Sunday, June 30, 2013

सिलिण्डरमा ४ केजी कम ग्यास

नवलपरासी, असार १६ - कोशी ग्यासबाट उत्पादित खाना पकाउने ग्यास सिलिण्डरहरु कमतौल गरेर उपभोक्तलाई ठगिगरेको पाइएको छ । खाना पकाउने सिलिण्डरमा प्रतिसिलिण्डर ४ केजीसम्म कमतौल भएको फेला परेको छ ।
कोशी ग्यासको कावासोतीमा रहेको डिलर श्रृजना इन्टरप्राईजेजबाट बिक्री हुँदै आएको ग्यास शिलिण्डरहरु स्थानीयले शंका लागेर जोख्दा हरेक सिलिण्डरमा आधा केजीदेखि ४ केजीसम्म तौल कम भएको भेटिएको हो ।
डिलरबाट घरमा लगेको ग्यास महिनादिन पनि नपुग्ने गरेपछि उपभोक्ताले शंका लागेर जोख्दा कमतौल भएको भेटिएको हो । कमतौल भएका शिलिण्डरको हल्लापछि घरघरबाट गृहिणीले तौलकेन्द्रमा जोखाउन ल्याउनेको भीड नै लागेको थियो ।
प्रहरीले आधिकारीक डिलर श्रृजना इन्टरप्राइजेजमा छापामारेर सबै सिलिण्डर शिलबन्दी गरेको छ । त्यहाँका १ सय ८ वटा शिलिण्डरमा शिल गरेको छ । पहिलो चरणमा १८ वटा शिलिण्डर जोख्दा ७ वटामा कमतौल भेटिएको हो ।
नवलपरासीको गैंडाकोटमा रहेको कोशी ग्यास कारखानाबाट उत्पादित शिलिण्डरहरुमा कमतौल भेटिएपछि  प्रहरीले नापतौल विभागमा खबर गरेको जानकारी दिएको छ । नापतौलका प्राविधिकहरुले परीक्षण गरेपछि कसले बदमासी गरेको हो भन्ने खुल्ने छ ।
कमतौल भएका शिलिण्डरबाट आफूहरु ठगिएको थाहा पाएपछि कावासोती र आसपासका गृहिणीहरुले महेन्द्रराजमार्गको यातायात केहिबेर अवरुद्ध गरेर कडा कारबाही गर्न माग गरेका थिए ।
आधाघण्टा जामगरेपछि यातायात सुचारु भएको थियो । ग्यास डिलरका सञ्चालक रामकृष्ण पुडासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- See more at: http://www.ekantipur.com/np/2070/3/16/full-story/371142.html#sthash.bNiMDr8K.dpuf

Saturday, June 29, 2013

गाविस सचिवहरूलाई अभिमूखीकरण


असार, १५ धुन्चे, रसुवा ।  जिल्ला विकास समिति रसुवाले अठार गाविसका सचिव तथा कार्यालय सहायकहरूलाई ३ दिने अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेको छ । गाविस सचिवहरूलाई न्यूनतम कार्य सम्पादन मूल्याङ्कन, जनस्रोत परिचालन, लेखापालन, सुशासन, सामाजिक परिचालन तथा सामाजिक सुरक्षा कार्यक्रममा क्षमता विस्तार गर्नका लागि उक्त अभिमूखीकरण गरिएको जिल्ला विकास समितिका योजना तथा अनुगमन प्रशासकीय अधिकृत कृष्णप्रसाद हुँमागाईले  बताउनुभयो ।

अठारै गाविसका सचिव तथा कार्यालय सहायकलाई अभिमूखीकरणमा स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डे, योजना तथा अनुगमन प्रशासकीय अधिकृत कृष्णप्रसाद हुँमागाई, आन्तरिक लेखा परीक्षक गणेशप्रसाद रेग्मी, लेखापाल मुरारीपुडासैनी  जिल्ला सहजकर्ता कविराज लम्सालले सहजीकरण गर्नुभएको थियो ।

रक्तचन्दन ओसारपसारमा एमाओवादी जिल्ला नेता संलग्न, जिल्ला नेता लामिछानेलाई रिहा गर्न माओवादी केन्द्रीय नेतृत्वबाट दवाव

१५ असार, २०७०निराजन पौडेल
रसुवाको सिमास्थल टिमेरबाट गएराति १.३० बजे सीमा प्रहरी चौकी रसुवाले ३९ गोलिया रक्तचन्दन सहित ४ जनालाई सीमास्थलबाट र स्याफ्रुबेसीको स्काई होटलबाट एकीकृत नेकपा माओवादीको जिल्ला सेक्रेटरी माधव लामिछाने सहित ३ गरी ७ जना पक्राउ परेका छन्।

नेपाली सेना अहिद्रमन गणबाट खटिएको टोललीले रक्तचन्दन ओसारपसारमा माओवादी नेता माधव लामिछाने मुख्य संलग्न व्यक्ति भएको भन्दै पक्राउ गरिएको सेनाको एक स्रोतले बतायो। रक्तचन्दनमा मुख्य रुपमा एमाओवादी नेता लामिछाने देखिएपछि पक्राउ गरेको सेनाको एक सदस्यले बताए।

नेपाली सेनाका अनुसार माओवादी जिल्ला नेता लामिछानेलाई रिहा गर्न माओवादी केन्द्रीय नेतृत्वबाट फोन आइरहेको छ। 'मुख्य अभियुक्तको रुपमा माओवादी जिल्ला नेता देखिएकोले हामी कुनै पनि हालतमा छोड्दैनौ,' नेपाली सना अहिद्रमन गणका एक सदस्यले नाम नबताउने सर्तमा भने, 'उसले होइन भने पनि उसका साथीले मुख्य व्यक्ति उ हो भनेकाले रिहा गर्न मिल्दैन ।'

विगतमा रक्तचन्दन ओसारपसारमा सेनाको संलग्नता भएको भन्दै बद्नामी कमाएकोले रक्तचन्दन ओसारपसारका अभियुक्तहरुलाई आफूहरुले नछाड्ने सेनाले बतायो।

ना३ख ७१५८ नम्बरको कन्टेरमा लुकाईछिपाई रसुवागढी सीमा पार गर्ने क्रममा प्रहरीको नियमित चेकजाँचको क्रममा उक्त रक्तचन्दन समातेको थियो। रक्तचन्दन सहित गाडी चालक रामेछाप ठोसे -१ का छत्रबहादुर तामाङ, सवारीधनी रसुवा धुन्चे-१ का २५ वर्षीय विरेन्द्रसिं तामाङ,सिन्धुपाल्चोक तातोपानीका २८ वर्षीय लाले तामाङ र सिन्धुपाल्चोक भोर्खेली-९ का २८ वर्षीय पूर्णबहादुर तामाङलाई पक्राउ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए।

त्यस्तै रक्तचन्दन ओसारपसारमा संलग्न भएको भन्दै स्याफ्रुबेसीको स्काई होटलबाट नेपाली सेनाले बा४१प ९६५ नम्बरको मोटरसाइकल सहित काठमाडौं तीनकुनेका ध्रुव पराजुली, काठमाडौं कोटेश्वरका दिकेश रिमाललाई पक्राउ गरेको छ भने सँगै रहेका माओवादी पूर्व लडाकु रुद्र तिमिल्सेना सेनालाई देखेपछि भागेको सेना स्रोतले बतायो।

रसुवागढी नाकाबाट रक्तचन्दन बरामद, तस्करीमा संलग्न सात जना पक्राउ

आज बिहान रसुवागढी नाकामा सीमा प्रहरी चौकी, टिमुरेले १ टन रक्तचन्दन बरामद गरेको छ ।  प्रहरीले खानतलासी गर्दा ना.३ ख. ७१५८ नम्बरको कन्टेनरको फल्स बटमबाट लुकाइ चीनतर्फ लान लागेको अवस्थामा रसुवागढी नाकाबाट उक्त रक्तचन्दन बरामद गरेको हो ।

कन्टेनरमा मैदा, चाउचाउ तथा खुर्सानी रहेको र फल्स बटममा भने ३९ गोलिया रक्तचन्दन रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो ।
बरामद गरिएका रक्तचन्दन चीनमा दुई करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

