रतिबन्धित वनस्पति मानिएको छ । एक देशबाट अर्को देशमा दुर्लभ मानिएको बनस्पति ओसारपसार गर्नुलाई अबैध मानिन्छ  । सोही अनुसार रक्तचन्दन तथा वन पैदावार सम्बन्धी बन ऐन २०४९ अन्र्तगत दफा ४९ को खण्ड (झ) अन्र्तगत कसुर गर्नेलाई कसुरसँग सम्बन्धित वन पैदावार जफत गरी बिगो बमोजिम ५ वर्ष कैद सजाय वा दोब्बर सजाय हुने व्यवस्था छ । तर रक्तचन्दनका तस्करी गर्नेहरूलाई निकुञ्ज क्षेत्राधिकार भित्र चन्दन ओसारपसार गरेको भन्दै राष्ट्रिय निकुञ्ज संरक्षण २०२९ को मुलुकी ऐन अनुसार कारबाही प्रक्रिया गर्दा तस्करहरू सामान्य धरौटीमा छुट्ने गरेका छन् ।

रक्तचन्दन तस्करीमा संलग्न मध्ये मुख्य आरोपी एकीकृत नेकपा माओवादी रसुवाका नेता माधब लामिछानेले गाडीमा फल्स बटम बनाउन ९५ हजार रुपायाँ चालकलाई दिएको अभियोगमा मुख्य दोषि ठहर गरेको छ । लामिछानेले गत जेठ १६ गते काठमाण्डौको एक आईएमईबाट ४० हजार रुपयाँ र ३५ हजार रुपयाँ पठाएको र २० हजार रुपयाँ नगद भुक्तानी पहिला नै आफुलाई दिएको चालक रामेछाप ठोसे १ का छत्रबहादुर तामाङले बयानको आधारमा मुख्य प्रतिबादी तोकेको  जिल्ला सरकारी वकिल केशब गौतमले बताए । त्यस्तै रुद्र नारायण तिमिल्सेनाले रक्तचन्दन ओसारपसार गर्ने चिनिया व्यापारी सँग मुख्य भुमिका निर्वाह गरेको र गाडी चालक बिरेन्द्रसिंह तामाङले आफ्नो गाडी रक्तचन्दनमा प्रयोग गरेको भन्दै मुख्य आरोपि तोकिएको रसुवा जिल्लाका सरकारी वकिल गौतमले जानकारी दिए ।

रक्तचन्दन तस्करी गर्नेका लागि रसुवा टिमुरे १ का मानबहादुर तामाङले सामान किन्ने व्यक्ति भन्दै ईफिसिएन्ट, बिजिनेस एक्सप्रेस प्रा लि को नाममा सामान बिल काटेका थिए । आफ्नो नामको सामानको बिल बनाउने मानबहादुर र गुणेन्द्र बहादुर घर्ति मगरलाई फरार प्रतिबादी तोकेको छ ।

रक्तचन्दन तस्करी गर्दा उनीहरूले प्रयोग गरेको ना ३ ख ७१५८ नम्बरको कन्टेनर, बा४१प ९५६ र बा ४३ प २७९७ नम्बरको मोटरसाईकल र उनीहरूले प्रयोग गरेका मोवाईल जफत गरेको छ ।  राष्ट्रिय निकुञ्ज संरक्षण ऐन २०२९ अन्र्तगत ऐनको दफा २७ को कसुरमा त्यही ऐनको २८ बमोजिम तस्करीमा संलग्नबाट उक्त सामान जफत गर्ने माग दावी गरिएको छ ।

Wednesday, July 24, 2013

एमाओवादी रसुवाका नेता समीर धरौटीमा रिहा

धुन्चे, रसुवा । रक्तचन्दन तस्करी गरेको भन्दै केही दिन अघि पक्राउ परेका एमाओवादी रसुवाका नेता समीरसहित अन्य पक्राउ परेका व्यक्तिहरू धरौटीमा रिहा भएका छन् । गत असार १५ गते ना. ३ ख ७१५८  नम्बरको कन्टेनरको फल्स बटममा रक्तचन्दन लुकाई चीनतर्फ लान लागेको अवस्थामा ३९ गोलिया रक्तचन्दनसहित उनीहरू पक्राउमा परेका थिए ।

