जेठ २८, धुन्चे, रसुवा
। नेपाल सरकारको गुरुयोजना सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिशामुक्त जिल्ला बनाउने
अभियान अर्न्तर्गत रसुवा जिल्लालाई पनि खुल्ला दिशामुक्त क्षेत्र बनाईने भएको छ । पहिलो
वर्षसन् २०१३ मा लाङटाङ, बृद्धिम, टिमुरे,
धुन्चे र लहरेपौवा गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रमसहित
चौथो वर्षम्ममा सबै गाविसलाई दिशामुक्त बनाउने कार्यक्रम जिल्ला खानेपानी सरसफाई तथा
स्वच्छता समन्वय समितिले र्सार्वजनिक गरेको छ ।
विद्यालय तथा समुदायको
नेतृत्वमा पूर्ण सरसफाई कार्यक्रम सञ्चालन गर्ने रणनीति लिएको
कार्यक्रमले पहिलो चरणमा "संस्थागत व्यवस्थापन, योजना तथा कार्यक्रम तर्जुमा" दोस्रो चरणमा
"खुल्ला दिशामुक्त क्षेत्र निर्माण तथा घोषणा अभियान"
का कार्यक्रम र्सार्वजनिक गरेको छ । घोषणा पछि सरसफाई सम्बन्धि समुदायको
बानी, व्यवहार परिवर्तनको अवस्था बुझन वा नियमित अनुगमनका लागि
तेस्रो चरणको कार्यक्रम "खुल्ला दिशामुक्त अवस्था पछिको
अभियान" पनि गरिने जिल्ला विकास समितिका कार्यक्र अधिकृत
लीलानाथ नेपालले बताए ।
रसुवा जिल्लाका राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, पत्रकार, नागरिक समाज तथा बुद्धिजिवीहरूको सहभागितामा बठेको बैठककले सन् २०१६ को अन्त्यसम्ममा
रसुवा जिल्लाका सबै गाविसलाई खुल्ला दिशामुक्त बनाउदै स्वस्थ वातावरण तयार गर्नको लागि
१० बुँदे जिल्ला घोषणापत्र पनि जारी गरिएको स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेले
बताए ।
|
रसुवा जिल्लालाई खुल्ला दिशामुक्त बनाउनको लागि
तपसिल अनुसारको कार्ययोजना तयार गरिएको छ ।
|
||||
|
वर्ष
|
गाविस
|
मुख्य जिम्मेवार
|
सहयोगी संस्था
|
कैफियत
|
|
पहिलो वर्ष सन् २०१३
|
लाङटाङ,
बृद्धिम, टिमुरे, धुन्चे
र लहरेपौवा
|
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति
|
सुआहारा,
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय
|
जिल्लामा
कार्यरत सरकारी तथा गैरसरकारी संस्थाको पनि सहयोग जुर्टाईनेछ ।
|
|
दोस्रो वर्ष सन् २०१४
|
हाकु, सरमथली, यार्सा, ठूलोगाउँ र डाँडागाउँ
|
जिल्ला
विकास समिति
|
||
|
तेस्रो वर्ष सन् २०१५
|
थुमन, राम्चे, चिलिमे, गतलाङ र भोर्ले
|
जिल्ला
विकास समिति
|
||
|
चौथो वर्ष सन् २०१६
|
धैबुङ,
स्याफ्रु र गोल्जुङ
|
जिल्ला
विकास समिति
|
||
1 comment:
रसुवाको चिलिमे गाविसमा पर्ने पाजुङ गाउँमा शौचालयको अभाव छ । चिलिमे तातोपानी जाने बाटोमा रहेको उक्त गाउँमा जान स्याफ्रुवेशी कटेपछि रोङ्गा खोला तरेर केराबारी हुँदै उकालो चढ्नुपर्छ । पानी पर्दा हिलो, मैलो र घाम लाग्दा गर्मी हुने भिरालो गाउँमा पुग्न हम्मे हम्मे पर्छ । गाउँमा चर्पी प्रशस्त नभएको हुनाले र जथाभावी दिशा पिसाव गर्ने हुँदा गोरेटो बाटोमा हिँड्न मुश्किल पर्छ । टेक्ने खुट्टाको समस्या र स्वस्थ सफा हावामा श्वास फेर्न पनि कठीन । यस्तै समस्या यो गाउँमा मात्र होइन अरु गाउँमा पनि छन् । तर बढी फोहोर यही गाउँमा मैले पाएको छु । मैले यो कुरा जिविस र केही गैरसरकारी संस्थाका पदाधिकारीहरुलाई आज भन्दा ५–६ वर्ष देखि भन्दै आएको छु । तर कसैले पनि पाजुङ गाउँमा चर्पी बनाइ दिएको छैन । अर्को समस्या खाने पानीको पनि छ । कुनै संस्थाले सदरमुकाममा बसेर कार्यक्रम आयोजना गरेर रसुवालाई खुला दिसापिसाव मुक्त भयो भनेर घोषणा गर्दैमा दिसापिसाव मुक्त क्षेत्र हुने होइन । १८ वटा गाविसका गाउँ, टोल र वडामा गएर हेरी, बुझी र साँच्चै शौचालय भएको पाएमा तथा शौचालयमा दिसा पिसाव गर्ने बानी बसाल्न सकेमा मात्र मुक्त होइन्छ ।
फुर्पा तामाङ, अधिवक्ता
ठूलोभार्खु, रसुवा ।
Post a Comment