रक्तचन्दनसहित रसुवा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडीका चालक रामेछाप ठोसे १ का छत्रबहादुर तामाङ, गाडीका मालिक धुन्चे १ का २५ वर्षिय विरेन्द्रसिंह तामाङ, सिन्धुपाल्चोक तातोपानी ६ का २८ वर्षिय लाले तामाङ र सिन्धुपाल्चोक घोरथली ९ का २८ वर्षिय पूर्णबहादुर खड्का रहेको प्रहरीले बताएको छ । सोही आशंकामा अन्य तीन जना व्यक्तिलाई लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको अह्रिदमन गणले पक्राउ गरिएको बुझिएको छ ।   रक्तचन्दन तस्करीमा एमाओवादीका पूर्व जिल्ला सेक्रेटरी माधव लामिछाने (समिर) को संलग्नता रहेको आशंका गरिएको छ । अनुसन्धानको लागि समीरलाई पनि  नियन्त्रणमा लिएको बुझिएको छ । 

त्यस्तै रक्तचन्दन ओसारपसारमा संलग्न भएको भन्दै स्याफ्रुबेसीको स्काई होटलबाट नेपाली सेनाले बा४१प ९६५ नम्बरको मोटरसाइकल सहित काठमाडौं तीनकुनेका ध्रुव पराजुली, काठमाडौं कोटेश्वरका दिकेश रिमाललाई पक्राउ गरेको छ भने सँगै रहेका माओवादी पूर्व लडाकु रुद्र तिमिल्सेना सेनालाई देखेपछि भागेको सेना स्रोतले बतायो। 

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चीन निकासी गर्न नसकेपछि सो रक्तचन्दन नुवाकोट हुँदै रसुवा भित्रिएको अनुमान गरिएको छ । नुवाकोट र रसुवाका एक दर्जन प्रहरी चौकी र धुन्चेमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षा वेसक्याम्प पार गरेर शुक्रवार नै सो ट्रक नुवाकोट र रसुवा पार  गरिएको छ हो ।

त्रिशूली– धुन्चे सडक खण्डअन्र्तगत रसुवाको राम्चेमा वर्षाका कारण सडक अवरुद्ध हुने र खुलाउने क्रम जारी रहेको अवस्थामा दुई दिनअघि मात्र सो सडक खण्ड सुचारु भएको थियो । यही मौका छोपेर तस्करहरुले रसुवागढीसम्म रक्तचन्दन पु¥याउन सफल भएका थिए ।

साढे दुई वर्ष अघि रसुवागढी नाकाबाट रक्तचन्दन पास गराएका कारण तत्कालीन अहि्रदमन गणका प्रमुख सेनानी रामजी थापा बरखास्त भएका थिए भने प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, डिएसपी ओमबहादुर रानामगर कारवाहीमा परेका थिए ।