एमाओवादी रसुवाका नेता माधव लामिछाने (समीर) सहित  काठमाडौं तीनकुनेका ध्रुब पराजुलीलाई जनही ८ लाख ७२ हजार ६ सय २६ रूपैंयाँ धरौटी लिएर तारिखमा रिहा गरिएको छ भने मतियार सिन्धुपाल्चोक, घोरथली ९ का विष्णु (पूर्णबहादुर खड्का) लाई ४ लाख ३६ हजार तथा रामकुमार प्याकुरेल र दिपेश रिमाललाई जनही २ लाख १८ हजार १ सय ५६ रूपैंयाँ धरौटी लिई तारिखमा रिहा गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।



Tuesday, July 23, 2013

चिलिमेका प्रबन्ध सञ्चालक घिसिङको पुर्न बहाली

धुन्चे , रसुवा
चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालकबाट कुलमान घिसिङ्गलाई हटाएको बिरुद्ध स्थानीयले आयोजना स्थलमा रहेको साईट अफिसमा ताला बन्द गरेपछि  सरकारले घिसिङको पुर्नबहाली गरेको हो । सरकारले निर्णय फिर्ता लिएपछि स्थानीयले आज दिउसोबाट बन्द फिर्ता लिएका हुन् ।
उर्जामन्त्रीको ठाडो निर्देशनमा जिल्लावासीको हितमा काम गरिरहेका घिसिङ्गलाई हटाएको भन्दै चिलिमे कम्पनीका सहायक आयोजनाहरू माथिल्लो साङजेन, तल्लो साङजेन र चिलिमेको थाम्बुचेत स्थित साईड अफिसमा स्थानीय तथा कर्मचारी मिलेर हिजो तालाबन्द गरेका थिए । बन्द पछि आज सरकारले निर्णय फिर्ता लिएको हो ।
सरकारले आईतबार प्रबन्ध सञ्चालक पदबाट घिसिङलाई हटाएको थियो । स्थानीय तल्लो साङजेनमा कार्यरत कर्मचारी गोम्बोछिरिङ तामाङले भने उर्जा क्षेत्रमा कार्यरत ठेकेदारहरूको दवावले सरकाले पूर्वाग्रही ढंगबाट उनलाई हटाएको थियो । स्थानीयको आन्दोलन पछि फिर्ता भयो  उनले भने उनको निर्णय फिर्ता गर्नु हाम्रो मुख्य थियो पुरा भयो ।  निर्माणाधिन १४ मेघावाट माथिल्लो साङजेन, ४२ मेघावाट तल्लो साङजेन र २२ मेघावाट विद्युत उत्पादन गरिरहेको चिलिमेको साईड अफिसमा तालाबन्द गरेपछि आयोजनाको काममा बाधा पुगेको थियो । अहिले सवै अवरोधहरू हटेको चिलिमे जलविद्युत केन्द्रले जनाएको छ । जिल्लावासीलाई दश प्रतिशत सेयर निर्धारण गरी चिलिमेका थप ४ आयोजनाहरू निर्माणाधिन छन् ।