Friday, June 28, 2013

दलितमाथि आक्रमणको सर्वत्र निन्दा


रौतहट जिल्लाको पिपरिया दोस्तिया गाविस –८ भिमडावर टोलका ६५ घर दलित बस्तिमाथि कथित उपल्लो जातका व्यक्तिहरूले सामुहिक आक्रमण गरेको घटनाका सवत्र निन्दा भएको छ । बिरोधमा रसुवाका दलित अगुवाहरूले जिल्ला प्रशासन कार्यालयमा भर्ना दिए ।
दलित अगुवा मनबिर बिकको अगुवाईमा १५ जनाको सहभागितामा भएको २ घण्टे रिले अनशनमा निमित्त प्रमुख जिल्ला अधिकारी गौतम रिमालले सरकारले माग पूरा गर्ने सूचना दिनु भएको थियो ।
घटनाका सम्बन्धमा सम्बन्धमा इन्सेक रौतहट जिल्ला प्रतिनिधि बिपिन गौतमले पीडित पक्षको न्यायको पक्षमा धेरै प्रयास गरेका थिए । देश ब्यापी रुपमा घटनाको बिरोध भैरहेको अवस्थामा रसुवामा दलित कल्याण संघ र एकीकृत दलित मुक्ति मोर्चा लगायतका अगुवाहरूले पनि बिरोधका कार्यक्रम सहित धर्ना दिएका हुन् ।
घटना बारे केही तथ्यहरू
२०७० बैशाख ३० गते सो गाविसमा रहेको ब्रम्हस्थान भगवती मन्दिरमा स्थानीय उमेश रामको विवाह पछि दतिलहरूले पुजा गर्न जाँदा कथित उपल्लो जातिका व्यक्तिहरूले मन्दिर प्रवेश गर्न नदिई कुटपिट गरेको बिरुद्धमा पीडितहरूले इलाका प्रहरी कार्यालयमा जातिय छुवाछुत ऐन बिरुद्ध ८ जना उपर किटानी जाहेरी दिएपछि पीडकहरूको तर्फबाट नेपाली कांगे्रस जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष हृदयनारायण यादवले मुद्दा फिर्ता लिन दवाव दिएको । सो मुद्दा फिर्ता लिन पीडितहरूले इन्कार गरेपछि उनकै नेतृत्वमा दलितहरूमाथि नाकाबन्दि गरी आक्रमणको योजना बनाएको खवर इन्सेक जिल्ला प्रतिनिधिलाई प्राप्त भएपछि ०७० जेठ २४ गते बिहान करिव ११ बजे रौतहट प्रहरी प्रमुख एसपि गोविन्दराम परियारलाई फोनबाट सो कुराको जानकारी गराइएको थियो । एसपि परियारले सो गाउँमा प्रहरी परिचालन गर्न पठाइएको जानकारी इन्सेक प्रतिनिधिलाई गराएको ।
ड्ड घटनापछि मुक्ति समाजका रौतहट अध्यक्ष नाथुराम परियारले इन्सेक प्रतिनिधिलाई घटनाको बारेमा टेलिफोनबाट जानकारी गराएपछि तत्काल इन्सेक प्रतिनिधिको पहलमा कान्तिपुरका रौतहट सम्वाददाता शिव पुरी, तराई टेलिभिजनका फणि महत, नयाँ पत्रिका दैनीकका अशोक पहाडी समेत ४ जनाको टोलि बनाई घटनास्थलमा जाने निर्णय भए अनुसार घटनास्थलमा प्रस्थान गरियो ।
ड्ड घाइतेहरूको उपचार भईरहेको गरुडा स्थित अनामिका अस्पतालमा घाइतेहरूसंग भेटघाट गरि घटना भएको स्थानमा टोलि गएको ।
ड्ड इन्सेक महासचिव लालबाबु यादव रौतहट जिल्लामानै रहनु भएकाले घटनाको बारेमा जेठ २५ गते बिहान टेलिफोनबाट जानकारी गराउनुका साथै स्थलगत अनुगमनपछि सोहि साँझ इन्सेक प्रतिनिधिले महासचिवज्यूलाई भेटि घटनाको वास्तविक विवरणको जानकारी गराइएको छ ।
ड्ड घटनाको स्थलगत अनुगमन, पीडितहरूसं अन्र्तवार्ता लिएपछि प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे, एसपि गोविन्दराम परियार, सशस्त्र प्रहरी एसपि पे्रमकुमार पोखरेलको टोलि घटनास्थलमा आईपुगेपछि सो टोलिसंगसंगै इन्सेक प्रतिनिधि सहितको टोलिले निरिक्षण र पीडितहरूसंग सोधपुछ गरियो ।
ड्ड घटनामा संलग्न रहेकाहरूलाई तत्काल कार्वाहीगर्न गिरफ्तार गर्नुपर्ने बिषय र अघिल्लो दिन एसपिसंग आक्रमणको योजना बारे इन्सेक प्रतिनिधिले खबर गर्दा समेत प्रहरीले वेवास्ता गरेको बिषयमा छलफल गरियो ।
ड्ड घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई घटनाको बिषयमा भत्र्सना गर्दै आफ्ना भनाईहरू राखिएकोछ । इन्सेक प्रतिनिधिले घटनाका सम्बन्धमा राखेका भनाईहरू तराई टेलिभिजन, एभिन्यूज टेलिभिजन, सगरमाथा टेलिभिजनले सोहिदिन देखि प्रशारण गरिरहेका छन । यसैगरि जेठ २६ गते प्रकाशित कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकले इन्सेक प्रतिनिधि बिपिन गौतमले घटनाको सम्बन्धमा राखेका बीचार समेटेर नाम सहित समाचार प्रकाशन गरेका छन ।
ड्ड घटनाको भत्र्सना गर्दै इन्सेक प्रतिनिधिले जारी गरेको बिज्ञप्तीको समाचार स्थानीय पत्रिकाहरू हाइवे न्यूज दैनीक, राजदेवी दैनीक, हाइवे फास्ट दैनीक लगायतका पत्रिकाहरूले जेठ २७ गतेको अंकमा प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन ।
ड्ड घटनापछि स्थानीय प्रशासन खासगरि प्रमुख जिल्ला अधिकारी, एसपि र दलित संघसंस्थाका नेताहरूसंग इन्सेक प्रतिनिधिको नियमित सम्पर्क भईरहेको छ । यसै क्रममा घटना घटेको गाउँमा रहेको विवादित मन्दिरमा जेठ २७ गते दलित संघ संगठनका अगुवासहितको उपस्थितीमा बिरोध सभा र मन्दिर प्रवेशको कार्यक्रम राखेको जानकारी भएपछि तत्काल सो कार्य गर्दा जातिय सद्भाव बिथोलिन सक्ने खतरा रहेकाले स्थानीय प्रशासनसंग सो बिषयमा इन्सेक प्रतिनिधिको छलफल भयो । छलफलमा प्रमुख जिल्ला अधिकारीज्यूले दलित नेताहरूलाई तत्काल सो कार्य (मन्दिर प्रवेश र विवादित मन्दिरमा बिरोध सभा) नगर्न इन्सेक प्रतिनिधिले दलित नेतृत्वहरूसंग पहल गर्न आग्रह गर्नु भए अनुसार दलित नेतृत्वसंग इन्सेक प्रतिनिधिले छलफल गरि सो कार्य  तत्कालका लागि स्थगित गराइएको छ ।
ड्ड राष्ट्रिय मानव अधिकार आयोगले सो घटनाको स्थलगत अनुगमन गर्ने भएकाले सो अनुगमन टोलिमा इन्सेक प्रतिनिधि संलग्न रहने कुराकानि भएकोछ ।
०७० जेठ २८ गतेदेखिको अपडेट
ड्ड ०७० जेठ २८ गते राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त क्षेत्रीय निर्देशक बुद्धनारायण साहनी, आयोग केन्द्रिय कार्यालयका अधिकृत दिब्य झा सहितको टोलि २७ गते साँझ रौतहटको चन्द्रनिगाहपुरमा आईपुगेपछि उनीहरूसंग सो घटनाको अध्ययन गर्ने जाने बिषयमा छलफल गरियो ।
ड्ड ०७० जेठ २८ गते बिहान आयोगको टोलिसंगै इन्सेक प्रतिनिधि घटनास्थलको पुनः अवलोकन र सरोकारवालाहरूसंग छलफल गर्न प्रस्थान गरीयो । टोलिले प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे,एसपि गोविन्दराम परियार, सशस्त्र प्रहरी एसपि पे्रमकुमार पोखरेलसंग संयुक्त छलफल गरेको थियो । छलफलमा राष्ट्रिय दलित आयोगका सदस्य सचिव भुवन सुनार समेतको उपस्थिती रहेको थियो ।
ड्ड ०७० जेठ २८ गते बिहान चन्द्रनिगाहपुरमा जागरण मिडिया सेन्टर र राष्ट्रिय दलित आयोगले गरेको पत्रकार सम्मेलनमा उपस्थित भई दलित बस्तिमा चाल्नुपर्ने प्रयासहरूका बारेमा छलफल भएको ।
ड्ड ०७० जेठ २८ गते नै आयोगको टोलिसंग घटनास्थलको निरिक्षण तथा पीडितहरूसंग भेटघाट । गाउँमा सामाजिक सद्धभाव राख्ने बिषयमा स्थानीय पीडितहरूसंग छलफल तथा अन्र्तक्रिया गरियो । अन्र्तक्रियामा इन्सेक प्रतिनिधिले आफ्ना धारणाहरू राखेको । सोहि दिन दलित संघर्ष समितिका पदाधिकारिहरूसंग भेटघाट गरि स्थानीय दलितहरूले भोग्नु परेको समस्या र सामाजिक सद्भाव राख्ने विषयमा आयोगको टोली र इन्सेक प्रतिनिधिद्वारा छलफल भएको । सोहि दिन गृह मन्त्रालयबाट खटाइएको छानविन टोलिसंग इन्सेक प्रतिनिधिको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भेटघाट र घटनालाई कसरि सामान्यीकरण गर्ने भन्ने बिषयमा छलफल भएको ।
ड्ड ०७० जेठ २९ गते बिहान नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित छानविन समितीका पदाधिकारीहरूसंग जिल्ला प्रहरी कार्यालय रौतहटमा भेटघाट । छानविन समितिमा गृह मन्त्रालयका सह–सचिव रुद्रप्रसाद भट्टराई, प्रहरी नायव महानिरिक्षक(डिआईजि) यादव अधिकारी, राष्ट्रिय अनुसन्धान मध्यमान्चल निर्देशक देवराज भट्ट सहित रहेका थिए । सो टोलिसंग घटनाको सम्बन्धमा स्थानीय प्रशासनले चालेका कदमहरू, इन्सेक प्रतिनिधि सहित मानव अधिकारकर्मीहरूले हालसम्म गरेका प्रयासहरूको बारेमा छलफल भएको ।
ड्ड जेठ २९  गते दिउँसो दलित संघर्ष समितिका पदाधिकारीसंग आयोगको टोलिसंगै रहेर समाजिक सद्धभाव कायम, क्षेतिपुर्ति, कानुनि बिषयमा कसरि जान सकिन्छ भन्ने बिषयमा छलफल भएको । दलित संघर्ष समितिद्वारा गैरदलितहरूसंग वार्तामा बस्न इन्कार गरेपछि आयोगको टोलि फर्किएको ।
ड्ड जेठ ३० गते आयोगको टोलिसंगै बसेर दलित र गैर दलितहरूसंग टेलिफोनमा सम्वाद गरियो । गाउँमा त्रासको वातावरण कायम रहेकाले यसलाई चाँडो भन्दा चाँडो किनारा लगाउन दुवैपक्षलाई आग्रह । बार्ताको वातावरण नबनेपछि आयोगको टोलि फिर्ता ।
ड्ड आयोगको टोलि फिर्ता भएपनि इन्सेक प्रतिनिधिले निरन्तर समस्या समाधानका लागि पहल जारी राखेको । यसै क्रममा असार १ गते दलित संघर्ष समितिको जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम रहेकोमा स्थानीय प्रशासनलाई सो कार्यक्रममा अवरोध सिर्जना नगर्न अनुरोध गरियो । सो अनुसार अवरोध स्थानीय प्रशासनबाट घेराउ कार्यक्रममा अवरोध नपु¥याएपछि इन्सेक प्रतिनिधिको सक्रियतामा सोहि साँझ प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा दलित संघर्ष समितिका पदाधिकारी र स्थानीय प्रशासनबीच पहिलो पटक औपचारिक छलफलको प्रारम्भ गराइयो । सो छलफलमा दलित संघर्ष समितीबाट आफ्ना मागहरू प्रस्तुत, प्रमुख जिल्ला अधिकारी उनीहरूको मागप्रति सकारात्मक रहेको सन्देश दिन सफल । यसले दलितहरूमा स्थानीय प्रशासनसंग भएको दूरी घटाउन सहयोग पु¥याएको ।
ड्ड असार २ गते दलित संघर्ष समितीबाट पुनः जिल्ला प्रशासन कार्यालय घेराउ प्रशासनबाट कुनै अवरोध सिर्जना नभएको ।
ड्ड असार ३ गते दलितहरूद्वारा जिल्ला सदरमुकाममा अन्र्तक्रिया कार्यक्रमको आयोजना । अन्र्तक्रया कार्यक्रममा प्रजिअ सहित राजनैतिक दलका प्रतिनिधिहरूद्वारा सामाजिक सद्भाव कायम राख्न आग्रह । गैर दलितहरूसंग समन्वय गरि वार्ताको वातावरण बनाउन इन्सेक जिल्ला प्रतिनिधिलाई प्रजिअबाट आग्रह । सो बमोजिम इन्सेक प्रतिनिधिबाट गैर दलितहरूसग सम्पर्क गरि वार्ता टोलि बनाउन आग्रह ।
ड्ड इन्सेक प्रतिनिधिको आग्रह बमोजिम गैर दलित समुदायबाट ६ सदस्यीय वार्ता टोलि गठन भएको जानकारी । सो टोलिसंग ०७० असार ४ गते साँझ प्रजिअको कार्यकक्षमा इन्सेक प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष र कान्तिपुर सम्वाददाता सहितको उपस्थितीमा वार्ता भएको । गैर दलितहरू समस्या समाधान गर्न तत्पर । त्यसको लागि गैर दलित समुदायबाट घटनाको सम्बन्धमा माफि माग्ने, दलितहरूको भएको क्षेतिपुर्ति उपलव्ध गराउने र सामाजिक सद्भाव कायम राख्न सहमत भएको जानकारी गराएको । मन्दिरमा दलितहरूको सहज पहुँको लागि दुवै पक्ष वार्तामा बसेपछि छलफल गरिने प्रतिवद्धता व्यक्त । दलित समुदायसंग छलफल गरि संयुक्त वार्तामा बस्ने वातावरण मिलाउन इन्सेक प्रतिनिधिलाई जिम्मेवारी दिइयो ।
ड्ड इन्सेक प्रतिनिधिबाट दलित संघर्ष समितिलाई सो कुराको जानकारी गराएपछि ०७० असार ५ गते दिउँसो संघर्ष समितिसंग इन्सेक प्रतिनिधिको वार्ता हुने तय भएको छ । त्यस वार्तापछि दलित र गैर दलितहरू बीच संयुक्त वार्ता गराई स्थानीय प्रशासनको समेत उपस्थितीमा घटना घटेको गाउँमा गई संयुक्त कार्यक्रम गरिने योजना रहेको छ ।
सामाजिक सद्धभाव कायम राख्नका लागि वार्ता गर्दा कानुनि कार्वाहीका लागि कुनै सम्झौता नगरिने, मन्दिरमा दलितहरूको सहज पहँुचका लागि कुनै सम्झौता नगरिने न्यूनतम शर्तहरू राखिएको छ । कानुनि कार्वाहिका सम्बन्धमा घटनामा संलग्न रहेकाहरू मध्ये जाहेरीमा नाम परेका मध्ये हालसम्म तिनजनालाई प्रहरीले गिरफ्तार गरेको छ । सो घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटमा जातिय छुवाछुत, ज्यान मार्ने उद्योग र डाँका समेत गरि तिनवटा मुद्दा दर्ता भएको छ ।

स्रोत ः इन्सेक

Thursday, June 27, 2013

स्वर्गिय जननेताको संझनामा बृक्षारोपण

कालिकास्थान,  रसुवा

मदन भण्डारी फाउण्डेसनको आयोजनामा धैबुङ्ग गाविस –४ कटुन्जेमा बृक्षारोपण सम्पन्न भयो ।

स्वर्गिय जननेता मदन भण्डारीको  ६२ औ जन्म जयन्तीका अवसरमा नेकपा एमाले जिल्ला कमिटी सदस्य भवानी न्यौपाने, मदन भण्डारी फाउण्डेसन जिल्ला शाखाका सचिव सुष्मा न्यौपानेलगायत स्थानीय  शुभ चिन्तकहरुको सहभागितामा १ सय ५० बोट किम्बुको बिरुवा रोपिएको हो ।
स्वर्गिय जननेताको संझनामा बृक्षारोपण गरिएको फाउण्डेशनका सचिव न्यौपानेले बताइन् ।

अनियमितता लुकाउन खोज्दा पर्दाफास

बिनोद पौडेल /धुन्चे, रसुवा

वाटो निर्माणका लागि गठन भएको उपभोक्ता समितिका सदस्यहरूले विकास निर्माणको रकम हिनामिना गरेको खुलासा भएको छ ।
अधिकारका लागि पहुँच रसुवाले रसुवा जिल्लाको डाडागाउँ,  ठुलोगाउँ र लहरेपौवा गाविसमा संचालन गरेको सार्वजनिक वहसमा उपभोक्ता समितिका २७ जना पुर्व सदस्यहरूले प्रतिव्यक्ति १२ हजार रुपैयाका दरले वाडफाडँ गरि रकम हिनामिना गरेको खुल्न आएको हो । डाडागाउँ–ठुलोगाउँ–करुम¥याङ्ग कृषि सडक आयोजनाका वारेमा भएको वहसमा समितिका सदस्यहरूले लुकाउन खोज्दाखोज्दै यो विषयमा वृहत छलफल भएको थियो । छलफलका क्रममा गाविस सचिव र वर्तमानको उपभोक्ता समितिले एक साताभित्र समितिका सवै सदस्यहरूलाई पत्राचार गरि हिनामिना गरिएको रकम समितिमा पुनःफिर्ता गराउन पहल आरम्भ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहत स्थानीय शासन तथा उत्तदायि संयन्त्र अन्र्तगत अधिकारका लागि पहुँच नेपालले स्थानीय विकास निर्माण तथा सेवाको समुदायमा आधारित अनुगमन शिर्षकमा ३ वटा आयोजनामा वहस संचालन भयो । जिल्लाको डाडागाउँ गाविसमा गाविसस्थित निर्माणाधिन वर्थिङ सेन्टर, ठुलोगाउँ स्थित सरस्वती प्रा.वि.मा ठुलोगाउँ–डाडागाउँ–करुम¥याङ्ग कृषि सडक आयोजनाको वारेमा र लहरेपौवा गाविसमा वोगटीटार–सिम्ले–भोर्ले–पाच्र्याङ्ग कृषि सडक आयोजनाका वारेमा वहस संचालन भएको थियो । २०७० वैशाखदेखि आरम्भ भएको कार्यक्रममा २ महिना लामो स्थलगत अध्ययन पछि आयोजनाका वारेमा सार्वजनिक वहस संचालन गरिएको हो । हरेक आयोजनाले सामाजिक परिक्षण गर्नुपर्ने वाध्यकारी निति भएतापनि उपभोक्ता एवं ठेकेदारहरूले सामाजिक एवं सार्वजनिक परिक्षण नगरिकनै पनि फरफारक हुने गरेको छ ।

गाविस सचिव, राजनितिक दलका प्रतिनिधिहरू, ठेकेदार, उपभोक्ता समितका पदाधिकारीहरू, जिल्लाका प्रतिनिधिहरू जवाफदेहि व्यक्तिका रुपमा रहेको सार्वजनिक वहसका वक्ताहरूले यस्तो कार्यक्रमले पारदार्शिता एवं वित्तिय शुसासनमा सघाउ पुरयाने भन्दै निरन्तरतरताको माग गरेका थिए । गतवर्षवाट आरम्भ भएको जिल्ला÷गाविस÷नगरपालिका स्तरीय वहसहरूले जनतामा समेत उमंग छाएको सहभागिहरूले प्रतिक्रिया दिएका थिए । 

असार पन्ध्र, रोपाइँ, जन्मदिन र दही चिउरा

गाईको दाम्लो, भैंसीको दाम्लो किलाको किलै छ, किलाको किलै छ
अलैंची  दाना बाडौंला भन्थें हात मेरो हिलै छ ।हात मेरो हिलै छ....... अलैंची  दाना बाडौंला भन्थें हात मेरो हिलै
छ ।
वि.सं २०६८ को असार १५ मा पर्मेली रोपाहारहरूले गाएको असारे गीतलाई मैले यहाँ
थपक्कै टिपेर राखें । असार महिना, मानु रोपेर मुरी उब्जाउने तयारी महिना । आलीमा उभिएर रोपाहारलाई हिलो छेप्ने महिना अनि दाँदेमा चढेर ह माले भन्दै पानी र हिलो छताछुल्ल बनाउने महिना । पानी पर्दा घुम ओढेर रूखको छहारीमा बसेर साथीहरूसँग मिली गीत र श्लोक गाउने महिना । ६/७ वर्षअगाडिका ७/८ वर्षयस्तै गरी बिते असार, साउनका महिना ।
असारभरि नै  नेपाली किसानहरूको लागि अति नै महत्वपूर्ण  महिना हो । खेतभरि खेताला वा पर्मेलीहरू आ-आफ्नो काममा व्यस्त हुन्छन् । खेताला वा पर्मेली भन्नाले बाउसे, आली लगाउने, रोपाहार, हली र कुना खन्ने मान्छेहरूको समूहलाई बुझाउँदछ ।
विशेषत: असार १५ नेपालीका लागि मात्र नभएर नेपालमा आउने विदेशीहरूका लागि माझ  एउटा पर्वको रूपमा स्थापित भईसकेको छ । विभिन्न पर्यटन व्यवसायीहरूको अगुवाईमा देशका विभिन्न ठाउँमा रोपाइँ महोत्सव पनि हुने गरेको छ । वर्षौभरि खेतीपातीमा काम नगर्ने मान्छेहरू पनि यस दिन रोपाइँमा गएर आली लगाउने, बाउसे गर्ने, धान रोप्ने र  हिलो खेल्ने अनि दहीचिउरा खाएर असारे भाखामा गीत गाउने गर्छन् । युवायुवतीदेखि प्रौढ अवस्थाका सबै मानिसहरूलाई असार १५ ले आकषिर्त गरेको हुन्छ ।