Saturday, July 20, 2013

रसुवामा पाँच करोडका चिज र मखन उत्पादन


धुन्चे, रसुवा
रसुवामा रहेको तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक पाँच करोड रूपैयाँको चिज र मखन उत्पादन गरेको छ । लाङटाङ चिज उत्पादन केन्द्रका प्रमुख ग्याल्वु तामाङका अनुसार चन्दनबारी, लाङटाङ र गत्लाङमा रहेका तीनवटा चिज केन्द्रमा नियमित चौंरीगाईको दूध आपूर्ति गर्ने एक सय १६ किसानलाई एक÷एक जोर गमबुट, एक÷एकवटारेनकोट, एक÷एक थान बाल्टिनको साथै तीन हजार ६ सय ६६ किलो नुन सहयोगस्वरूप गत हप्ता वितरण गरिएको थियो । २००९ सालमा स्थापित नेपालकै जेठो लाङटाङको क्यान्जेन केन्द्र चिज कारखानालाई दूध आपूर्ति गर्ने किसानलाई पहिलोपटक यस्ता आवश्य सामग्री सहयोग गरेको हो । कृषकहरूले रेनकोट र गमबुट लगाएर गोठालो जान, चौंरीलाई नुन चटाई बाल्टिनमा दूध दुहुन सहज बन्न गएकाले यस्ता सहयोग निरन्तरता पाउने आशा गरिएको लाङटाङ चौंरीपालक कृषक समूहका अध्यक्ष तेन्जेन लामाले बताए ।

रसुवामा पाँच करोड विकास बजेट फिर्ता


धुन्चे, रसुवा
विकास निर्माणको कार्य गर्न सरकारले विनियोजन गरेको पुँजीगत रकममध्ये कतिपय काम सम्पादन हुन नसक्दा रसुवा जल्लालाई प्राप्त भएको पाँच करोडभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०६९/७० को विकास रकम पाँच करोड १३ लाख सात हजार रूपैयाँबराबरको काम हुन नसकी फ्रिज भई सात करोड २३ लाख ८७ हजार नौ सय १५ रूपैयाँ मात्र खर्च भएको छ । चालूतर्फ नेपाली सेना तथा नेपाल प्रहरी, शिक्षक, निजामति कर्मचारीसमेतको तलबभत्ता तथा प्रशासनिक खर्चमा भने ७३ करोड ८८ लाख ७२ हजार ६ सय ७३ रूपैयाँ खर्च भएको कोष नियन्त्रक दीपकबावु पन्तले जानकारी दिएका छन् । यस्तै राजस्वतर्फ ०६९/७० मा रसुवा जिल्लाले कुल सात करोड १९ लाख राज्यकोषमा दाखिला गरेको कार्यालयका लेखापाल बलराम रिमालले बताए । रसुवाको विकास निर्माणको विनियोजित रकम मध्ये ८९ दशमलव ८१ प्रतिशत मात्र खर्च भएको छ ।

गेजुवाद्वारा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम ठप्प

धुन्चे, रसुवा
स्थानीयवासीको अवरोधको वहानामा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम ठेकेदार आफैँले ठप्प पारेको छ । स्थानीय सरोकार समितिको तालाबन्दीलगायतको अवरोध हटिसकेपछि निर्माण कम्पनी चाइना गेजुवाले १५ दिनदेखि आयाजे नास्थलको सम्पूर्ण काम राकेको हो । एमाआवोदी, काङग््रस , एमालेलगायत दलका कार्यकर्ता मिलेर २६ सूत्रीय माग राख्दै कोलनीस्थित कार्यालय बन्द गरेपछि चिनियाँ  ठेकेदार कम्पनी गेजुवाले आयोजनास्थलको काम ठप्प पारेको हो ।
रसुवाका तीन राजनीतिक दलले २० प्रतिशत सेयर प्रभावित जिल्लावासीलाई हुनुपर्ने, आयोजना एक सय ४५ मेगावाटको हुनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत २६ सूत्रीय माग राखेपछि ठेकेदारले काम बन्द गरेको हो । आयोजनाको बाँधस्थल रसुवाको सल्लोटारको तल र माथिको सुरूङ, नुवाकोट मनकामना– ९ रसुवाको सिम्लेमा पर्ने पावरहाउस निर्माणका लागि दुईवटा सुरूङको काम बन्द भएको छ । आयोजनास्थलमा गेजुवाका एक सय चिनियाँ र पाँच सय नेपाली कामदार छन् । सरकारले क्षमता विस्तार नगरी ६० मेगावाटमै बनाउने निर्याय गरेपछि आयोजनास्थलमा एक सातादेखि राम्ररी काम हुन सकेको थिएन । आयोजनाले अहिलेसम्म एक किलोमिटर सुरूङ निर्माण गरिसकेको छ । आयोजनाले २२ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । आयोजना चीनको एक्जिम बैंकको १२ दशमलब ५ सय ७८ करोड अमेरिकी डलर अर्थात् करिब १० अर्ब ६ करोड रूपैयाँ ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको आयोजना हो । आयोजनाका लागि ऋणसम्बन्धी सम्झौतामा एक्जिम बैंक र नेपाल सरकारबीच ०६७ फागुन १६ मा ऋण सम्झौता भएको थियो । एक सय ४४ दशमलब पाँच मिटर हेड रहने भूमिगत आयोजना ईपीसी मोडलमा निर्माण गर्न लागिएको हो । नदीको प्रवाहमा आधारित आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न आयोजनास्थलदेखि काठमाडौंको मातातीर्थ सवस्टेसनसम्म ४८ किलोमिटर २२० केभीए प्रसारण लाइन विस्तार गर्ने काम भइरहेको छ ।
चार हजार ९५ मिटर लामो सुरूङमार्पmत नदीको पानी पेनस्टेकमा पु¥याइनेछ, त्यसलाई १८ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने भूमिगत विद्युत्गृहका टर्वाइनमा पु¥याइने लक्ष्य छ । सन् २०१४ कोमेनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको सो आयोजना निर्माण अझै ढिलाइ हुने भएको छ ।