मैले थाहा पाएदेखि नै असार १५ मेरा लागि अविष्मरणीय दिनको रूपमा रहँदै आएको छ । असार १५ जन्मदिन भएकोले मलाई यो अवसर मिलेको हो । हजुरआमा, आमा र बुबाले मलाई जहिले पनि जन्मेको ठाउँमा बसेर दही चिउरा खान दिएपछि मात्र उहाँहरूले खानुहुन्छ । सानैदेखि हजुरआमाले भन्नुहुन्थ्यो "असार १५ मा जन्मेको मान्छे यस दिन जहाँ भए पनि दहीचिउरा खान जन्मेको थलोमा आई पुग्छन् रे ।त्यसैले म पनि सकेसम्म असार १५ मा घरमा नै हुने र रोपाइँमा जाने,जन्मेको मझेरीमा  बसेर दही चिउरा खाने जमर्को गर्छु ।  मैले हेक्का राखेसम्म मलाई लाग्छ मैले जम्माजम्मी ३ वटा असार १५ बाहिर बिताएको छु ।  See this on Meroreport.net and Blogging for Conservation

Wednesday, June 26, 2013

स्वास्थ्य संस्थालाई जग्गादान

यार्सा, रसुवा   । यहाँका स्थानीयलाई स्वास्थ्योपचारमा सुविधा पुर्याउन एक स्थानीय समाजसेवीले स्वास्थ्य संस्थालाई जग्गादान गरेका छन् ।
यार्सा गाविस वडा नं २ निवासीले वयोवृद्द  समाजसेवी ७४ बर्षिय लछिन लामाले आफ्नो स्वामित्वमा रहेको यार्सा वडा नं. १ को कि नं. ९११ को पुरै एक रोपनी पन्ध्र आना जग्गा स्वास्थ्य चौकीलाई दान गरेका हुन् ।  


स्वास्थ्य चौकी प्रमुख जानुका न्यौपानेने लामाले संस्थालाई जग्गा पास गरिसकेकोले भवन निर्माणको प्रकृया अगाडि बढाईने बताएकी छिन् । 

वर्षायाममा सडक खुलाउन सहमत

धुन्चे, रसुवा, असार १२,  पासाङल्हामु मार्गको मूलखर्क र राम्चे सुचारु गर्न पहल कदमी सुरु भएको छ । १० गते प्रजिअ वासुदेव घिमिरेको अध्यक्षतामा साञ्जेन जलविधुत् डिभिजन सडक कार्यालय र प्रमुख राजनैतिक दलका प्रतिनिधिका रोहवरमा सम्पन्न बैठकले बर्षायाममा हुने सम्भावित पहिरो व्यवस्थापन गर्न डिभिजन सडक कार्यालयको जेसिवि र मूलखर्क तर्फ साञ्जेन जल विध्धुत कम्पनीको स्काभेटर मेसिन राख्ने सहमति भएको छ ।

नियमित अह्रोरात्र सडक सुचारु गर्न सञ्चालन गरिने उपकरणका लागि चाहिने डिजेल व्यवस्थापनको लागि धुन्चेस्थित हिमालय स्प्रिङ वाटर रसुवागढी जलविधुत आयोजनामा माथिल्लो त्रिशूली पनि जलविधुत आयोजना र चिलिमे जलविधुत कम्पनिले आपुर्ति मिलाउन आग्रह गर्ने निर्णय भएको छ । बैठकमा नेकपा ए माओवादीका सेक्रेटरी माधव लामिछाने (समिर),नेपाली काँगेसका सभापति लामा कार्पु तामाङ,एमालेका अध्यक्ष्य छेवाङ तेन्जिङ तामाङ, स्थानीय विकास अधिकारी  ज्ञानराज पाण्डे, साङजेन जलविधुत् आयोजनाका आयोजना प्रमुख राम गोपाल सिवाकोटी, डिभिजन सडक प्रमुख दिपक श्रेष्ठ समेतको उपस्थित रहेको थियो ।
चेतना मूलक नाटक सम्पन्न
धुन्चे, रसुवा
बढ्दो मानव तस्करी तथा बेचविखन न्यून गर्न रसुवाका गाउँ गाउँमा चेतना मूलक नाटक प्रदर्शन गरिएको छ ।
जिविसको युवा साँझेदारी कार्यक्रममार्फत उदयीमान सामाजिक विकास युवा समाजले यार्सा, सरमथली र राम्चेमा मानव तस्करी तथा बेचविखन बिरुद्ध सडक नाटक प्रस्तुत गरेको हो । उमेर नपुग्दै नागरिकता र राहदानी दिएर विदेश जाने तथा बिभिन्न प्रलोभनमा फसेर विदेशमा पीडित हुनु पर्ने हुनाले वैदेशिक रोजगारीमा जानु अघि मान्यता प्राप्त संस्थाबाट तालिम लिएर मात्र जानु पर्ने अन्यथा विदेशमा धेरै नेपालीहरूले पीडित हुनु परेको विषयमा चेतनामुलक नाटक प्रदर्शन गरिएको संस्थाका अनन्त न्यौपानेले बताए । राम्चेमा भएको कार्यक्रममा जिविसका कार्यक्रा अधिकृत कृष्ण विक, जिल्ला खेलकुद विकास समितिका कल्पना तामाङ, माईती नेपालका सहदेव तिवारी सहभागि थिए ।

Tuesday, June 25, 2013

स्वास्थ्य सेवामा जनचासो बढ्दो

धुन्चे, रसुवा, असार १२ । 
हिमाली जिल्ला रसुवाका नागरिकहरूको स्वास्थ्य सेवा प्रतिको चासो बढेको पाईएको छ । स्थानीयले गाउँतहमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्वास्थ्य संस्थाको भवन निर्माणका लागि जग्गा दिन समेत थालेका छन् ।
रसुवाको यार्सामा सञ्चालित स्थास्थ्य सेवाको सामाजिक परीक्षण कार्यक्रममा भएको छलफलपछि स्थानीय बुद्धिजिवी राजाराम थोक्राले गाउँमा स्तरीय स्वास्थ्य सेवाका लागि १ रोपनी १५ आना जग्गा निःशुल्क प्रदान गर्ने घोषणा गरे । उनले आफ्नो बाबु पूर्व जिविस सभापति लछिन लामाको नाममा जग्गा तत्कालै पास गरेर स्वास्थ्य संस्थालाई गरेका हुन् । गाउँलेको स्वास्थ्य सेवाका लागि उनले निःशुल्क जग्गा दिएको बताए । स्वास नेपाल तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा भएको सामाजिक परीक्षणका क्रममा भएको छलफलबाट गाउँ गाउँमा आमा तथा मातृ शिसु मृत्यु दर न्यन गर्न सुरक्षित सुत्केरी केन्द्र खोल्ने र दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग बढेको छ ।

केही स्वास्थ्य चौकीमा दरवन्दी अनुरुप स्वास्थ्यकर्मी नभएपनि करारमा रहेका केही स्वास्थ्यकर्मीले सेवा प्रदान गरेको र तत्काल दरवन्दी परिपूर्तिका लागि प्रयास भैरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा रमेश खरेलले जानकारी दिनुभयो । रसुवाका आठ वटा स्वास्थ्य संस्थामा सामाजिक परीक्षण सम्पन्न भएको र स्वास्थ्य सेवामा पहुँच बढाउन स्थानीयको अझै गुणस्तरीय स्वास्थ्य सेवाको माग बढेको जिल्ला स्वास्थ्य कार्यालयका नाराण पौडेलले बताए । जिल्लाका आठ स्वास्थ्य चौकीहरूमा भएको स्वास्थ्य संस्थाको सामाजिक परीक्षण कार्यक्रम स्थानीय नागरिकले अत्यावश्यक स्वास्थ्य सेवाका लागि गाउँमा सुरक्षित प्रसुति केन्द्र खोल्नु पर्ने, दरबन्दी अनुसारको कर्मचारी ब्यवस्था हुनु पर्ने माग गरेका छन् ।

पुनर्वास गराउने निर्णय फिर्ता गर्न माग गर्दै नुवाकोट र रसुवा बन्द

असार ११ - विस्थापितलाई पुनर्वास गर्न दिने सरकारी निर्णयको विरोध गर्दै छिमेकी नुवाकोटस्थित विदुर नगरपालिका वडा नम्बर ६ इनारपाटीका स्थानीयवासीले पासाङ ल्हामु मार्ग त्रिशूली र विदुर बन्द गराएका छन् । बन्दका कारण रसुवाबाट संचालित सम्पूर्ण निजी र सार्वजनिक यातायात बन्द भएको छ । 

रसुवाका निजी तथा सार्वजनिक सवारी साधन नुवाकोटको विदुर नगरपालिका हुदै राजधानी जाने बाटो पर्छ । नुवाकोटको किङताङका ५ सय धुरीलाई विनपा ६ खम्बाक्याम्पमा हालै सरकारी निर्णय अनुसार ७ सय रोपनी जग्गामा किङताङवासीलाई राख्ने भएपछि इनारपाटीका स्थानीयले अनेत्रै बसोबास गराउन माग गर्दै विरोधमा उत्रेका हुन् । नुवाकोट सदरमुकाम विदुरबाट १५ कोस पश्चिमोत्तर क्षेत्रमा रहेको किङताङगाउमा २०५६ सालमा पहिरो गएपछि स्थानीयवासी विस्थापित भएका थिए ।

By Salina Acharya 

चौरी पालनतर्फ आकर्शित गर्न कृषकलाई सामाग्री वितरण

 हेमनाथ खतिवडा, धुन्चे , रसुवा


हिमाली जिल्ला रसुवाको लाङटाङमा चौरी पलक कृषकहरुलाई दुग्ध विकास संस्थानले वर्षादी, गम बुट, नुन र बाल्टिन वितरण गरेको छ ।
कृषकहरुलाई चौरी पालन तर्फ आकर्शित गर्न संस्थानले सामाग्री वितारण गरेको हो । पर्यटकीय क्षेत्रमा बढ्दो पर्यटक आगमनसँगै दुग्ध जन्य पदार्थको उत्पादन बढाउन तर्फ किसानहरुलाई दुध दुहुने बाल्टिन, गोठालोलाई वर्षादी तथा गम बुट र चौरीगाईलाई खुवाउन नुन वितरण गरिएको क्यान्जिङका चिज उत्पादन केन्द्र प्रमुख कग्याल्बो तामाङले बताउनुभयो । एक कार्यक्रमका बीच ९ सय किलो नुन, ३२ जनालाई एक एक थान बाल्टिन, गम बुट र वर्षादी बितरण भएको कृषक समुहका अध्यक्ष तेन्जेन लामाले बताए । सामाग्री बितरण तथा पेश्की रकमले चौरी पाल्न प्ररित गरेको छ उनले भने ।
दुग्ध जन्य उत्पादनको सम्भावन हुँदा पनि कृषकहरुले चारी पालनको अलवा अन्य पेशा रोजे पछि यहाँका कृषकहरुलाई चौरीपालन तर्फ आकर्शित गर्न वर्षभरी उत्पादन हुने दुधको रकम अग्रीम पेश्की दिएको पनि उहाँले बताउनुभयो । अहिले ३२ जना कृषकहरुले तीन सय वटा चौरी पालन गरिरहेका छन् । पेश्की दिन थालेपछि यस वर्ष ६ जना नयाँ कृषकले चौरी पालन सुरु गरेका छन् । यसवर्ष दैनिक ४ सय लिटर दुध कृषकले चिज केन्द्रमा बिक्रीका लागि ल्याउने गरेका छन् । गतवर्ष २ सय पचास लिटर मात्र दुध नियमित बिक्रीका लागि आउने गरेको चिज उत्पादन केन्द्रले जनाएको छ । स्वदेशी तथा विदेशी पर्यटकले यहाँ उत्पादत याक चिज र दहि निकै मन पराउने भएकोले दुग्धजन्य उत्पादन बढाउन आकर्शक कार्यक्रम ल्याउन आवश्य रहेको कृषकहरुको माग छ ।
अहिले प्रति लिटर ५० रुपैयाँसम्म पाएको र यसको मुल्य बृद्धि गरी ६० रुपैयाँ हुनु पर्ने र यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने स्थानीय कृषकहरु बताउछन् । 

रसुवा अस्पतालमा आकस्मिक रक्त सञ्चार सेवा सुरु

 धुन्चे, असार ११ गते । रसुवा डिजिटल खबर
रगतका समस्याका कारण यहाँ उपचार गर्न आउने विरामीलाई अन्यत्र रिफर गर्न नपरोस् भन्ने उद्धेश्यले रसुवा जिल्ला अस्पतालले आजदेखि "आकस्मिक रक्त सञ्चार सेवा" सुरु गरेको छ । उपचार गर्न आउने विरामीहरूले रगतको खाँचो पर्ने भएपछि उक्त सेवा सुरु गरिएको कार्यालय प्रमुख  रमेशकुमार खरेलले बताउनु भयो ।

अस्पतालको आफ्नै पहलमा सुरु गरिएको उक्त सेवामा प्रत्येक रगत समूह व्यक्ति पहिचान गरी आवश्यक पर्दा रगतदानका लागि आग्रह गर्ने र प्रत्येक समूहका रगतहरू स्टक राखिने पनि खरेलले जानकारी दिनुभयो । प्राप्त रगत ३४ दिनभित्रमा प्रयोग गरिसक्नुपर्ने भएकोले जिल्लालाई स्टक राखी अन्य रगतहरू नुवाकोट तथा देशका अरु रक्त सञ्चार सेवा केन्द्रहरूलाई दिने पनि बताइएको छ ।

सो सेवा सञ्चालन गर्नको आवश्यक पूर्वाधार  दक्ष डक्टरको व्यवस्थापन भईसकेको र आवश्यक  पर्ने रगत दिनको लागि सम्पूर्ण  नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरूलाई अस्पतालले अनुरोध गरेको छ । यो सेवा सञ्चालन पछि छिट्टै नै अल्ट्रासाउण्ड र अपरेसनको सेवा पनि सञ्चालन गर्न लागिएको बताईएको छ ।

आकस्मिक रक्त सञ्चार सेवा उद्घाटन समारोहमा रगत के हो, किन दान गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । आकस्मिक रक्त सञ्चार सेवा सञ्चालनको लागि कार्यालय प्रमुख खरेल तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीलगायतले रगत दान गरेका थिए ।

Monday, June 24, 2013

विभिन्न जिल्लामा पर्यटन रोपाइ महोत्सबको तयारी

काठमाडौं, असार १० गते । साभार
असार १५ नजिकिंदै गर्दा कृषि र कृषिसँग जोडिएका पर्वहरुलाई पनि पर्यटनको अभिन्न पाटो बनाउनुपर्छ भन्ने मान्यताका साथ नेपालका विभिन्न जिल्लाहरुमा रोपाइँ महोत्सवको भव्य तयारी शुरु भइरहेको छ ।  

असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा नेपाली कृषकहरुले लिने गरेका छन् । विभिन्न असारे भाकामा गीत गाउँदै ग्रामीण भेगमा अझै पनि रोपाइँ गरिने प्रचलन कायम नै छ । कतिपय ठाउँमा असार १५ दही च्युरा खाएर रोपाइँ गर्ने दिनका रुपमा परिचित छ । यही कृषि पर्वलाई अखिल नेपाल किसान महासंघले रोपाइँ महोत्सव र नेपाल कृषि अनुसन्धान परिषद्ले धान दिवसका रुपमा मनाउन थाले भने पर्यटन ब्यवसायीले पोखरामा रोपाइँ महोत्सवका रुपमा मनाउन शुरु गरी पर्यटकलाई पनि हिलोमा लडीबुडी गराउन थालेका हुन् ।   

दश वर्षदेखि असार १५ मा हरेक वर्ष पोखरामा हुँदैं आएको रोपाइँ महोत्सवको तयारी शुरु भइसकेको जानकारी दिंदै पोखरा पर्यटन परिषद्का अध्यक्ष टिकाराम सापकोटा भन्नुहुन्छ– “अहिले हामी तयारीका लागि खेतमै छौं, धमाधम काम भइरहेको छ ।’’ रोपाइँ महोत्सवका लागि १० रोपनी खेत छुट्याइएको जानकारी दिँदै उहाँले भन्नुभयो– “यस वर्षको महोत्सवमा दुई सय विदेशी पर्यटक आउने निश्चित भइसकेको छ भने अन्य हजारौं दर्शक पनि महोत्सवमा आउँछन् ।’’

अघिल्ला वर्षहरुमा कास्की, गोरखा, लमजुङ र रसुवामा रोपाई कार्यक्रम गरेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले यो वर्ष पहिलो पटक पर्यटन बोर्डको सहयोगमा पूर्वाञ्चलका विभिन्न जिल्लामा असार १२ देखि १६ गतेसम्म रोपाई महोत्सव गर्ने तयारी गरिसकेको छ । भिटोफका अध्यक्ष शिव लामिछानेले कृषिसँग जोडिएका पर्वहरुलाई पनि पर्यटनसँग जोडिनुपर्ने तर्क गर्दै सोही अनुरुप आफूहरुले यो वर्ष यसलाई अझ व्यापक बनाउने क्रममा विराटनगर पुग्ने योजना बनाएको बताउनुभयो । 

चितवनका क्षेत्रीय होटल संघका अध्यक्ष नारायण भट्टराईले हरेक वर्ष झैं यस वर्ष पनि चितवनमा असार १५ मा रोपाइँ महोत्सव गर्ने जानकारी दिदैं यसका लागि के कति पर्यटक भिëयाउने भन्ने चाहिं योजना बनिनसकेको बताउनुभयो । चरा अध्ययन समाज(बेस) ले हरेक वर्ष रोपाइँ महोत्सव गर्ने गरेको जानकारी दिदैं उहाँले भन्नुभयो– “उहाँहरुलाई चितवनका सबै पर्यटन व्यवसायीले सहयोग गर्छौ ।’’