Sunday, July 14, 2013

Wednesday, July 10, 2013

२७ वर्षिय फुर्ता तमाङको मृत भेटिए

धुन्चे, रसुवा २६
    पाँच दिन देखि हराईरहेका हाकु गाविस वडा नम्वर ८ रसुवाका फुर्पा तामाङ मृत अवास्थामा भेटिएका छन । तामाङको मृत भृटिए पछि जिल्ला प्रहारी कार्यालय रसुवाले घटनामा संलग्नको शंकामा ९ जनालाई पक्राउ गरेका छन । मृतक तामाङसँग बल्ने अमुल्य ढुङ्गा भएको भन्दै केही दिन अगाडि स्थानीयले कुटपिट गर्ने युवाहरुलाई प्रहारी पक्राउ गरेको प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङको शब रसुवाको हाकु गाविस वडा नम्वर ८ मैलुङखोला नजिकको भिरमा हिजो राती १२ः३० वजे प्रहारीले मृत फेला पारेको थियो  ।
    मृतकको दाई दावा तामाङ मंगलबार प्रहारीलाई खोजीको निवेदन दिन आए पछि मृतक फुर्पा तामाङ बेपत्ता हुनु अघि बल्ने अमुल्य ढुङ्गा लुकाएर राखेको विषयमा गाँउका स्थानिय युवाहरुले उनलाई कुटपिट गरेको उनका दाजु दावाले बताएका छन
    बल्ने अमुल्य ढुङ्गाको विषयमा विवाद भएपछि फुर्पालाई गाँउको कालिका प्रथामिक विद्यालयको कक्षा कोठाभित्र ढोका थुनेर सिस्नुपानी हानेर कुटपिट गर्ने युवाहरुको समुहलाई पक्राउ गरेको प्रहरी नयाव उपरिक्षक सुदिप गिरीले बताउनु भएका छन ।