पोखरामा अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि रोपाइँ महोत्सवका लागि हिलोमा पर्यटकहरुको दौड प्रतियोगिता, मनोरञ्जनात्मक खेलहरु, असारे गीतहरु महोत्सवका आकर्षण हुने सापकोटाले बताउनुभयो । 

कृषिमा आधुनिकीकरण हुँदै गइरहेको सन्दर्भमा परम्परागतरुपमा धान फलाउने तरिका, गोरुले जोतेका दृश्यहरुले पर्यटकलाई आकर्षण गर्ने गरेको सापकोटाको अनुभव छ । उहाँ भन्नुहुन्छ –“रोपाइँ महोत्सव हेर्नकै लागि हरेक वर्ष अमेरिकाको नोट्र डेम विश्वविद्यालयका विद्यार्थीहरु, अमेरिका, युरोप र जापानलगायत अन्य देशका पर्यटकहरु पनि आउने गरेका छन् ।’’

महोत्सवका दिन नेपाली परम्परागत खाजाहरु खुवाइनुका साथै पर्यटकका लागि यातायातको पनि व्यवस्था मिलाइसकिएको जानकारी दिदैं उहाँले महोत्सवका दिन जिल्लाका उत्कृष्ट कृषकहरु, विभिन्न मनोरञ्जनात्मक प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत पनि गरिने बताउनुभयो । 

लामिछाने पछिल्लो पुस्ताले चामल कहाँबाट आउँछ भन्दा बोराबाट भन्ने अवस्थाको सिर्जना भएकोले नयाँ पुस्तालाई कृषि उत्पादनको वास्तविकता बुझाउन पनि यो महोत्सवलाई भव्य र व्यापक बनाउन लागिएको बताउनुहुन्छ । 

उहाँले कृषि र कृषि उत्पादनसँग जोडिएको विविध पक्षलाई ग्रामीण पर्यटनका माध्यमबाट उजागर गर्नका लागि यस्ता पर्वलाई महोत्सवका रुपमा मनाउँदा अरुको चासोको विषय बन्न सक्ने बताउनुभयो । त्यसैगरी  उहाँले दाइँ महोत्सव लोप हुन लागेकाले यसका लागि मङ्सिरमा दाइँ महोत्सव पनि गर्ने तयारीमा भएको जानकारी गराउनुभयो । 
सविता शर्मा,  

चट्याङबाट दुई घाईते

धुन्चे, रसुवा १० असार,
रेडियो रसुवा ,रसुवाको दक्षिणी भोर्ले गाविसमा परेको चट्टयाङले दुईजना घाईते भएका छन् । आईतबार साँझ परेको चट्टयाङले भोर्ले गाविस वडा नं ३ का राम तितुङ र पासाङमेन्दो तितुङघाईते भएका हुन् । घरमा चट्टयाङ परेपछि त्यसको असरले बेहोस उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ । रामबहादुर भने अझै होसमा नआएको र हातमा चोट लागेको पासाङमेन्दो भने होसमा आएको स्थानीय फुर्पा तामाङले जनाकारी दिए । चट्टयाङबाट स्थानीय धर्म तामाङका् विद्युत मीटरमा क्षती पुगेको र एउटा बाख्रा मरेको पनि स्थानीयले जानकारी दिएका छन् ।

Saturday, June 22, 2013

रसुवाको जिविस र गाविसमा काम ठप्प

असार 9, धुन्चे, रसुवा । विभिन्न ६ बुँदे माग राखी स्थानीय मन्त्रालय अर्न्तर्गतका स्थानीय निकायहरू असार 9 र १0 का लागि सांकेतिक रूपमा सम्पूर्ण कामकाज ठप्प पार्ने निर्णय अनुसार रसुवाको जिविस तथा गाविसका काम पनि ठप्प पारिएको छ । स्थानीय निकाय संयुक्त आन्दोलन केन्द्रीय समिति काठमाडौंले प्रेस विज्ञप्ती जारी गरी उक्त जानकारी दिएको हो ।

समितिले आफ्नो माग सम्बोधनका लागि विभिन्न भद्र आन्दोलनका कार्यक्रमबारे सरकारलाई जानकारी गराएको तर सरकारले कुनै चासो नदेखाएकोले उक्त बन्द गरिएको बताईएको छ ।  यस पश्चात पनि कुनै सम्बोधन नभए अनिश्चितकालीन बन्द गर्ने पनि विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा स्थानीय निकायमा कार्यरत  कर्मचारीले आ-आफ्नो पहिचान, आत्म सम्मान र न्यायका लागि बन्दका कार्यक्रम सफल पार्न आ-आफ्नो तर्फाट निर्णायक  भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।


स्थानीय निकायलाई आर्थिक अधिकार सम्पन्न बनाउनु पर्ने, स्थानीय शासन स्वायत्र नियमावली पाँचौं संशोधन निस्वार्थ कार्यान्वयन गराउनु पर्ने, स्थानीय निकायका कर्मचारीको पेशागत हकहित तथा सुरक्षा हुनुपर्ने, नेपालगञ्जलगायकतका स्थानीय निकायका बर्खास्त गरिएका कर्मचारीलाई पुनर्वहाली गरी कानून बमोजिम छानबीन गर्नुपर्ने, स्थानीय निकायको सवलीकरण, सुदृढिकरण र सहज कार्य सम्पादनका लागि बाझिएका ऐन खारेज गरिनुपर्ने तथा तत्काल स्थानीय निकायको निर्वाचन गरिनुपर्ने, निर्वाचन नभएसम्मका लागि स्थानीय निकाय सञ्चालनका लागि प्रभावकारी व्यवस्था गरिनुपर्नेसहितका माग राखिएको छ ।

संरक्षण खै ? कहिले र कसले ? (साताको तस्वीर)

  गोसाइँकुण्ड जाँदा चोलाङपाटीको अलि माथि लौरिविनाभन्दा तल तथा लौरिविनाको होटलभन्दा माथि भरखरै बनाईएको तीर्थालु बस्ने आश्रम वा पार्टीको छाना यसरी भत्किएको छ । यसको संरक्षणमा न त स्थानीय चासो छ न जिल्लाका निकायका । जनै पूणिर्माका मेलामा यसले धेरै तीर्थालुलाई आश्रय दिन्छ । बेलैमा यसको मर्मत गर्न ध्यानाकर्षण गराउँदछौं ।





रसुवाको विकासको सूचक

हिजोसम्म दुर्गमअशिक्षित र दुरदजारको संज्ञा पाएको रसुवा आज एकाएक धेरैको नजरमा अगाडि आएको छ । देशका विभिन्न पाटोमा रहेका नेपालीले रसुवालाई पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चिन्दै आएका छन् । केही वर्षयता रसुवाको नामसँगै जलविद्युतको नाम पनि गाँसिदै आएको छ । अझ भन्दै पर्दा रसुवाको नाममा पर्यायी बनेर चिलिमे जलविद्युत केन्द्र आएको छ । यी थोरै नाम वा सम्पदाले चिनिएको रसुवा राजधानीको अस्तव्यस्त शहरबाट दूरीका हिशावले जति नजिक छत्यति नै सफल सम्भावनाका हिशावले पनि नजिकै छ । दुई ठूला छिमेकी मुलुक चीन र भारतको सामञ्जस्यता गर्नको लागि रसुवागढी नाकाको नामले पनि दशकौंदेखि रसुवा  आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ ।



चिलिमे जलविद्युत केन्द्रले रसुवालीलाई मात्र नभई देशका विभिन्न दुरदराजमा रहेका नागरिकलाई सेयर वितरण गरेर मालिक बनाएको छ । आफ्ना नागरिकलाई नजिक बनाउँदै आफ्नो  निर्धारित लक्ष्यभन्दा बढी उपलब्धिलाई हात पार्न सफल भएको छ चिलिमे जलविद्युत केन्द्र । चिलिमे जलविद्युत केन्द्र आव २०६७/६८ मा १३ करोड२७ लाख ९५ हजार युनिट उत्पादन गर्न लक्ष्य निर्धारण गरेकोमा १५ करोड १ लाख १० हजार युनिट उत्पादन गर्न सफल भएको पन्ध्रौं वाषिर्क प्रतिवेदनमा भनिएको छ । उत्साहजनक उपलब्धिलाई  हात पार्दै रसुवागढीमध्ये भोटेकोशीसाञ्जेन र माथिल्लो साञ्जेन गरी २७० मेगावाट जलविद्युत उत्पादन  तथा विक्रीको  लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको चिलिमेले अझ बढी रसुवावालीको विकासका निमित्त आफ्ना पाइलाहरू अगाडि बढाउँदै छ ।