Tuesday, July 9, 2013

बेकरी उत्पादन स्वरोजगार तालिम

धुन्चे, रसुवा
जिल्लाको चिलिमे गाविसमा निर्माणाधिन १४.८ मेगावट क्षमताको सान्जेन (माथिल्लो) तथा ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाले स्थानीयवासीलाई पन्ध्र दिने बेकरी उत्पादन स्वरोजगार तालिम प्रदान गरेको छ । 
आयोजनाले व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना प्रभावित चिलिमे गाविसको थाम्बुचेत, चिलिमे, तातोपानी, गोङ्गाङ, पाजुङ गाउँलगायतका स्थाई बासीलाई सीप विकास तथा स्वरोजगारी अभिबृद्धि गर्ने उद्देश्यकासाथ मिति २०७०÷०३÷०४ देखि २०७०÷०३÷१८ सम्म पन्ध्र दिने बेकरी उत्पादन स्वरोजगार तालिम दिएको हो । 
घरेलु तथा साना उद्योग विकास समिति धुन्चे, रसुवाको समन्वयमा ३० जना प्रशिक्षार्थी सहभागी उक्त स्वरोजगार तालिम कार्यक्रमबाट आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेको रसुवा जिल्लाको माथिल्लो भेकका जनताहरूले बेकरी जन्य दुनोट, केक, बन, कुकिजलगायतका सामाग्रीहरूको उत्पादनमा दक्षता हासिल गरेको घरेलु तथा साना उद्योग विकास समिति धुन्चे, रसुवाकी वरिष्ट उद्योग अधिकृत कल्पना शर्मा अधिकारीले बताउनु भयो । 
ब्याल्क फरेष्ट बर्थ डे केक काटी प्रमाणपत्र वितरण गर्दै समापन गरिएको तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थी सीतादेवी तमाङ भन्छिन, जलविद्युत आयोजनाद्वारा सन्चालन गरिने यस्ता तालिम कार्यक्रमबाट स्थानीय बासिन्दाको सीप विकास तथा दैनिक आय आर्जनमा उल्लेख्य बृद्धि भई आयोजनाप्रति स्थानीय बासिन्दाको सद्भाव एवम् अपनत्वको भावना विकास गर्नमा उल्लेख्य टेवा पुग्ने सहभागिहरुले बताए । 
स्वदेशी जनशक्ति तथा स्थानीय पुँजीबाट निर्माण गरिन लागेको सान्जेन (माथिल्लो) तथा सान्जेन जलविद्युत आयोजनाहरूले दीगो विकासको अवधारणा अनुरुप आयोजनाहरूको कार्यान्वयनबाट प्रभावित क्षेत्रको भौतिक, जैविक, सामाजिक तथा आर्थिक अवस्था एवं त्यसका अवयवहरूमा पर्ने नकारात्मक प्रभावहरूको न्यूनिकरण तथा सकारात्मक प्रभावहरूको अभिबृद्धि गर्न तालिम दिएको कार्यक्रमका संयोजक तथा आयोजनाका वातावरणविद् उमेश पाठकले बताउनु भयो । 

तलिममा सहभागी प्रशिक्षार्थीहरू प्रमाणपत्रको लिएर तस्वीर खिचाउदै 

Monday, July 8, 2013

लाङटाङ राष्ट्रिय निकुञ्जमा थप ६ प्रजातिका चरा भेटिए

धुन्चे, असार २५ । हालै गरिएको एक अध्ययन अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा थप ६ प्रजातिका चराहरू थपिएको जनाइएको छ । निकुञ्जको क्षेत्र रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गरिएको अध्ययनमा सन् २००१ मा गरिएको अध्ययनको  रेकर्ड भन्दा थप ६ प्रजातिका चराहरू भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा अध्ययन टोलीका प्रमुख रामदेव चौधरीले बताउनु भयो ।
थप भेटिएका चराहरूको प्रजातिमा हिमाली मलेवा, काली कण्ठे घाँसे फिस्टो, सल्ले बगेडी, नील गगन अर्जुनक, कालो तालु वनचाहार र लाल माछा सिरिन रहेका छन् । सन् २००१ को रेकर्डमा यस निकुञ्ज क्षेत्रमा ३४५ प्रजातिका चराहरू उल्लेख भएको छ भने यसपटक गरिएको सर्वेक्षण अवधि छोटो भएकोले ३१५ प्रजातिका मात्र चरा भेटिएको जानकारी दिइएको छ । पर्याप्त अवधि लिएर अध्ययन गरिए ५०० भन्दा बढी प्रजातिका चराहरू यस क्षेत्रमा हुन सक्ने पनि चौधरीले बताउनु भयो ।

लारानि क्षेत्रमा भएका चराहरूको संरक्षणका निम्ति यस क्षेत्रमा रहेका मानव बस्ती तथा जनावरको गोठ, आगलागी तथा गुगेली खेल्ने, दाउरा घाँसको अत्याधिक प्रयोग, अव्यवस्थित पशुपालन तथा मानिसहरूको अव्यवस्थित आवागमन जस्ता कृयाकलापहरू चुनौतिका रूपमा देखिएको र सो को न्यूनीकरण तथा व्यवस्थापनका लागि विभिन्न कृयाकलाप गर्नुपर्नेमा जोड दिदै चरा संरक्षणमा योगदान पु¥याउनुपर्ने समेत् चौधरीले जानकारी दिनुभयो ।

थप भेटिएका चराको प्रजातिको विवरण

नेपाली नाम
अंग्रेजी नाम
वैज्ञानिक नाम
हिमाली मलेवा
Hill pigeon
Columba rupestris
काली कण्ठे घाँसे फिस्टो
Fire-fronted Serin
Serinus pusillus
सल्ले बगेडी
Pine Bunting
Emberiza leucocephalos
नील गगन अर्जुनक
Pale-blue Flycatcher
Cyornis unicolor
कालो तालु वनचाहार
Rusty-fronted Barwing
Actinodura egertoni
लाल माछा सिरिन
Hill Prinia
Prinia atrogularis


दुई युवती खोलामा हाम्फाले

असार २४ – चिलिमे खोलामा हाम्फालेर आज गोल्जुङ गाविस ७ का दुई युवती वेपत्ता भएका छन् ।
दिउँसो करिब साढे १ बजे चिलिमे जलविद्युत केन्द्रको ड्याम नजिकै खोलामा हाम्फालेर १७ वर्षकी सोनाम डोल्मा तामाङ र १८ वर्षकी  सुजिता तामाङ बेपत्ता भएका रसुवा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुदीप गिरीका अनुसार बेपत्ता युवतीको स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेका बताईएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा ३ करोड ६० लाख राजस्व संकलन

धुन्चे, रसुवा, २४ असार । लाङटाङ राष्ट्रिय निकुञ्जले आ.व. २०६९÷७० मा तीन करोड उनान्साठी लाख बाह्र हजार नौसय अन्ठानब्बे रूपैंयाँ राजस्व संकलन गरेको छ । गत जेठसम्मको रेकर्डमा उक्त राजस्व रकम संलन गरिएको एक समीक्षा कार्यक्रमबीच बताइएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक  संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार यस आवमा सबैभन्दा बढी राजस्व पर्यटन शुल्कबाट दुई करोड चौरानब्बे लाख, सैंतीस हजार छ सय रूपैंयाँ संकलन भएको छ ।

त्यसैगरि वन पैदावार शुल्कबाट एकतीस लाख दश हजार छ सय अठतीस, मूल्य अभिबृद्धि करमार्फत चार लाख एकचालीस हजार दुईसय चौवीस, होटल रोयल्टीमार्फत छब्बीस लाख अठसठी हजार आठ सय सोह्र, बेरुजु दाखिलामार्फत सैंतीस हजार आठ सय पाँच, दण्ड जरीवानाबाट  एक लाख एकचालीस हजार सात सय पचहत्तर, हेलिकोप्टर अवतरणबाट चौवन्न हजार, टेण्डर फारम बिक्रीबाट तेह्र हजार दुई सय र विविध शीर्षकबाट सात हजार नौसय दश रूपंैयाँ संकलन भएको जनाइएको छ ।

Saturday, July 6, 2013

दोस्रो साप्ताहिक अध्यावधिक रिपोर्ट , २०७० असार २१ गते शनिवार



रसुवाको सम्पूर्ण खबरसूचना तथा सम्भावना र चुनौतिलगायत रसुवालाई नजिकबाट चिन्नेहरूको अभिव्यक्तिको अनलाईन प्रकाशन माध्यम रसुवा डिजिटल खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ । रसुवा डिजिटल खबरको बारेमा जानकारी दिन पाउँदा हामीलाई खुसी लागेको छ ।

दोस्रो साप्ताहिक अध्यावधिक रिपोर्ट , २०७० असार २१ गते शनिवार