क्यान्जेन गुम्वा पर्यटकीय स्थल
रसुवाको विकास वा जनताको जीवनयापनमा सहयोग पुर्याउँदै आएको पर्यटन व्यवसाय रसुवालीको लागि भाग्यरेखाको रूपमा रहेको छ । लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा केन्द्रीत पर्यटन व्यवसायले विस्तारै जिल्लाका अरु क्षेत्रलाई पनि समेट्दै छ । रसुवाको माथिल्ला क्षेत्रमा होस् वा तल्ला क्षेत्रमा होस् सायद पर्यटनसँग सम्बन्ध नराख्ने वा नरहेका व्यक्तिहरू कमै होलान् ।  कोही अवसर पाएर यस क्षेत्रबाट आफ्नो भाग्यरेखा लम्ब्याउँदै छन् भने कोही बाध्यताले पेशामा आवद्ध भई आफ्नो जीवन गुजारालाई सहज बनाउँदै छन् । दशकौंदखि पर्यटकीय चाप भएका क्षेत्रमा रहेका जनताले व्यक्तिगतसामाजिक दुबै खालका विकास तथा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन् ।

रसुवागढी नाका
जलविद्युत र पर्यटन क्षेत्रले रसुवाको विकासमा जे जति योगदान पुर्याउन सक्छन् वा सम्भावना देखिएको छत्यत्ति नै रसुवागढी नाकाको पनि छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग निर्माण गरी यी दुबै देशबीच व्यापारिक सम्बन्ध स्थापित गर्न यो नाका आतुर देखिन्छ । रसुवागढी नाकाको विकास तथा विस्तारबाट आर्थिक मात्र नभई दुई ठूला देशहरू बीच आपसी सम्बन्ध विकास गर्न पनि सहयोग पुग्नेछ भन्नेमा हामी विश्वास गर्न सक्छौं । 

रसुवालीको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चिलिमे जलविद्युत केन्द्रपर्यटन व्यवसाय तथा रसुवागढी नाकासँगै विभिन्न सम्भावनाहरू रहेका छन् । जलविद्युत विकासका हिशावले सम्भावना रहेका वा विकासका निमित्त सूचिकृत विविध जलविद्युत केन्द्रहरूले रसुवालीका चुल्हो चौका उज्यालो पार्न सकोस् । खाना बनाउनको लागि प्रयोग हुँदै आएका इन्धन दाउराको प्रयोगमा कमी ल्याउन सकोस्,जसका कारण वनको संरक्षणसँगै जलविद्युत केन्द्रको दीगो व्यवस्थापनका लागि आवश्यक पर्ने वा नभई नहुने पानीका मुहान संरक्षण गर्न सहयोग पुगोस् ।

यति धेरै जलविद्युत विकासका सम्भावना रहेको रसुवाका जनताले खाना बनाउनको लागि दाउराको प्रयोग गरी वनविनासको पाटोमा संलग्न हुन नपरोस्यसबाट मात्र रसुवाको जलविद्युतको दीगो व्यवस्थापनमा सहयोग पुर्याउँछ । जलविद्युत केन्द्र बनेका वा बन्दै गरेका आसपासका पर्यटकीय क्षेत्रमा उज्यालो पुर्याउन सके वा यार्सादेखि गतलाङसम्म र बेत्रावतीदेखि गोसाइँकुण्डलाङटाङसम्मका बस्तीहरू  चिलिमे जस्ता जलविद्युत केन्द्रको उज्यालोले देखाउन सकेमात्र चिलिमे कम्पनीको  सेयरधनी बनेको र्सार्थक हुनेछ । व्यवसायिक बन्न नसकेको पर्यटन व्यवसायलाई व्यवसायिक बनाउन जलविद्युतले सहयोग पुर्याउन सक्छ । हाताहाती उपलब्धिलाई हेर्दा जलविद्युतले वन संरक्षणमा सहयोग पुर्याउँछवनजंगल जस्ता सम्पदाले पर्यटन विकासका लागि मात्र नभई मानिस बाँच्नका लागि सहयोग पुर्याउँछ । यसरी हेर्दा पर्यटन र जलविद्युत असाध्यै नजिकका सम्बन्धहरू हुन् । समग्र रसुवाको विकासका निमित्त जलविद्युतपर्यटन र रसुवागढी नाका एक अर्काका परिपूरक हुन् । 
                                          प्रेमप्रसाद पौडेल (चिलिमे प्रतिभा पुन्ज वर्ष ५ बाट साभार )

द्वन्द्व पीडित राहत सम्बन्धि प्रारम्भिक सर्वेक्षण

रसुवा डिजिटल खबर, असार, , धुन्चे, रसुवा । द्वन्द्वकालमा पीडित भएका रसुवाका द्वन्द्व पीडित तथा उनीहरूले प्राप्त गरेका राहत सम्बन्धि प्रारम्भिक र्सर्वेक्षण गरिएको छ । धैबुङ र लहरेपौवाका नागरिक लब्धाङ्क पत्रद्वारा २० जना द्वन्द्व पीडितहरूसँग र्सर्वेक्षण गरिएको बताईएको छ ।

शान्ति प्रकृया सहयोग आयोजनाको प्रभावकारिता अभिबृद्धि सहआयोजनाले नागरिक लब्धाङ्क पत्र प्रयोग गरी गरेको र्सर्वेक्षण अनुसार कतिपय द्वन्द्व पीडितहरूले  राहत पाउने भन्ने जानकारीसम्म नपाएको बताईएको छ । द्वन्द्वकालमा पीडामा परी अङ्गभङ्ग भएका, आफन्त गुमाएका, परिवारका सदस्य गुमाएका, विस्तापितलगायत वेपत्ता परिवारसँग गरिएको उक्त र्सर्वेक्षणमा पाउनु पर्ने सहयोगको जानकारी, पाएको सहयोगको अवस्था तथा अब के भईदिए हुन्थ्यो भन्ने खालका विषयमा प्रश्न गरिएको र्सर्वेक्षण टोलीका संयोजक हिमालयराज घिमिरेले जानकारी दिए ।

उक्त र्सर्वेक्षणबाट निस्केको नतिजाका बारेमा सरोकारवालालाई जानकारी गराउने उद्धेश्यले आयोजित कार्यक्रममा द्वन्द्व पीडितहरूले आफ्नो गुनासो तथा माग राखेका थिए । 


उक्त सहआयोजना जिल्लास्थित लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजको समन्वयमा सामूहिkक अभियाननेपालले सञ्चालन गरेको हो ।

लारानि स्थापना भएपछि रसुवामा २ लाख २९ हजार पर्यटक भित्रिए

रसुवा डिजिटल खबर, ८ असार, धुन्चे । लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएपछि रसुवामा २ लाख २९ हजार ५ सय आठ जना विदेशी पर्यटकहरू आएका छन् । उक्त तथ्याङ्क वि.सं २०३५ मा लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएपछिको हो । सबैभन्दा बढी पर्यटक सन् २०११ मा १४ हजार ३ सय पन्ध्र जना, सन् २००० मा १३ हजार १ सय ६६ जना, सन् १९९९ मा १२ हजार ४ सय ९३ तथा नेपाल भ्रमण वर्ष १९९८ मा १० हजार ८ सय ८९ जना पर्यटक आएका लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कमा देखिएको छ ।

लारानि स्थापना वर्ष सन् १९७८ मा हालसम्मकै सबैभन्दा कम पर्यटक ८ सय ८३ जना देखिन्छन् भने सन् २००० देखि २०११ सम्ममा सबैभन्दा कम पर्यटक भित्रिएका वर्षभने २००४ देखिएको छ । सन् २००४ मा ४ हजार २ सय २२ जना मात्र पर्यटक आएका देखिन्छन् ।

सन् 1978 मा लाङटाङ राष्ट्रिय निकुन्ज स्थापना भएपछि रसुवामा आएका पर्यटकको संख्या
वर्ष सन्
पर्यटकको संख्या
1978
883
1979
1377
1980
1398
1981
2376
1982
1865
1983
2107
1984
2448
1985
3161
1986
3796
1987
5089
1988
6162
1989
6318
1990
7180
1991
8674
1992
8677
1993
6342
1994
8637
1995
7934
1996
7066
1997
8808
1998
10889
1999
12493
2000
13166
2001
8880
2002
6660
2003
6219
2004
4222
2005
4230
2006
6614
2007
9219
2008
9946
2009
11184
2010
11173
2011
14315
जम्मा
229508